समाचार

नर्थ अमेरिका स्तरिय क्षेत्रीय भेला एवं चैतेदशैं बनभोज

अन्तर्राष्ट्रिय बागलुङ समाज, बागलुङ समाज अमेरिका तथा बागलुङ समाज अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरले संयुक्त रूपमा आयोजना गर्न लागेको नर्थ अमेरिका स्तरिय क्षेत्रीय भेला २०२६ तथा नयाँ नेपाली वर्ष एवं चैतेदशैं कार्यक्रम आगामी २०२६ अप्रिल ४ र ५ मा अमेरिकाको नर्थ क्यारोलिनामा सम्पन्न हुने भएको छ। गत सेप्टेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय बागलुङ समाजको कार्यसमिति बैठकले विभिन्न क्षेत्रमा क्षेत्रीय भेला गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार, बाग्लुङ समाज अमेरिकाले फेब्रुअरी २१ मा बसेको बैठकमार्फत नर्थ क्यारोलिनामा क्षेत्रीय भेला तथा कार्यसमितिको भौतिक बैठक गर्ने निर्णय… पुरा पढौ

निर्वाचन अवधिमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन कडाइ

बागलुङ, फागुन १९ प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग सहमति गरेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ तथा पेट्रोलियम पदार्थ डिलर व्यवसायीबीच छलफल गरी निर्वाचन अवधिभर पेट्रोलियम पदार्थ अभाव हुन नदिने सहमति गरिएको हो। सहमतिअनुसार निर्वाचन प्रयोजनका लागि खटिएका निकायले पेट्रोलियम पदार्थ माग गरेको अवस्थामा उपलब्ध गराउनुपर्नेछ। जिल्लामा जुनसुकै समयमा पनि आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ मौज्दात राख्ने व्यवस्था मिलाइने जनाइएको छ।… पुरा पढौ

बागलुङ जिल्लामा निर्वाचनको तयारी पूरा

बागलुङ फागुन १८ दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा यहीँ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाकाे निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनको लागि चाहिने जनशक्ति मतपेटिका मतपत्र लगायतका सामाग्री लिएर सम्बन्धित मतदान स्थलमा मतदान गराउनकाे लागि टाेली सदरमुकाम बाट हिडेका छन् । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालय बाट सामाग्री लिएर मतदान स्थलमा हिडिरहेकाे जिल्लाकाे १०७ वटा स्थान २३० वटा मतदान स्थल रहेको २ वटा अस्थायी मतदान स्थल गरि २३२ वटा मतदान केन्द्रमा निजामती संस्थाका कर्मचारी शिक्षकहरूलाइ… पुरा पढौ

भक्तपुर क्षेत्र नं. २ का एमाले नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा (एमाले)सँग आबद्ध नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरूले नेकपा (एमाले) परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो। उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभयो। पार्टीमा स्वागत गर्दै संयोजक… पुरा पढौ

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि संयोजक प्रचण्डको अपील

काठमाडौं, १७ फागुन – नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा आम जनसमुदायलाई सम्बोधन गर्दै भिडियो सन्देश जारी गर्नुभएको छ। उहाँले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभएको छ। सम्बोधनमा उहाँले जनआन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गर्नुभयो। देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले खेलेको महत्वपूर्ण भूमिकाको मूल्याङ्कन इतिहासले गर्ने विश्वास व्यक्त गर्नुभयो। सरकारको नेतृत्वमा रहँदा सुशासनको… पुरा पढौ

लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालमा हसन गोपालीको उम्मेदवारी घोषणा

पोखरा, फागुन १४  लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५), नेपालमा लायन वर्ष २०२६/२७ का लागि द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी घोषणा तथा मनोनयन कार्यक्रम व्यापक र उत्साहजनक उपस्थितिका बीच सम्पन्न भएको छ।  डिष्ट्रिक्ट ३२५ के का वर्तमान डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर तथा लायन्स क्लब अफ काठमाडौं नयाँबजारका संस्थापक अध्यक्ष लायन हसन कुमार गोपालीले बुधबार पोखरामा आयोजित विशेष समारोहमा निर्वाचन मनोनयन समितिका अध्यक्ष टोपबहादुर थापासमक्ष औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।  कार्यक्रम लायन्स क्लब अफ काठमाडौं नयाँबजारका अध्यक्ष उत्सव… पुरा पढौ

नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन अपिल

नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि आफ्नो अपिल सार्वजनिक गरेको छ। पार्टीले राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक–सामाजिक रूपान्तरण र वैज्ञानिक समाजवाद निर्माणलाई प्रमुख एजेन्डा बनाएको छ।  प्रमुख प्रतिबद्धताहरू- राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ता रक्षा: बाह्य हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिने घोषणा। - लोकतान्त्रिक प्रणालीको स्थिरता: संघीयता, समानुपातिक सहभागिता र बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रलाई सुदृढ गर्ने अठोट। - संविधानको संरक्षण र परिमार्जन: संविधान जनताले प्राप्त गरेका अधिकारहरूको दस्तावेज भएको र आवश्यक परिमार्जन संविधानले निर्देश गरेअनुसार मात्र हुने स्पष्टिकरण। - निर्वाचन प्रणाली सुधार:… पुरा पढौ

दोलखामा एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं, १२ फागुन — नेकपा (एमाले) निकट मुक्ति समाज दोलखाका नेताहरू तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। प्रवेश कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमा सम्पन्न भएको हो। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीहरूलाई स्वागत गर्दै देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्टहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेताकार्यकर्ताहरूमा खड्गबहादुर गजमेर, सितारमा विक, खड्कबहादुर खाति, हलबहादुर खाति, राजन खाति, गीता खाति, अजित रिजाल, रामजी खाति, रमेश खाति, पदम सेन्चुरी, भुवन… पुरा पढौ

उद्यमी व्यवसायीहरूका लागि उद्यम क्लिनिक

लेखनाथ, ११ फागुन लेखनाथ उद्योग वाणिज्य संघमा व्यवसायीहरू तथा उद्यमी बन्न इच्छुक व्यक्तिहरूका लागि उद्यम क्लिनिक सञ्चालन गरिएको छ। पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना तथा संघको समन्वयमा आइतबार कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसाय सञ्चालनका क्रममा उद्यमी तथा व्यवसायीहरूले सामना गर्ने विभिन्न समस्याको समाधानका लागि क्लिनिकको आयोजना गरिएको बताउँदै आफ्ना समस्याहरू निर्धक्कका साथ प्रस्तुत गर्न आग्रह गरिन्। उनले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधानमा सहयोग पुग्ने र समग्र व्यावसायिक वातावरण सुधारमा टेवा पुग्ने विश्वास… पुरा पढौ

बागलुङको कालिमाटीमा मौदगल्य ऋषिको मूर्ति निर्माण

बागलुङ, फागुन ११ बागलुङ नगरपालिका–७ कालिमाटीमा पहरा खोपेर मौदगल्य ऋषिको मूर्ति निर्माण गरिएको छ। निउरे मौदगल्य प्रतिष्ठान बागलुङको पहलमा करिब १५ लाख रुपैयाँ खर्चेर मूर्ति निर्माण गरिएको हो। नवनिर्मित मूर्तिको आइतबार वैदिक विधिअनुसार प्राण प्रतिष्ठा गरिएको छ। कालिमाटीस्थित एक विशाल पहरालाई खोपेर कलात्मक ढंगमा मूर्ति बनाउन स्थानीयवासीले आर्थिक सहयोग गरेका थिए। प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा निउरे वन्दुहरूको उपस्थितिमा ब्राह्मणहरूले वैदिक विधिअनुसार प्राण प्रतिष्ठा सम्पन्न गरेका हुन्। यस अवसरमा विशेष पूजा, अर्चना, अखण्ड दीप प्रज्वलन तथा… पुरा पढौ