समाचार

एलिना रायमाझीको निर्देशनमा ‘बाटो नहेरे आमा’ सार्वजनिक

काठमाडौं, भदौ १९ । नेपाली लोक तथा सांगीतिक क्षेत्रमा सक्रिय कलाकार एलिना रायमाझीको प्रस्तुति तथा निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘बाटो नहेरे आमा’ सार्वजनिक भएको छ। आमाप्रतिको माया, प्रतीक्षा र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा गायिका लक्ष्मी परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत आयान न्यौपानेले सिर्जना गरेका हुन् भने संगीत संयोजन कृष्ण केसीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्। रेकर्डिस्टका रूपमा सुमन राना तथा खुमान रानाले काम गरेका छन्। म्युजिक… पुरा पढौ

लायन्स क्लबद्वारा रसुवा बाढीपीडितलाई राहत वितरण

काठमाडौं, भदौ १८ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूले रसुवा लगायतका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको राहत कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथ, लायन्स क्लब अफ जावलाखेल फ्रेन्ड्स र लायन्स क्लब अफ निरिका को संयुक्त पहलमा प्रभावित परिवारलाई अत्यावश्यक सामग्री उपलब्ध गराइएको हो। राहत सामग्रीमा ११५ सेट भाँडाकुँडा (कुकर, कराही, थाल, गिलास र कचौरा), बालबालिकाका लागि १०० सेट लुगा (टिसर्ट, थर्मकोट, टोपी, मोजा र… पुरा पढौ

सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि महायज्ञ जारी, दुई दिनमै ८५ लाख संकलन

पोखरा, भदौ १९ पोखरा महानगरपालिका–५, प्रस्याङस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिरको पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी रहेको छ। महायज्ञको दोस्रो दिन बिहीबारसम्म करिब ८५ लाख रुपैयाँ सहयोग रकम संकलन भएको आयोजकले जनाएको छ। प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीका अनुसार सन्तानेश्वर महादेव मन्दिर संरक्षक परिवारका दाता सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाले संयुक्त रूपमा ३५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। त्यस्तै, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष… पुरा पढौ

लायन्स क्लब अफ निसिखोला र समाजसेवी कुँवरद्वारा बाढीपीडितलाई सहयोग

बागलुङ, भदौ १९ देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ निसिखोलाले आर्थिक सहयोग प्रदान गरेको छ। क्लबले संस्थागत रूपमा रु. ३३ हजार ३३३ सहयोग गरेको जनाएको छ। त्यसैगरी, लायन्स क्लब अफ निसिखोलाका तृतीय उपाध्यक्ष तथा हिरदेवी कन्स्ट्रक्सनका सञ्चालक युवा समाजसेवी डीबी कुँवरले व्यक्तिगत रूपमा रु. १ लाख ५५ हजार ५५५ सहयोग गरेका छन्। बाढीपीडितको दुःखमा साथ दिने मानवीय भावनाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको क्लबले जनाएको छ। प्राकृतिक विपत्तिका बेला… पुरा पढौ

विकास आयोजनाका समस्या समाधान गर्न जिसस कास्कीको समन्वय बैठक

पोखरा, १८ भदौ । जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लामा सञ्चालनमा रहेका विकास आयोजनाका समस्या तथा अवरोध समाधानका लागि बिहीबार विकास समन्वय बैठक सम्पन्न गरेको छ। बैठकमा बोल्दै जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न नहुँदा सर्वसाधारण सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भइरहेको बताउनुभयो। उहाँले विकास आयोजनाहरूलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो। प्रमुख पौडेलले पोखरा तथा कास्की क्षेत्रमा सञ्चालनमा रहेका विद्युत, सडक र विमानस्थलसँग सम्बन्धित विकास आयोजनाका क्रममा देखिएका विवाद तथा समस्याहरूलाई… पुरा पढौ

निसीखोला व्यापार व्यवसायी संघद्वारा बाढीपीडितका लागि रु. ३५ हजार ५५५ सहयोग

बागलुङ, १८ भदौ । निसीखोला व्यापार व्यवसायी संघले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। संघले बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो संस्थागत निर्णयअनुसार उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। संघका अध्यक्ष चेतराम पौडेल, उपाध्यक्ष खिम विक्रम गिरी, महासचिव शिव कार्की तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको थियो। संघले विपद्को कठिन घडीमा सबै क्षेत्रबाट मानवीय सहयोग आवश्यक… पुरा पढौ

९ घण्टाको कठिन यात्रा गर्दै बाढीपीडितसम्म पुग्यो लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल

काठमाडौं, १८ भदौ भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे लगायतका क्षेत्रमा राहत सामग्री वितरण गर्न लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको टोली प्रभावित बस्तीमा पुगेको छ। बाढीका कारण समस्यामा परेका परिवारहरूको पीडामा साथ दिन डिस्ट्रिक्टको टोली राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको हो। क्षतिग्रस्त सडक, पहिरो र जोखिमपूर्ण बाटो पार गर्दै टोलीले करिब ९ घण्टाको कठिन यात्रा गरेर बाढीपीडित समुदायसम्म राहत पुर्‍याएको जनाएको छ। डिस्ट्रिक्टका अनुसार राहत वितरण केवल सामग्री हस्तान्तरणमा सीमित नभई विपद्को घडीमा पीडित नागरिकसँग… पुरा पढौ

रसुवा बाढीपीडितका लागि भण्डारी तमु समाजको एक लाख १७ हजार सहयोग

लेखनाथ, १७ भदौ । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पोखरा महानगरपालिका–२९ स्थित भण्डारी तमु समाजले एक लाख १७ हजार ६ सय २५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। समाजका सदस्य तथा पदाधिकारीहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने समाजले जनाएको छ। बुधबार समाजको भवनमा आयोजित कार्यक्रममा उक्त सहयोग रकम सार्वजनिक गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष अरुणकुमार गुरुङ, निवर्तमान अध्यक्ष ईश्वरबहादुर गुरुङ, उपाध्यक्ष भूपेन्द्र गुरुङ, सचिव कल्पना… पुरा पढौ

बाढीपीडितका लागि पद्म नर्सिङ होमद्वारा रु. १ लाख ११ हजार १११ सहयोग

पोखरा, १८ भदौ । पद्म नर्सिङ होम प्रा.लि., नदिपुर–पोखराले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ। नर्सिङ होमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। संस्थाले सो बराबरको चेक नबिल बैंक लिमिटेडमा रहेको कोषको खातामा जम्मा गरेको हो। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित… पुरा पढौ

बाढीपीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा राहत सङ्कलन सुरु

लेखनाथ, १७ भदौ ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका नागरिकलाई सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत सङ्कलन अभियान सुरु गरेको छ। गत भदौ १० गते आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सङ्घले प्रभावित परिवारको सहयोगका लागि राहत सङ्कलन अभियान अघि बढाएको हो। सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। उनले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन्। “समग्र… पुरा पढौ