
काठमाडौं, असोज २८। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियाको डिस्ट्रिक्ट गभर्नरको दोस्रो सल्लाहकार समिति बैठक काठमाडौंको बानस्थलीस्थित सिनाबोन क्याफेमा सम्पन्न भएको छ।
१४ अक्टोबर २०२६ मा जोन चियरपर्सन थालप्रसाद सिम्खडाको संयोजनमा सम्पन्न बैठकमा सम्बन्धित जोनअन्तर्गतका लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
बैठक सफलतापूर्वक सम्पन्न गर्न क्लस्टर चिफ शाहदेव बस्नेत र रिजन चियरपर्सन दिपेन्द्र केसीले समन्वय तथा सहयोग गरेका थिए।
डिस्ट्रिक्ट ३२५ के नेपालका मिसन १.५ चिफ महाप्रसाद पाण्डेले बैठकको सफल आयोजनाका लागि जोन चियरपर्सन सिम्खडा, क्लस्टर चिफ बस्नेत र रिजन चियरपर्सन केसीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट सेक्रेटरी गणेश जिसी पिआराेइन चिफ सुरेन्द्र बाबु श्रेष्ठ श्रीकृष्ण मानन्धर लगायतका लायन्स लिडरहरूकाे उपस्थिति रहेको थियो ।













