समाचार

नागढुंगा–सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापन र पूर्वाधार सञ्चालनका लागि ११ बुँदे सहमति

काठमाडौं, साउन १२ नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निर्माण गरिएको खानेपानी आयोजनाको सञ्चालन, मर्मतसम्भार तथा दीर्घकालीन व्यवस्थापनका विषयमा सरोकारवाला निकायबीच ११ बुँदे सहमति भएको छ। हालै सम्पन्न बैठकले आयोजनाद्वारा निर्माण गरिएको खानेपानी प्रणाली चन्द्रागिरि नगरपालिकालाई हस्तान्तरण गरी नियमित सञ्चालनको व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकमा खानेपानी आयोजनाको विद्युत् महसुल, मर्मतसम्भार खर्च, सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन तथा आर्थिक स्रोत सुनिश्चितताका विषयमा विस्तृत छलफल भएको थियो। सहमतिअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा खानेपानी आयोजनाको विद्युत् महसुल तथा न्यूनतम… पुरा पढौ

जोन २९ को पहिलो एड्भाइजरी बैठक सफलतापूर्वक सम्पन्न

काठमाडौं, साउन ११ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोन २९ का जोन चेयरपर्सन लायन सनतकुमार बस्नेतको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नरको पहिलो एड्भाइजरी कमिटी (District Governor’s First Advisory Committee Meeting) बैठक सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको सामाखुसीस्थित स्काई रेष्ट्रो एण्ड ब्याङ्क्वेटमा सोमबार आयोजित बैठकमा जोन अन्तर्गत रहेका विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन जोन चेयरपर्सन बस्नेतले उत्कृष्ट नेतृत्व, समन्वय र व्यवस्थापन क्षमता प्रदर्शन गरेको सहभागीहरूले बताएका छन्। बैठकको सफल आयोजनाका लागि जोन… पुरा पढौ

अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न टिपर नियन्त्रणमा, १५ हजार रुपैयाँ जरिवाना

बागलुङ, साउन ११ बागलुङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न एक टिपरलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–१ मालढुंगास्थित सडक खण्डमा नियमित सवारी साधन जाँचका क्रममा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको बा.प्र.०३–००१ ख ०२५२ नम्बरको टिपर नियन्त्रणमा लिइएको हो। प्रहरीले नियन्त्रणमा लिएको उक्त टिपरलाई आवश्यक कानुनी कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाइएको थियो। नगरपालिकाले उक्त सवारी साधनलाई १५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ। प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा… पुरा पढौ

जोन चेयरपर्सन दीपक महर्जनको नेतृत्वमा प्रथम एड्भाइजरी बैठक सम्पन्न

काठमाडौं, साउन ११ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूको जोनस्तरीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले डिस्ट्रिक्ट गभर्नरको प्रथम एड्भाइजरी कमिटी बैठक सम्पन्न भएको छ। जोन चेयरपर्सन दीपक महर्जनको नेतृत्वमा २०२६ जुलाई २६ तारिखमा काठमाडौंको ज्याठास्थित एनडी’एस क्याफे आइसक्रिम एण्ड फास्ट फुड इन्डष्ट्रिज प्रालिमा आयोजित बैठक सफलतापूर्वक सम्पन्न भएको हो। बैठकमा जोन अन्तर्गत रहेका सबै क्लबका अध्यक्ष तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकको सफल आयोजना, प्रभावकारी समन्वय तथा समय व्यवस्थापनका कारण जोन चेयरपर्सन महर्जनको नेतृत्वको व्यापक प्रशंसा गरिएको छ।सहभागीहरूले… पुरा पढौ

अमेरिकाबाट कल्पना देवकोटाको सांगीतिक उपहार ‘मायाले मलाई हेरेको हेरेई’ सार्वजनिक

काठमाडौं अमेरिकामा रहेर पनि नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा सक्रिय गायिका कल्पना देवकोटा पौडेलको नयाँ लोकदोहोरी गीत ‘मायाले मलाई हेरेको हेरेई’ सार्वजनिक भएको छ। चर्चित गायक खेम सेञ्चुरीसँगको युगल स्वरमा रहेको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गीतमा नेत्र आर्यालको शब्द, कुमार बीकेको संगीत तथा खेम सेञ्चुरीको हुकलाइन रहेको छ। बिन किस्मत रेकर्डिङ स्टुडियोमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरिएको गीतले प्रेम, आकर्षण र मायाका भावलाई सरल र सुमधुर शैलीमा प्रस्तुत गरेको छ। गीतको म्युजिक भिडियोको निर्देशन नेपाली… पुरा पढौ

