समाचार

प्रथम युवा फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं चैत २१ बागलुङ समाज कल्याण केन्द्रले समयमा समयमारचनात्मक गतिविधि गर्ने सिलसिलामा युवाहरूको चाहना र भावना अनुसार फुटसल खेलकाे आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ समाज कल्याण केन्द्र बागलुङ युवा समुहद्वारा आयोजीत प्रथम फुटसल प्रतियाेगीता २०८२ शनिबार मनाङ मर्स्याङदि फुटसल ग्राउन्ड सामाखुशीमा सम्पन्न भएको छ । फुटसल प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कालीका माई टिम कप्तान सुमित प्रधान दृतिय हुने कालीगण्डकी टिम लाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगितामा ढाेरपाटन टिमले… पुरा पढौ

महिला सशक्तीकरणको उदाहरण: ललितपुरमा हस्तकला र घरेलु सामग्री प्रदर्शनी

ललितपुर, चैत २१ ललितपुरमा महिलाद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कार्यक्रम सम्पन्न भएको छ। स्यस्य समाज यल, केन्द्र तथा इलाका नं. २ मिसा पुचःको संयुक्त आयोजनामा शनिबार ललितपुरको भीमसेनस्थान, मंगलबजारमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। प्रदर्शनीमा स्थानीय महिलाहरूले उत्पादन गरेका हस्तकला, घरेलु सामग्री, कपडा, सजावटी वस्तु लगायतका सामग्रीहरू प्रदर्शन तथा बिक्रीमा राखिएका थिए। स्यस्य समाज यलका अध्यक्ष बद्री लक्ष्मी श्रेष्ठले महिलाहरूले उत्पादन गरेका सामग्रीलाई बजारसम्म पुर्‍याउने, उनीहरूको सीपलाई प्रोत्साहन गर्ने तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।… पुरा पढौ

नयाँ वर्षदेखि काठमाडौँमा रात्रिकालिन बस

नयाँ वर्षदेखि काठमाडौंमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । महानगरले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रातको समयमा पनि सार्वजनिक बस चलाउन लागेको हो ।  महानगरका अनुसार यस्ता बस राति ८ बजेदेखि ११ बजेसम्म दुईटा रुटमा चल्नेछ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानिलकण्ठसम्म एउटा रुट हुनेछ । यस्तै, थानकोटदेखि सतुंगल, कंलकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय… पुरा पढौ

सञ्चारकर्मी तथा गायक कृष्ण सुवेदी युके प्रस्थान

बेलायतमा सक्रिय ‘पर्वत समाज यूके’ले नेपाली नयाँ वर्षको अवसर पारेर पर्वत जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सांगीतिक साँझ तथा च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ। सन २००२ मा स्थापना भएको उक्त समाजले आगामी अप्रिल ४ तारिख शनिबार अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सहभागी हुन गायक तथा सञ्चारकर्मी कृष्ण सुवेदी पहिलो पटक युके प्रस्थान गरेका छन्। सांगीतिक कार्यक्रमका लागि युके पुगेका गायक सुवेदीसँगै लोकदोहोरी गायिका सोनी कुँवर र गायिका निरा थापा मगरले पनि… पुरा पढौ

लेउवा संघमा रोजगारी अवसरका लागि अन्तरक्रिया

लेखनाथ, १८ चैत्र – लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसर र पूर्वसिकाइको मान्यता विषयमा स्नातक विद्यार्थी तथा रोजगारदाताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। औपचारिक शिक्षा हासिल नगरे पनि कार्यअनुभवका कारण सिप र दक्षता भएका व्यक्तिहरूलाई रोजगारीको क्षेत्रमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा स्वागत गर्दै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले हातमा सिप भएर पनि राज्यका सेवा–सुविधाबाट बञ्चित व्यक्तिहरूका लागि कार्यक्रम फलदायी हुने बताउँदै यसबाट उद्योगी व्यवसायीहरू समेत लाभान्वित हुने उल्लेख गरिन्। सो अवसरमा सामाजिक विकास, युवा तथा… पुरा पढौ

