
काठमाडौं जेठ २९
काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ चेकपोस्टमा आज मिनि ट्रक जबर्जस्ती रूपमा दुर्घटना भएको छ ।
शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र ७ काे मुख्य सडकमा सामान लिएर गइरहेको बा ४ ख २५१० नम्बरकाे मिनि ट्रक दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
घरायसी सामान लिएर गइरहेको उक्त मिनि ट्रकमा आगलागी भई अनियन्त्रित भइ दुर्घटना हुदा चेकपोस्ट चाेकमा बन्द भएको मनिष टेलर्समा गएर अड्किन पुगेको छ ।मिनि ट्रक दुर्घटना भएपनि मानवीय क्षति भने भएको छैन ।
चन्द्रागिरि केवलकार देखि हेटौंडा सम्म जाने उक्त सडक
निकै साँघुरो भएको कारणले पटकपटक दुर्घटना हुने गरेको मुख्य कारण चाहिँ सडक साँघुरो रहेको स्थानीय राजु परियारले बताए ।
निकै चहलपहलकाे रूपमा सवारीसाधन गुड्ने उक्त सडक निकै साँघुरो भएको कारणले दुई तर्फि सवारीसाधन चलाउन गार्हो हुनुका साथै सर्वसाधारणहरू हिडदुल गर्न समेत मुश्किल भएपनि
अहिलेसम्म सडक बिस्तार गर्ने तर्फ सराेकारवालाले ध्यान दिएको देखिदैन ।









