श्रीकृष्ण बम मल्ललाई बाबुराम–सरस्वती बज्राचार्य स्मृति कला पुरस्कार

-


     हिडन खबर    
     जेठ २७ गते २०८३ मा प्रकाशित


बागलुङ, जेठ २७

नेपाली लोकसंगीत क्षेत्रमा लामो समयदेखि निरन्तर साधनारत चर्चित गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ललाई कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति कोष, बागलुङले सम्मानसहित स्मृति कला पुरस्कार प्रदान गरेको छ।

कोषको १७ औँ वार्षिकोत्सवका अवसरमा बागलुङमा आयोजित एक समारोहमा मल्ललाई उक्त पुरस्कार प्रदान गरिएको हो।

कोषका अध्यक्ष  काजी रोशनले नेपाली कला र संगीत क्षेत्रमा श्रीकृष्ण बम मल्लले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको जानकारी दिए।

कोषका अनुसार मल्लले नेपाली लोकसंगीतको संरक्षण, प्रवर्द्धन तथा मौलिक संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। कलाकारको सिर्जना, समर्पण र योगदानको कदर गर्दै आगामी दिनमा पनि कला क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन गरिने जनाइएको छ।

पुरस्कार ग्रहण गर्दै गायक तथा संगीतकार श्रीकृष्ण बम मल्लले आफूले प्राप्त गरेको सम्मानलाई सम्पूर्ण दर्शक–श्रोता, शुभेच्छुक तथा संगीतप्रेमीहरूको सम्मानका रूपमा लिएको बताए।

उनले यस्ता सम्मानले कलाकारलाई अझ जिम्मेवार र सिर्जनशील बन्न प्रेरणा मिल्ने उल्लेख गर्दै आयोजक संस्था तथा सम्पूर्ण बागलुङवासीप्रति आभार व्यक्त गरे।

वि.सं. २०६६ सालमा स्थापना भएको कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति कोषले विगतदेखि नै कला, साहित्य, संगीत तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने कलाकार तथा संस्थाहरूलाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ। कोषले कला क्षेत्रका व्यक्तित्वहरूको योगदानलाई उजागर गर्दै नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा प्रेरित गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।

यस वर्षको पुरस्कार श्रीकृष्ण बम मल्ललाई प्रदान गरिनु नेपाली लोकसंगीत क्षेत्रमा उनले पुर्‍याएको योगदानको सम्मान मात्र नभई कला–संस्कृतिको संरक्षणमा समर्पित सम्पूर्ण कलाकारहरूको योगदानप्रतिको सम्मानका रूपमा समेत हेरिएको