समाचार

चलचित्र ‘मिरमिरे’को ट्रेलरमा एक बाल कलाकार

काठमाडौं ।पुस २९ चलचित्र ‘मिरमिरे’को ट्रेलरमा एक बाल कलाकार देखिएकी छन्, जो अभिनेता दयाहाङ राईसँग समानान्तर रूपमा प्रस्तुत भएकी छन् । ट्रेलरमा उनी दयाहाङको छोरीको भूमिकामा देखिएकी छिन् । दयाहाङको छोरीको भूमिकामा देखिएकी बाल कलाकार शाइसा गौचन हुन् । उनले आमाको अभाव महसुस गरिरहेकी छोरीको पात्र निर्वाह गरेकी छन् । सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किरहेकी छोरीको रूपमा उनलाई देखाइएको छ । ट्रेलरमा आमाको अभावमा उनले गरेको अभिनय दर्शकले मन पराइरहेका छन् । पोखराकी शाइसाको ‘मिरमिरे’ भने डेब्यु चलचित्र… पुरा पढौ

आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ, २८ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गर्नुभएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औँ साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकले परिवर्तन खोजिरहेको अवस्थामा नागरिकले परिवर्तनका पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो। मन्त्री खरेलले भन्नुभयो, “मुलुकले परिवर्तन खोजेको छ। निर्वाचनबाट जुनसुकै पार्टी भए पनि राम्रो नेतृत्व आउनुपर्छ। दलको दास वा नेताको अ blind भक्त हुनुहुँदैन।” उहाँले मुलुकको राजनीति परिवार, गुट र सत्तामा पुग्ने गठबन्धनमा केन्द्रित भएकै… पुरा पढौ

‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

काठमाडौं । म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा भव्य लाइभ म्युजिक प्रस्तुत गरेको छ। शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’ले सांगीतिक प्रस्तुति दिएको हो। नेपाली रैथाने तथा नेवारी संगीतको प्रवर्द्धन गर्दै आएको ‘कुटुम्ब’ले साँझ करिब ५ बजेदेखि राति ९ बजेसम्म निरन्तर प्रस्तुति दिएको थियो। कार्यक्रममा ‘कुटुम्ब’ले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुनहरू प्रस्तुत गर्‍यो। मौलिक धुनमा लोकप्रिय गीतका टुक्रा मिसाउँदा प्रस्तुति विशेष बनेको थियो। दर्शकहरू धुनसँगै झुमेका थिए। ब्यान्डका सदस्यहरूले प्रस्तुत गरेका धुनहरूको महत्वबारे… पुरा पढौ

चलचित्र ‘मिरमिरे’बारे अभिनेता दयाहाङ राईको भनाइ

काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘मिरमिरे’ अभिभावकले सन्तानप्रति देखाएको भविष्यको कथा बोकेको सिनेमा भएको बताएका छन्।  उनका अनुसार, छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुसीलाई चलचित्र ‘मिरमिरे’ले प्रस्तुत गरेको छ। “यो भावनालाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्नेमा म सिनेमामा केन्द्रित भएको छु,” दयाहाङले भने।  झट्ट हेर्दा बाबु–छोरीको कथा मात्र देखिए पनि गहिरिएर हेर्दा ‘मिरमिरे’मा धेरै पक्ष समेटिएको उनले बताए।  दयाहाङ थप्छन्, “झट्ट हेर्दा केही नदेखिने तर सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्तो कथामा काम गर्ने रुचि… पुरा पढौ

श्री सरस्वती प्राथमिक विद्यालयको ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बागलुङ ।पुस २७ बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा अवस्थित श्री सरस्वती प्राथमिक विद्यालयको ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्प क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रामुजी विक र राम पौडेलको उपस्थिति रहेको थियो। सो अवसरमा विद्यालयस्तरीय विभिन्न प्रतियोगिताहरू—जस्तै हाजिरीजवाफ, हिसाब दौड, बेलुन डान्स, मेच घुमाइ, चम्चा–गुच्चा, रिले दौड तथा भित्र–बाहिर खेल सञ्चालन गरिएका थिए। अभिभावक, शिक्षक तथा… पुरा पढौ

ललितपुरमा महिलाद्वारा उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री सम्पन्न

ललितपुर, पुष २६ स्यस्य समाज यल, यल केन्द्रिय तथा इलाका नं. १ मिसा पुच: को संयुक्त आयोजनामा महिलाद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कार्यक्रम शनिबार ललितपुरको कोब्हा:मा सम्पन्न भयो।  प्रदर्शनीमा स्थानीय महिलाले उत्पादन गरेका हस्तकला, घरेलु सामग्री, कपडा, सजावटी वस्तु तथा अन्य उत्पादनहरू प्रदर्शन र बिक्रीमा राखिएका थिए। “महिलाले उत्पादन गरेका सामग्रीलाई बजारमा पुर्‍याउने, उनीहरूको सीपलाई प्रोत्साहन गर्ने र आत्मनिर्भरता बढाउने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको स्यस्य: समाज यलका अध्यक्ष बद्री लक्ष्मी श्रेष्ठले बताए । यस प्रदर्शनीले महिलाहरूलाई उद्यमशीलता तर्फ… पुरा पढौ

राप्रपा बागलुङको अधिवेशनबाट अध्यक्षमा विष्णु प्रसाद सापकोटा

बागलुङ । पुस २६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङको जिल्ला अधिवेशनबाट विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।शुक्रबार बागलुङ बजारमा सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद सापकोटा, सुरजबहादुर खड्का र पार्वती शर्मा चयन भएका छन् भने कोषाध्यक्षमा गंगाराम कँडेल रहेका छन् । त्यसैगरी सदस्यहरूमा निर्वतमान अध्यक्ष सुरेन्द्र खड्का, दिपक कुँवर, देवी प्रसाद कँडेल, गोविन्द पुन, शिवलाल सापकोटा, गुणाखर कँडेल, भुमा कँडेल, चेतनारायण आचार्य, सुरजबहादुर भण्डारी, अञ्चल शाही,… पुरा पढौ

आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नगर्न अभिमुखीकरण कार्यक्रम

बागलुङ पुस २६प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र औषधि पसलमा कार्यरत व्यक्तिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१ का प्रावधान, कसुरको सूचना र अनुसन्धानसम्बन्धी व्यवस्थाबारे जानकारी गराउनुभयो। उहाँले ऐनको पालना गर्दै आमा र शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा मन्तव्य व्यक्त… पुरा पढौ

श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बागलुङ।पुस २५ बागलुङको जैमिनी नगरपालिका–५, बिनामारेमा अवस्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षा समिति सदस्य श्री भवानी आचार्य, कार्यपालिका सदस्य गीता कुमारी विक, जनप्रतिनिधिहरू विष्णु शर्मा र लक्ष्मीदेवी चापागाईं, पूर्व वडा अध्यक्ष गोपालप्रसाद पौडेल, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू तिलादेवी शर्मा, दीपक बराल, रोका रामुजी विक, वडा… पुरा पढौ

सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गराइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, २५ पुस — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य रूपमा लागू गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ। सूचना प्रविधि विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले सरकारी सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र पारदर्शी बनाउन कागजरहित प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँले हालको कार्यकालमै सबै मन्त्रालयमा जिआइओएमएस लागू गर्न आग्रह गर्दै यसले सुशासन र सेवा प्रभावकारिता बढाउने उल्लेख गर्नुभयो। अहिले अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयमा जिआइओएमएस लागू भइसकेको छ। सरकारी कामकाजलाई एउटै सूचना… पुरा पढौ