बाढीपहिरो पीडितका लागि वन पैदावार उद्योग व्यवसायी महासंघद्वारा ४३ लाख बढी सहयोग

-


     हिडन खबर    
     असाेज १५ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज १५ — नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले रसुवालगायत विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ।

महासंघले ४३ लाख ४४ हजार ४ सय ४५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको महासंघकी सहसचिव रोजिता बस्तीले जानकारी दिइन्।

उनका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरिएको हो। बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वासका साथ रकम प्रदान गरिएको महासंघले जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष दिनेशराज रेग्मी, प्रथम उपाध्यक्ष मञ्जिलबाबु मास्के, उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, सचिव माधवमणि हुमागाईं, कोषाध्यक्ष कालीमान खत्री, सहसचिव रोजिता बस्ती, तीर्थ महर्जन, मधेश प्रदेश अध्यक्ष रामकृष्ण साह तथा बागमती प्रदेश अध्यक्ष रवीन्द्र वैद्यलगायतको सहभागिता रहेको थियो।

महासंघले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको सहयोगका लागि आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ।