समाचार

रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर कुडुले फेदीमा अखण्ड हरिनाम संकिर्तन हुने

बागलुङ, २३ साउन – श्री रङ्गवैकटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र, कुडुले फेदीमा तीन दिने अखण्ड हरिनाम संकीर्तन हुने भएको छ। स्वामी श्री श्रीधराचार्यको ८६औँ जन्म नक्षत्रको अवसर पारेर हरिनाम संकीर्तनसहित विविध धार्मिक कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले बताउनुभयो । यही साउन २५ गतेदेखि २७ गतेसम्म कार्यक्रम सञ्चालन हुने भएको छ । रङ्गवैकटेश मुक्तिनारायण मन्दिरका परिकल्पनाकार त्रिदण्डी रामानुज वैकुण्ठबासी स्वामी श्रीधराचार्यको जन्म नक्षत्रका अवसरमा अखण्ड कीर्तनसहित प्रवचन, आचार्य आराधना, श्रीविष्णु सहस्रनाम पाठलगायतका कार्यक्रम राखिएको श्रीधराचार्य शालग्राम संग्रहालयका… पुरा पढौ

मध्य पहाडी लोकमार्गमा सडक एकतर्फी सुचारु

बागलुङ, साउन २३बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२ खारपानीस्थित मध्य पहाडी लोकमार्गमा आएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आज बिहान करिब ८ः१० बजे सडकभन्दा माथिबाट लेदो सहितको पहिरो खस्दा यातायात आवागमन रोकिएको थियो। सडक अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ खर्वाङबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.स.नि.) ओम प्रकाश कुर्मीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाएपछि सडक आंशिक रूपमा खुलाइएको प्रहरीले जनाएको छ।… पुरा पढौ

तुलसी रिजाल अधिकारीको तीजगीत ‘आफ्नै कथा’ सार्वजनिक

तीजगीत भन्नासाथ कतिपय गीतहरूले आफ्ना दुख–पीडालाई बिर्सेर रमाइलोपनको अनुभूति दिलाउँछन् भने कतिपयले आफ्नै व्यथा र अनुभवलाई गीतमार्फत व्यक्त गर्छन्। यसै क्रममा, गायिका तुलसी रिजाल अधिकारीले आफ्नो जीवनको पीडादायी अनुभवलाई समेटेर ‘आफ्नै कथा’ बोलको तीजगीत सार्वजनिक गरेकी छिन्। जन्म दिने बाबा–आमाको अकल्पनीय निधन, त्यसपछि एकपछि अर्को दुःखद घटना बारम्बार दोहोरिनु — यी सबै ब्रजपातहरूले उनको परिवारलाई बिछिप्त बनाएको थियो।यस वर्ष उनले आफ्ना स्व. पिता खेम नारायण रिजाल, स्व. आमा तोपकान्ति रिजाल र स्व. दाजु तेज प्रसाद रिजालको सम्झनामा यो गीत ल्याएको… पुरा पढौ

नेपाल प्रेस युनियनको सय दिने सदस्यता विशेष अभियान बागलुङबाट सुरु

बागलुङ ।साउन २२ नेपाल प्रेस युनियनले सञ्चालन गर्न लागेको सय दिने सदस्यता विशेष अभियानको सुरुवात बागलुङबाट गरिएको छ। गण्डकी प्रदेश अन्तर्गत बागलुङ पहिलो जिल्ला हो, जहाँ यो अभियान प्रारम्भ गरिएको हो। बिहीबार बागलुङमा आयोजित विशेष समारोहमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थितिमा अभियानको औपचारिक सुरुवात गरिएको हो। अध्यक्ष लम्सालले नयाँ सदस्यहरू इशिका थापा मगर र शिशिर जिसीलाई सदस्यता प्रदान गर्दै अभियानको शुभारम्भ गरे। अभियानको उद्देश्य पुराना सदस्यहरूको सदस्यता नविकरण गर्नुका साथै नयाँ श्रमजीवी पत्रकारहरूलाई संगठनमा आबद्ध गराउनु रहेको… पुरा पढौ

आइजिपी थापाद्वारा बढुवा भएका ३५ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, साउन २१नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले हालै पदोन्नति भएका ३५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। नेपाल सरकारको गृहमन्त्रीस्तरको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११ जना बढुवा भएका छन्।एसएसपी मा बढुवा हुनु भएका दया निधि ज्ञवाली लगायतका ११ जनालाई प्रहरी प्रमुख थापाले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।त्यस्तै, सचिवस्तरको निर्णयअनुसार प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट एसपीमा ११ जना र प्रहरी निरीक्षकबाट डिएसपीमा १३ जना… पुरा पढौ

