बागलुङ, २३ साउन – श्री रङ्गवैकटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र, कुडुले फेदीमा तीन दिने अखण्ड हरिनाम संकीर्तन हुने भएको छ। स्वामी श्री श्रीधराचार्यको ८६औँ जन्म नक्षत्रको अवसर पारेर हरिनाम संकीर्तनसहित विविध धार्मिक कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले बताउनुभयो । यही साउन २५ गतेदेखि २७ गतेसम्म कार्यक्रम सञ्चालन हुने भएको छ । रङ्गवैकटेश मुक्तिनारायण मन्दिरका परिकल्पनाकार त्रिदण्डी रामानुज वैकुण्ठबासी स्वामी श्रीधराचार्यको जन्म नक्षत्रका अवसरमा अखण्ड कीर्तनसहित प्रवचन, आचार्य आराधना, श्रीविष्णु सहस्रनाम पाठलगायतका कार्यक्रम राखिएको श्रीधराचार्य शालग्राम संग्रहालयका…
पुरा पढौ