सरकारी सञ्चार माध्यमबाट मात्र सूचना प्रकाशन गर्न निर्देशन

काठमाडौं, चैत १९ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न र सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन सबै सरकारी निकायलाई सरकारी सञ्चार माध्यममार्फत मात्र सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ। कार्यालयले बुधबार जारी गरेको परिपत्रमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहअन्तर्गतका सबै निकायलाई सार्वजनिक खरिदलगायतका सूचना सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यम—गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन—मार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ। त्यस्तै, सार्वजनिक कोष प्रयोग गरी गरिने… पुरा पढौ

उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा कँडेल सर्वसम्मत

बागलुङ, चैत १७नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत चयन भएका छन्। महासंघको यही चैत २० गते हुने चौथो महाधिवेशनबाट नेतृत्व चयन हुने क्रममा कँडेलसँगै अध्यक्ष पदका उम्मेदवार रहेका हालका कोषाध्यक्ष तथा स्याङ्जा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि कँडेल सर्वसम्मत भएका हुन्। कार्यसमितिले चैत २० गते हुने नवौं गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनमा निर्वाचित पदाधिकारीहरूले प्रमाणपत्र प्राप्त गर्ने जनाएको छ। अधिवेशनमा जिल्ला/नगर उद्योग वाणिज्य संघबाट २५, एसोसियट सदस्य १०२ र वस्तुगत संघका… पुरा पढौ

‘सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश उद्धार यात्रा’ सुरु

लुम्बिनी। मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित ‘लुम्बिनी प्रदेश उद्धार यात्रा २०८२’ आजदेखि सुरु गरेको छ। प्रदेशका विभिन्न स्थानका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा तथा असहाय व्यक्तिहरूको उद्धार गरी संरक्षण प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको आश्रमले जनाएको छ। चैत १५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उद्धार यात्रा लुम्बिनी प्रदेशका १२ जिल्ला—बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देहीमा सञ्चालन हुनेछ। आज भने उद्धार टोली बर्दिया जिल्लामा केन्द्रित… पुरा पढौ

सयपत्री ग्रुप ‘सुखदुःखको साथी’द्वारा पवित्र समाजसेवा नेपाललाई सहयोग

काठमाडौं, चैत १५ सामाजिक सञ्जालमार्फत जोडिएको सयपत्री ग्रुप ‘सुखदुःखको साथी’ ले पवित्र समाजसेवा नेपाल लाई सहयोग गरेको छ। फेसबुक र टिकटकबाट संकलित रकमबाट आश्रयस्थलमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई एकछाक खाना खुवाउँदै सहयोग प्रदान गरिएको हो। ग्रुपमा आबद्ध देश तथा विदेशमा रहेका सदस्यहरूको सहयोगमा असहाय नागरिकहरूलाई खाना खुवाउनुका साथै आवश्यक दैनिक खाद्यान्न सामग्रीसमेत हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सयपत्री ग्रुपका अनन्त लम्साल, राजेशचन्द्र राजभण्डारी, मञ्जु खनाल तथा पवित्र समाजसेवा नेपालकी संस्थापक दीक्षा चापागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सयपत्री ग्रुपका दिनेश… पुरा पढौ

बागलुङमा १०८ पिपल संरक्षण अभियान, चौतारी जोगाउन स्थानीय सक्रिय

बागलुङ चैत १४ बागलुङमा सडक विस्तारका कारण मासिँदै गएका वर–पिपलका चौतारी संरक्षण गर्न स्थानीयवासी सक्रिय भएका छन्। मौलिक सम्पदा जोगाउन सुरु गरिएको ‘१०८ पिपल संरक्षण अभियान’ले अहिले गति लिएको छ। गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा परम्परागत वर–पिपलका चौतारी मासिँदै गएका छन्। यसले वातावरणीय सन्तुलनसँगै सांस्कृतिक पहिचानसमेत जोखिममा परेको छ। यही अवस्थालाई मध्यनजर गर्दै बागलुङ नगरपालिका–५, धुर्पुला मालिका क्षेत्रमा ‘श्रीराम मन्दिर १०८ पिपल संरक्षण योजना’ अन्तर्गत अभियान सञ्चालन गरिएको छ। रामनवमीको अवसर पारेर पिपलका बिरुवा रोप्दै यसको धार्मिक तथा वातावरणीय… पुरा पढौ