बहुविवाहसम्बन्धी कानुन संशोधन मस्यौदा फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाइयो

बागलुङ, साउन २१ बहुविवाहसम्बन्धी कानुन संशोधन मस्यौदा फिर्ता लिन माग गर्दै नेपाल महिला संघ जिल्ला कार्यसमिति र अन्तर पार्टी महिला सञ्जाल, जिल्ला कार्यसमिति बागलुङले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत बुझाइएको हो। नेपाल महिला संघ बागलुङकी जिल्ला अध्यक्ष तथा अन्तर पार्टी महिला सञ्जाल बागलुङकी संयोजक सीता सापकोटाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै प्रस्तावित संशोधनको विरोध जनाएको हो। उनीहरूले हाल बहुविवाहलाई वैधानिक जस्ताे बनाउने गरी ल्याउन खोजिएको संशोधन मस्यौदा नेपालको संविधान,… पुरा पढौ

बहुविवाहसम्बन्धी कानुनी संशोधन प्रस्तावको विरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्वारा ज्ञापनपत्र

बागलुङ, साउन २१बहुविवाहलाई कानुनी मान्यता दिने सरकारको प्रस्तावको विरोधमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बागलुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। साउन १६ गते श्रावण महिना अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव द्वारासार्वजनिक रूपमा व्यक्त गरिएको बहुविवाहसम्बन्धी प्रस्तावप्रति आपत्ति जनाउँदै संघले ज्ञापनमार्फत कडा विरोध जनाएको हो। संघले बुझाएको ज्ञापनमा बहुविवाहलाई कानुनी मान्यता दिने वा त्यसको प्रवर्द्धन गर्ने प्रयास नेपाली संविधान, मुलुकी अपराध संहिता २०७४, महिला तथा मानव अधिकारका भावना र अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरीत रहेको उल्लेख… पुरा पढौ

व्याख्यात्मक टिप्पणीसहित पारित नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो – अध्यक्ष प्रचण्ड

२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक परे आन्दोलन गर्ने तयारीका साथ पारित गर्न बाध्य भएको खुलासा गर्नुभएको छ। लेखक लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गर्दै आएको जानकारी दिनुभयो। “नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे… पुरा पढौ

“पैसा फल्ने बुटो” मा बाल कलाकार आरुषि कार्कीको दमदार नृत्य

काठमाडौं — दैनिक जीवनयापनसमेत कठिन बन्दै गएका कारण धेरै नेपाली युवाहरू विदेशिन बाध्य भएका छन्। नेपालमै केही गर्न सकिँदैन भन्ने सोच बढ्दै गएको छ। जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताहरूको पूर्ति गर्न नसक्नुको मुख्य कारण हो—पैसाको अभाव। यही अभावले व्यक्ति र परिवारलाई तहसनहस बनाइरहेको छ। पैसाकै कारण देशका धेरै युवा विदेशिएका छन् भने कतिपय ऋणको भारमा परेर डिप्रेसनको सिकार बनेका छन्। बढ्दो महँगी र अवसरको अभावका बीच गीतमार्फत यिनै यथार्थ उजागर गर्न खोजेका छन् गायक नरेश खातीले। ‘पैसा फल्ने बुटो’ बोलको… पुरा पढौ

गायक शिवजी परियारको तीजगीत ‘सिरिरी बतासै चल्यो मायालु’ सार्वजनिक

तीजको चहलपहल बढ्दै जाँदा नयाँ-नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ। यसै क्रममा बागलुङ, बलेवाका गायक शिवजी परियारको स्वर, शब्द र संगीतमा तयार गरिएको तीजगीत ‘सिरिरी बतासै चल्यो मायालु’ सार्वजनिक भएको छ। हिन्दू नारीहरूले पतिको दीर्घायुको कामना गर्दै ब्रत बसेर मनाउने तीज पर्वमा चेलीबेटी माइत फर्कने, दर खाने, गीत गाउने र नाचगान गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ। नेपाली नारीहरूको भावना, पीडा र संवेदनाहरूलाई गीतमार्फत् अभिव्यक्त गर्ने यो पर्व सामाजिक सन्देश दिनेसमेत महत्वपूर्ण अवसर मानिन्छ। गायक परियारले पछिल्लो… पुरा पढौ