लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा कालिका रोकाको उम्मेदवारी, कलाकार हकहितका लागि प्रतिबद्धता

-


     हिडन खबर    
     असाेज २१ गते २०८३ मा प्रकाशित


बर्दिबास, असोज २१ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९ औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा गायिका कालिका रोकाले केन्द्रीय सदस्य (महिला तर्फ) पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रोकाले कलाकारको हकहित संरक्षण, लोकसंस्कृतिको प्रवर्द्धन तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्।

प्रतिष्ठानको ९ औँ केन्द्रीय महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म बर्दिबासमा हुँदैछ। महिला तर्फको केन्द्रीय सदस्य पदकी उम्मेदवार रोकाले प्रतिष्ठानलाई अझ सशक्त, व्यवस्थित र कलाकारमैत्री संस्थाका रूपमा विकास गर्न आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनको उम्मेदवारीपछि सहकर्मी कलाकार, शुभेच्छुक तथा समर्थकहरूले अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरेका छन्। लोकसंस्कृतिको संरक्षण, कलाकारको सम्मान र अधिकार सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धतासहित मैदानमा उत्रिएकी रोकाको उम्मेदवारीलाई महाधिवेशनमा अर्थपूर्ण रूपमा हेरिएको छ।