बेली चमेली’ गीत सार्वजनिक

-


     हिडन खबर    
     कार्तिक १० गते २०८२ मा प्रकाशित


गीतमा स्वाती भाटको मुख्य स्वर, बिनोद ढकालको र्‍याप तथा निशाद चन्द्राको संगीत संयोजन रहेको छ। गीतको मिक्स–मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् ।

भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतको भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको मनमोहक अभिनय तथा नृत्य देख्न सकिन्छ । उनीहरुलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिएका छन् ।

कवीराज गहतराजको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पललाई एउटा फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ, जहाँ श्वेताले उनको हातमा हतकडी लगाएको दृश्यले दर्शकमा कौतूहलता जगाउँछ । यो कुनै वास्तविक घटना नभई गीतको भिडियोमा देखाइएको काल्पनिक दृश्य हो ।

सुरेश जोशी प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा सुदिप बरालको छायांकन, बन्दे प्रसादको सम्पादन र रेनिस फागोको कलर छ ।

एक दिनअघि सार्वजनिक भएको यो म्यूजिक भिडियोले सामाजिक सञ्जालमा समेत राम्रो चर्चा बटुलिरहेको छ ।

Video Link : https://www.youtube.com/watch?v=B-1GkMGwVKA