सुन्तलाचौरमा वडा अध्यक्ष कप तथा कोजाग्रत पूर्णिमा मेला जारी

-


     सुजन आचार्य     
     कार्तिक ९ गते २०८३ मा प्रकाशित


बागलुङ । जैमिनी नगरपालिका–२, दमेकस्थित सुन्तलाचौरमा दोस्रो वडा अध्यक्ष कप तथा कोजाग्रत पूर्णिमा मेला–२०८३ जारी छ। कार्तिक ६ गतेदेखि सुरु भएको मेला ९ गतेसम्म सञ्चालन हुनेछ।

सुन्तलाचौर खेलकुद मञ्चको आयोजनामा भइरहेको मेलाको मुख्य आकर्षण वडास्तरीय भलिबल प्रतियोगिता र दमेक डान्स आइडल रहेका छन्।

भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले १५ हजार र चौथो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, दमेक डान्स आइडलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पाउनेछन्।