
काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी रिजन चेयरपर्सन लायन रोजिता वस्तीले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम रानीवन, काठमाडौंमा भोजन सेवा गराएकी छन्।
जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी सामाजिक तथा मानवीय सेवामा समर्पित हुने उद्देश्यले सोमबार आश्रममा भोजन सेवा कार्यक्रम आयोजना गरिएको हो।
लायन्स क्लब अफ काठमाडौं न्यू श्री मच्छापोखरीको आयोजनामा सम्पन्न कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराइएको थियो।
लायन्सको ‘वी सर्भ’ अर्थात् ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनाअनुरूप जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने प्रयासले मानवीय संवेदना, सेवाभाव र परोपकारको सन्देश दिएको छ।
भाेजन सेवा कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली मिसन 1.5 चिफ महाप्रसाद पाण्डे ,राजन काप्री
सुवर्ण कडेलल लगायतका लायन्स लिडरहरूकाे बिशेश उपस्थिति रहेको थियो ।
















