समाचार

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनद्वारा त्रिलोकेश्वर शिव मन्दिरमा वृक्षारोपण

कास्की ,बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। धार्मिक तथा पर्यटकीय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसरमा बर, पिपल, सिमी, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर लगायत विभिन्न फलफूल तथा फूलका बिरुवा रोपिएका थिए। कार्यक्रम एसोसिएसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा सम्पन्न भएको हो।कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन सामाजिक कार्यमा सक्रिय रहेको उल्लेख गर्दै, वृक्षारोपणले मन्दिर परिसरको सौन्दर्य… पुरा पढौ

बिष्णु माझी र बाबु कृष्ण परियारको नयाँ लोकदोहोरी ‘झोर्ले हजुर’ सार्वजनिक

बागलुङ जेठ ३१ नेपाली लोकदोहोरी संगीतप्रेमीहरूका लागि नयाँ तथा आकर्षक कोसेली स्वरूप ‘झोर्ले हजुर’ गीत सार्वजनिक भएको छ। चर्चित गायिका बिष्णु माझी र गायक बाबु कृष्ण परियारको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ।प्रेम, आत्मीयता र नेपाली मौलिक संस्कृतिको भावलाई समेटिएको यस गीतमा उत्कृष्ट शब्द, कर्णप्रिय लय तथा आकर्षक भिडियो प्रस्तुत गरिएको छ। संगीत संयोजन र प्रस्तुतीकरणले लोकदोहोरीप्रेमीहरूको मन जित्न सफल भएको देखिन्छ।सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा… पुरा पढौ

डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम

काठमाडौं, जेठ ३० हामी सेवा गर्छौ भन्ने भावनाका स्थापना भएको संसारको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के, नेपालको लायन वर्ष २०२६/२७ का लागि बागमती एरिया अन्तर्गतका रिजन तथा जोनमा आबद्ध करिब १०० वटा क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षलाई लक्षित गर्दै पीभीएसटी (PVST) स्कुलिङ कार्यक्रम शनिबार गोङ्गबुस्थित बीजी बैंक्वेटमा सुरु भएको छ। नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा नेतृत्व विकास, क्लब व्यवस्थापन तथा जिल्ला एवं अन्तर्राष्ट्रिय कार्यक्रमबारे विशेष प्रशिक्षण प्रदान गरिएको छ। कार्यक्रमको… पुरा पढौ

ढोरपाटनको प्याङखोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा शुक्रबार राती बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग १ त ६९८० नम्बरको ट्याक्टर प्याङखोलामा राती १ बजे दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बताए । ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उनको भनाइ छ । चालकको शव भने दुर्घटनास्थलभन्दा… पुरा पढौ

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

बागलुङ ,नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङको मूल गेट अगाडि धर्ना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी पत्रकारहरूले “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर” तथा “सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर” भन्ने मागसहितका प्लेकार्ड बाेकेर धर्नामा बसेका थिए। पत्रकार महासङ्घले लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि हुने कुनै पनि प्रकारका हस्तक्षेप, विभेद र अंकुशप्रति सचेत रहँदै नागरिकलाई सुसूचित गर्ने अधिकारको संरक्षण गर्न आफू… पुरा पढौ

कास्की जिल्ला समन्वय समितिकाे नवौं जिल्ला सभा सम्पन्न

अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग जेठ २९ ,पोखरा कास्कीको नवौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । सभाको गण्डकी प्रदेश सभाका सदस्यहरू प्रकाश बराल ,देवका पाहारी, नन्दकला नेपालीले संयुक्त उदघाटन उद्घाटन गर्नु भएको थियो । सो क्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले जिल्ला समन्वय समिति बर्तमान कानुनि ब्यबस्था अनुसार ,प्राप्त अधिकारको उच्चतम सदुपयोग मार्फत प्रभाबकारी कार्य सम्पादनमा तल्लिन रहेको भन्दै यसको थप मजबुतिकरणका सन्दर्भमा कानुन निर्माण र अन्य ब्यबस्थापनका बिषयमा प्रयत्नशील रहने उल्लेख… पुरा पढौ

चन्द्रागिरि चेकपोस्टमा सवारी दुर्घटना

काठमाडौं जेठ २९ काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ चेकपोस्टमा आज मिनि ट्रक जबर्जस्ती रूपमा दुर्घटना भएको छ । शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र ७ काे मुख्य सडकमा सामान लिएर गइरहेको बा ४ ख २५१० नम्बरकाे मिनि ट्रक दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घरायसी सामान लिएर गइरहेको उक्त मिनि ट्रकमा आगलागी भई अनियन्त्रित भइ दुर्घटना हुदा चेकपोस्ट चाेकमा बन्द भएको मनिष टेलर्समा गएर अड्किन पुगेको छ ।मिनि ट्रक दुर्घटना भएपनि मानवीय क्षति भने भएको छैन… पुरा पढौ

संविधान संशोधन जनताको ध्यान मोड्ने प्रयास मात्र : सांसद अमरेशकुमार सिंह

काठमाडौं, जेठ २९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले संविधान संशोधनको बहसलाई जनताका मूल समस्याबाट ध्यान मोड्ने प्रयासका रूपमा अघि सारेको आरोप लगाएका छन्।उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन सम्भव नभएको दाबी गर्दै बरु विद्यमान व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको ‘संविधान संशोधन : नागरिकका अपेक्षा’ विषयक कार्यक्रममा बोल्दै सांसद सिंहले संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक असिम शाहको भूमिकामाथि समेत प्रश्न उठाए। उनले भने, “को हुन्… पुरा पढौ

खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवालाई

लेखनाथ — बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार सम्पन्न छैटौँ संस्करणको खुला डुंगा दौड प्रतियोगितामा फेवा डुंगा व्यवसायी संगठनले उपाधि हात पारेको छ। महिला तथा पुरुष दुवैतर्फको प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो स्थानमा विजय हासिल गर्दै फेवाले उपाधि कब्जा गरेको हो।महिला तर्फ एक हजार मिटर दुरीको दौडमा फेवा डुंगा व्यवसायी समितिकी सन्तमाया जलारीको टोलीले २० मिनेट १६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान प्राप्त गर्‍यो। फेवाकै उषा गुरुङको टोलीले २० मिनेट ४९ सेकेन्डमा दुरी पार गर्दै द्वितीय स्थान हासिल गर्‍यो… पुरा पढौ

नुवाकोटमा राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ को तयारी तीव्र

नुवाकोट । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको ३१औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ को तयारी तीव्र पारिएको छ। प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गतेसम्म नुवाकोटको विदुर–४ स्थित प्रशिक्षण केन्द्रमा सञ्चालन हुने जनाइएको छ। नेपालको लोकसंस्कृति संरक्षण, स्रष्टाको सम्मान तथा नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा देशभरका कलाकार, सर्जक तथा लोकदोहोरीकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताले नेपाली लोकदोहोरी गीतको विकास, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका… पुरा पढौ