केन्द्रीय सदस्यमा तुलसी क्षेत्रीको उम्मेदवारी गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै लोकदोहोरी क्षेत्रको संरक्षणमा जोड

-


     हिडन खबर    
     असाेज २२ गते २०८३ मा प्रकाशित


बर्दिया असोज २२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८औँ केन्द्रीय महाधिवेशन–२०८३ अन्तर्गत गायिका तथा प्रतिष्ठान कास्कीकी अध्यक्ष तुलसी क्षेत्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

असोज २२ देखि २४ गतेसम्म बर्दिबासमा हुने महाधिवेशनमा क्षेत्रीले गण्डकी प्रदेशबाट भूगोलतर्फ केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने बताएकी छन्।
लोकदोहोरी क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा कलाकारको हकहितका लागि केन्द्रीय तहबाट अझ प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले उम्मेदवारी दिएको क्षेत्रीले बताइन्। उनले प्रतिष्ठानको गरिमा र कलाकारको सम्मानका लागि जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।