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोन बैठक सम्पन्न

बागलुङ, साउन १० – लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूको पहिलो जोन एड्भाइजरी बैठक (District Governor's First Advisory Committee Meeting) निर्धारित समयमै सम्पन्न भएको छ। शनिबार सम्पन्न बैठकमा जोन अन्तर्गतका क्लबहरूको शतप्रतिशत सहभागिता रहेको जनाइएको छ। "Leading with Purpose" भन्ने नारालाई आत्मसात गर्दै आयोजित कार्यक्रम जिल्ला क्याबिनेट सचिव लायन गणेश जीसीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा डिस्ट्रिक्ट मिसन १.५ प्रमुख तथा जोन मेन्टर लायन महाप्रसाद पाण्डे, डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ लायन राजनप्रसाद काप्री, लायन दयाराम कार्की,… पुरा पढौ

रेस्टुरेन्टमा इन्भर्टर जडान गर्ने क्रममा करेन्ट लागेर युवक घाइते

बागलुङ, साउन १० – बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित एक रेस्टुरेन्टमा इन्भर्टर जडान गर्ने क्रममा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार काठेखोला गाउँपालिका–४ तङ्ग्राम घर भई हाल बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित वेस्ट वान रेस्टुरेन्टमा कार्यरत २६ वर्षीय डम्मरबहादुर पुन शुक्रबार साँझ करिब ६:४५ बजे इन्भर्टर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका हुन्। घाइते पुनलाई तत्काल उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पुर्‍याइएको प्रहरीले जनाएको छ। अस्पतालमा प्रारम्भिक उपचारका क्रममा उनको टाउको र खुट्टामा चोट… पुरा पढौ

इनर ह्वील क्लब बागमतीको १८औँ चार्टर डे सम्पन्न, दुई अग्रज व्यक्तित्व सम्मानित

काठमाडौं, साउन १० सामाजिक तथा मानवीय सेवामा सक्रिय इनर ह्वील डिस्ट्रिक्ट ३५० अन्तर्गतको इनर ह्वील क्लब बागमती को १८औँ चार्टर डे समारोह राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा क्लबकी चार्टर प्रेसिडेन्ट कमलप्रभा खरेल तथा पास्ट प्रेसिडेन्ट रबिना महत लाई विशेष सम्मान प्रदान गरिएको थियो। इनर ह्वील आन्दोलनको विस्तार, संस्थागत विकास तथा नेतृत्वदायी भूमिकामार्फत पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मान गरिएको क्लबले जनाएको छ। चार्टर प्रेसिडेन्ट कमलप्रभा खरेल इन्टरनेशनल इनर ह्वील बोर्ड अफ डाइरेक्टर्स मा नियुक्त हुनुभएको तथा पास्ट प्रेसिडेन्ट… पुरा पढौ

आइफोनकै विवादमा साथीको हत्या, शव मनखोलामा लुकाइएको खुलासा

बागलुङ, साउन १० बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय विद्यार्थी लजिन थापाको हत्या आइफोनको विषयलाई लिएर भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फणीन्द्र प्रसाईंका अनुसार साथीले बोकेको आइफोन माग्ने क्रममा विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको हो।जन्मदिन मनाएर घर फर्किने क्रममा एकान्त ठाउँमा पारेर उक्त घटना घटाउने काम भएको प्रहरी प्रमुख प्रसाइले बताए । काठमाडौंको साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत थापा साथी असिम वनको जन्मदिन मनाउन भन्दै साउन २ गते बागलुङको दगातुण्डाँडा… पुरा पढौ

एमाले–माओवादीबीच प्रदेश सरकार गठनमा सहमति

काठमाडौं, साउन ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। शनिबार सार्वजनिक गरिएको सहमति पत्रमा प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने समझदारी भएको उल्लेख गरिएको छ। सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले नेतृत्व गर्नेछ। दुवै दलले ती… पुरा पढौ