तमानखोलाका १५ विपद् प्रभावित घरपरिवारलाई सशस्त्र प्रहरीको राहत

-


     हिडन खबर    
     असाेज २९ गते २०८३ मा प्रकाशित


बागलुङ । सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर बागलुङले तमानखोला गाउँपालिकाका १५ विपद् प्रभावित घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।

गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक पदम सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले प्रधान कार्यालयबाट प्राप्त खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको हो।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाको रोहवरमा वडा नम्बर ३ का ६ घरपरिवार र वडा नम्बर ४ का अध्यक्ष छ प्रसाद श्रीपालीको रोहवरमा उक्त वडाका ९ घरपरिवारलाई राहत उपलब्ध गराइएको सशस्त्र प्रहरीले जनाएको छ।

राहत सामग्रीमा चामल, पिठो, चिनी, चिया, खजुर, पास्ता, नुन, तेल, मह, चना, मसला तथा अन्य खाद्य सामग्री रहेका थिए।