समाचार

माओवादी अध्यक्ष दाहालको प्रस्ताव : सबै कमिटी भंग गरी मंसिरमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर महिनामै विशेष महाधिवेशन आयोजना गरी पार्टीको नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव गरेका छन्। उनले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै संगठनात्मक संरचना भंग गरी नयाँ संरचना निर्माण गर्नुपर्ने धारणा राखेका हुन्। दाहालले बैठकमा भने, “केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं। त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरी नयाँ सांगठनिक संरचनामा अघि बढाऔं।” उनको प्रस्ताव अनुसार, विशेष महाधिवेशनमार्फत खुला र लोकतान्त्रिक प्रक्रियाबाट पार्टीको नेतृत्व चयन गरिनेछ।… पुरा पढौ

बागलुङका १२ लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बागलुङ असाेज ४लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागलुङमा रहेका १२ लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा लायन वर्ष २०२५–२६ का लागि नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको पदस्थापन गरिएको थियो। लायन्स क्लब डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर दुर्गा प्रसाद हुमागाईले प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीलाई अधिकार प्रत्यायोजन गरेपछि अधिकारीले पदस्थापन गराएका हुन्। कार्यक्रममा निवर्तमान अध्यक्षहरूले लायन वर्ष २०२४–२५ मा सम्पन्न गतिविधिबारे जानकारी गराएका थिए भने नवनिर्वाचित अध्यक्षहरूले आगामी वर्षका योजनाबारे जानकारी प्रस्तुत गरेका… पुरा पढौ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकता आवश्यक: अध्यक्ष प्रचण्ड

काठमाडौं, भदौ ३ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर संकटको अवस्थामा रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। संविधान दिवसको अवसरमा जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको योगदानलाई स्मरण गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक प्रतिनिधित्वजस्ता विषय संविधानमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो। जेन्जी आन्दोलनको सन्दर्भमा… पुरा पढौ

संविधान दिवसको अवसरमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डको सम्बाेधन

११औँ संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै महान जनयुद्ध, जनआन्दोलन र हालैको 'जेनजी विद्रोह' का शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, बेपत्ता, घाइते, अपाङ्ग तथा पीडित परिवारप्रति सम्मान व्यक्त गरे। अध्यक्ष प्रचण्डले संविधान निर्माणको इतिहास, त्यसमा जनयुद्धको निर्णायक भूमिका, १२ बुँदे समझदारीदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रालाई स्मरण गरे। जनयुद्ध नहुँदो हो त संविधान सम्भव नहुने ठोकुवा गर्दै उनले त्यसको ऐतिहासिकता स्वीकार नगर्ने प्रवृत्तिको आलोचना गरे। उनले हालको जेनजी आन्दोलनलाई पनि जनयुद्धकै… पुरा पढौ

एमाले बागलुङ कार्यालय पुनः सञ्चालन

बागलुङ — जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोडपछि बन्द अवस्थामा रहेको नेकपा एमाले बागलुङ जिल्ला कार्यालय पुनः सञ्चालनमा ल्याउने उद्देश्यले एक औपचारिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यालय परिसरमा पुनः पार्टीको झण्डा र बोर्ड स्थापना गरिनुका साथै आन्तरिक व्यवस्थापनको कार्य प्रारम्भ गरिएको छ। कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष श्री हिराबहादुर केसी तथा पार्टीका केन्द्रीय सदस्य श्री इन्द्रलाल सापकोटाले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। उहाँहरूले आन्दोलनका क्रममा भएको क्षतिपूर्ति, संगठनको पुनर्संरचना तथा जनस्तरमा पार्टीको सक्रियता पुनः स्थापित… पुरा पढौ

संविधान दिवसमा विशेष सन्देश

काठमाडौं असाेज २नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको दस वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा, हामी हजारौं शहिद र लाखौं नागरिकको त्यागलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौं। यो संविधान जनयुद्ध र शान्तिपूर्ण आन्दोलनको फ्युजनबाट जन्मिएको जनताको दस्तावेज भएको बताए । हालैको जेन–जी आन्दोलनले संविधानको पुनरावलोकन र परिमार्जनको माग गरिरहेको छ। २३ र २४ गतेको घटनाले देशलाई गहिरो संकटमा पुर्‍याएको छ—७० भन्दा बढी युवाको हत्या, सार्वजनिक संरचनामा विध्वंस। हामी पुनर्निर्माणको अभियानमा जुट्न… पुरा पढौ

बागलुङमा पहिरोले कालिगण्डकी करिडोर सडक पूर्ण अवरुद्ध

बागलुङ, २०८२ असोज १ — आज बिहान करिब १० बजे बागलुङ जिल्लाको जैमुनी नगरपालिका–८ छिस्तीस्थित कालिगण्डकी करिडोर सडकमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी छिस्ती बागलुङबाट प्रहरी हवल्दार यादब बहादुर कार्कीको नेतृत्वमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो। टोलीले सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक अवरुद्ध भएको स्थान प्रहरी चौकी छिस्ती बागलुङबाट करिब १०० मिटर… पुरा पढौ

प्रचण्डद्वारा पार्टी कार्यालयको निरीक्षण तथा सहिदप्रति श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै आगलागी र तोडफोडको घटनाबाट प्रभावित पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुग्नुभएको छ। उहाँले उक्त कार्यालयको स्थलगत निरीक्षण गर्नुका साथै जनयुद्ध तथा जेन–जेड आन्दोलनका क्रममा वीरगति प्राप्त सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। अध्यक्ष दाहालले पार्टीको ऐतिहासिक योगदान र सहिदहरूको बलिदानलाई स्मरण गर्दै कार्यालय पुनःनिर्माण तथा सुरक्षाका उपायहरूबारे समेत सरोकारवालासँग छलफल गर्नुभएको जनाइएको छ। पार्टीले घटनाको छानबिन गरी दोषी पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। पुरा पढौ

देशभर बाट भागेका मध्य ८ जना कैदी ,थुनुवा बागलुङमा पक्राउ

बागलुङ भदौ २९ भदौ २३/२४ गते भएको जेन्जी आन्दोलनमा देशका विभिन्न कारागारमा कैद सजाय भाेगी रहेका कैदी बन्दीहरू जेल बाट भागेकोमा बागलुङमा ८ जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले बालसुधार केन्द्र साराङकाेटमा थुनुवामा रहेका अभिषेक सुनार,राेजन खत्रीपूर्णलाल विक ,मिलन परियार चितवन कारागार बाट पर्शुराम खत्री , केन्द्रीय कारागार टेकबहादुर विक ,म्याग्दी कारागार जनक पुन र पाेखरा कारागार बाट भागेका बल बहादुर थापा लाई पक्राउ गरेको हाे । पक्राउ परेका ८ जना कैदी थुनुवा जबर्जस्ती करणी ,कर्तव्य ज्यान… पुरा पढौ

माओवादी केन्द्रको भनाइ : संसद विघटनको निर्णयप्रति गम्भीर असहमति

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान संसद विघटनको निर्णयप्रति गम्भीर असहमति जनाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको पदाधिकारीहरूको आकस्मिक भर्चुअल बैठकले उक्त निर्णयको विरोध गरेको हो। बैठकले संविधानको व्यवस्था विपरीत संसद विघटन गर्ने निर्णयप्रति पार्टीको गम्भीर असहमति रहेको निष्कर्ष निकालेको छ। माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा सम्पन्न भयो। बैठकले वर्तमान परिस्थितिको… पुरा पढौ