समाचार

तातोपानी नाका थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री डा. आरजु राणाको निर्देशन

५ वैशाख, २०८२ – सिन्धुपाल्चोक :परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकस्थित तातोपानी नाका र त्यहाँको भन्सार कार्यालयको निरीक्षण गर्दै नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन्। नेपाल–चीन व्यापारिक सम्बन्धका लागि अत्यन्तै महत्वपूर्ण मानिने तातोपानी नाकाबाट वार्षिक रु २० अर्बभन्दा बढी राजस्व संकलन हुने गरेको छ। सोही सन्दर्भमा भन्सार कार्यालयको स्थलगत निरीक्षणपछि मन्त्री डा. राणाले नेपाल सरकार यस नाकाको स्तरोन्नति तथा सुधारका लागि आवश्यक पहल गर्ने बताइन्। उनले पर्यटन प्रवर्द्धनको दृष्टिकोणले पनि तातोपानी नाका महत्वपूर्ण रहेको उल्लेख गरिन्। "यहाँबाट चीनको धार्मिक… पुरा पढौ

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा तिलौराकोट अवलोकन, बौद्ध पर्यटन प्रवर्द्धनमा जोड

वैशाख ५, २०८२ – तिलौराकोट, कपिलवस्तु :नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक निवासस्थलको अवलोकन गरेका छन्। उनले सो क्षेत्रको संरक्षण, समृद्धि र पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। हुलाकी राजमार्ग केन्द्रित अभियानअन्तर्गत तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, “हामी तराईका सबै क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाको अध्ययन र विश्लेषण गरिरहेका छौं।” उनले तिलौराकोटलाई बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्धित ऐतिहासिक स्थलका… पुरा पढौ

‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा, निर्देशक भन्छन्– यो सिक्वेल होइन

काठमाडौं:निर्देशक दीपेन्द्र के. खनाल निर्देशित नयाँ नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। केही दिनअघि सार्वजनिक टिजरले दर्शकमा उत्सुकता जगाएको यो चलचित्रलाई लिएर अहिले चर्चाको विषय बनेको छ। चलचित्रको नामले दुई वर्षअघि रिलिज भएको ‘के घर के डेरा’ को सिक्वेलझैं देखिए पनि निर्देशक खनालले यसलाई सिक्वेल नभएको स्पष्ट पारेका छन्। “यो के घर के डेरा को सिक्वेल होइन,” खनाल भन्छन्, “घर र डेराको विषय उठाइएको भए पनि यो… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा कपिलवस्तुमा प्रस्तावित कन्या कलेजको अवलोकन, स्थानीयसँग अन्तरक्रिया

वैशाख ५, २०८२ – कपिलवस्तु:पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुग्नुभयो। उहाँले सो अवसरमा विद्यार्थी, अभिभावक र स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्था बारे जानकारी लिनुभयो। कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इञ्चार्ज बलदेव खनालले पनि सम्बोधन गर्नुभएको थियो।कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित उक्त कलेज विशेषगरी मुस्लिम, थारू र मधेसी समुदायका छात्रालाई लक्षित गरी स्थापना गर्न लागिएको हो। महिला हिंसा र सामाजिक असुरक्षाका कारण… पुरा पढौ

६ जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा सिफारिसमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीको नाम समावेश गरिएको छ। सिफारिस गरिएका डिआइजीमध्ये: चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), लाजिम्पाटमा, लालमणि आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा, कृष्णहरि शर्मा पोखरेल बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा, दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा, राजन अधिकारी कोशी प्रदेश प्रहरी… पुरा पढौ

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुर क्रिकेट स्टेडियमको अनुगमन

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको छड्के अनुगमन गर्नुभएको छ। बिहीबार मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले निर्माण कार्यको प्रगतिबारे जानकारी गराएका थिए। उपप्रधानमन्त्री सिंहले वैशाख २४ गतेभित्र काम सक्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो। उनले तीन सिफ्टमा काम भइरहेको र आवश्यक परे जनशक्ति थप गरेर तोकिएको समयमै… पुरा पढौ

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन तथा यज्ञ कुण्ड खनन सम्पन्न

पोखरा, विरौटा – पोखरा महानगरपालिका–१७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत एकै दिन तीन महत्वपूर्ण धार्मिक कार्यहरू—क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनन—विधिपूर्वक सम्पन्न भएका छन्। यसअघि, गत फागुन २३ गते महायज्ञको लागि प्रारम्भिक भूमिपूजन सम्पन्न गरिए तापनि विविध कारणले महायज्ञ स्थल परिवर्तन गर्नु परेको थियो। नयाँ स्थलको रुपमा पोखरा–६, लेकसाइडस्थित बाराहीघाट चयन गरिएपछि आज बिहान त्यहाँ विधिपूर्वक क्षमा पूजन सम्पन्न भएको हो। त्यसपछि, श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन गरिने श्री सिद्धेश्वर हरिहर मन्दिरको प्रांगणमा आज बिहान… पुरा पढौ

गायिका रेजिना परियारको ‘दरौँदी खोला’ पञ्चेबाजा गीत सार्वजनिक

नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै गएको छ। लोपोन्मुख यस सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न विभिन्न निकाय संरक्षण अभियानमा जुटिरहेका छन्। यसै क्रममा लोकदोहोरी क्षेत्रका कलाकारहरूले पनि पञ्चेबाजा गीतमार्फत सांस्कृतिक जगेर्नामा हातेमालो गरिरहेका छन्। यस्तै एक प्रयास स्वरूप गायिका रेजिना परियार र गायक हरिराम परियारको स्वरमा रहेको ‘दरौँदी खोला’ बोलको पञ्चेबाजा गीत सार्वजनिक गरिएको छ। वैशाख महिनाको विवाहको सिजनलाई लक्षित गर्दै गीत तयार पारिएको हो। गीतका शब्द हरिराम परियारले लेखेका हुन् भने संगीत रबिन लामिछानेले भरेका छन्। भिडियोमा सुमन… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको ५१ औँ दिनमा, ग्रस कमाइ पाँच करोड नाघ्यो

शिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। अहिले पनि दर्शकको उल्लेखनीय उपस्थिति कायम रहेको छ भने, चलचित्रले हालसम्म पाँच करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ देशभरका १३ सिनेमा हलमा ५१ औँ दिन मनाइरहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए। उच्च अकुपेन्सीसहित प्रदर्शन जारीचलचित्रले रिलिजको पहिलो दिनमै एक करोड १० लाख रुपैयाँको ग्रस कमाइ गरेको थियो। श्रेष्ठका अनुसार, “चलचित्रले राम्रो दर्शक प्रतिक्रिया पाइरहेको… पुरा पढौ