लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा सुनितामी परियारको उम्मेदवारी

- कलाकारको हकहित, लोकसंस्कृतिको संरक्षण र नयाँ प्रतिभाको प्रोत्साहनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

-


     हिडन खबर    
     असाेज २१ गते २०८३ मा प्रकाशित


बर्दिवास असाेज २१

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ८औँ महाधिवेशन नजिकिँदै गर्दा गायिका सुनितामी परियारले केन्द्रीय सदस्य (महिला) पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय परियारले कलाकारको हकहित संरक्षण, नेपाली लोकसंस्कृतिको प्रवर्द्धन तथा नयाँ प्रतिभाको प्रोत्साहनलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै उम्मेदवारी सार्वजनिक गरेकी हुन्।

महिला तर्फको केन्द्रीय सदस्य पदकी उम्मेदवार परियारले प्रतिष्ठानलाई थप व्यवस्थित, समावेशी र कलाकारमैत्री संस्थाका रूपमा विकास गर्न आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनको उम्मेदवारीपछि शुभेच्छुक, समर्थक तथा कलाकारहरूले परियारलाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरिरहेका छन्। लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय रहँदै आएकी परियारको उम्मेदवारीलाई कलाकार समुदायले सकारात्मक रूपमा लिएको बताइएको छ।

लोकसंगीतको संरक्षण, कलाकारको सम्मान तथा नयाँ पुस्तालाई लोकदोहोरी क्षेत्रमा आकर्षित गर्ने उद्देश्यका साथ परियारले अघि सारेका प्रतिबद्धताले उनको उम्मेदवारीलाई अर्थपूर्ण र सशक्त बनाएको चर्चा कलाकारवृत्तमा भइरहेको छ।