समाचार

चक्रवात ‘अनिब’को प्रभाव : कार्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात ‘अनिब’को प्रभावका कारण कार्तिक १२, १३ र १४ गते गरी लगातार तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमआँधीको जोखिम हुन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै किसानलाई धानबाली काट्ने र भित्र्याउनेलगायतका कृषि कार्य कार्तिक १२ गतेभित्रै सम्पन्न गर्न, उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न र मौसम प्रतिकूल हुँदा सुरक्षित स्थानमा… पुरा पढौ

जन्मदिनको अवसरमा रिजन चेयरपर्सन वस्तीको मानवसेवा आश्रममा भोजन सेवा

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी रिजन चेयरपर्सन लायन रोजिता वस्तीले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम रानीवन, काठमाडौंमा भोजन सेवा गराएकी छन्। जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी सामाजिक तथा मानवीय सेवामा समर्पित हुने उद्देश्यले सोमबार आश्रममा भोजन सेवा कार्यक्रम आयोजना गरिएको हो। लायन्स क्लब अफ काठमाडौं न्यू श्री मच्छापोखरीको आयोजनामा सम्पन्न कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराइएको थियो। लायन्सको ‘वी सर्भ’ अर्थात् ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनाअनुरूप जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने प्रयासले मानवीय संवेदना, सेवाभाव र… पुरा पढौ

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’को आधार

बागलुङ, कात्तिक ९ । बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुशील खड्काले पहाडी क्षेत्रबाट भइरहेको बसाइँसराइ न्यूनीकरण गरी नागरिकलाई गाउँमै फर्कने वातावरण बनाउन मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’को आधार बनाउने बताएका छन्। सोमबार जैमिनी नगरपालिका–५, बिनामारेस्थित वडा कार्यालयमा जनप्रतिनिधि तथा स्थानीयवासीसँगको अन्तरक्रियामा बोल्दै सांसद खड्काले स्थानीय विकासका मागलाई संघीय सरकारको प्राथमिकतामा पार्न पहल गर्ने प्रतिबद्धता जनाए। उनले मध्यपहाडी लोकमार्ग र सहायक सडक आसपास आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्य र पर्यटन पूर्वाधार विकासमार्फत गाउँमै बस्ने वातावरण… पुरा पढौ

सुन्तलाचौरमा वडा अध्यक्ष कप तथा कोजाग्रत पूर्णिमा मेला जारी

बागलुङ । जैमिनी नगरपालिका–२, दमेकस्थित सुन्तलाचौरमा दोस्रो वडा अध्यक्ष कप तथा कोजाग्रत पूर्णिमा मेला–२०८३ जारी छ। कार्तिक ६ गतेदेखि सुरु भएको मेला ९ गतेसम्म सञ्चालन हुनेछ। सुन्तलाचौर खेलकुद मञ्चको आयोजनामा भइरहेको मेलाको मुख्य आकर्षण वडास्तरीय भलिबल प्रतियोगिता र दमेक डान्स आइडल रहेका छन्। भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले १५ हजार र चौथो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, दमेक डान्स आइडलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार… पुरा पढौ

झोलुङ्गे पुलमा मोटरसाइकलको आवतजावत, पैदल यात्रुको सुरक्षामा चिन्ता

कुस्मा, पर्वत । पर्यटकीय आकर्षणको केन्द्रका रूपमा परिचित पर्वतको कुस्मास्थित अग्लो झोलुङ्गे पुलमा मोटरसाइकलको आवतजावत हुन थालेपछि पैदल यात्रुको सुरक्षाबारे प्रश्न उठेको छ। पैदल यात्रुका लागि निर्माण गरिएको पुलमा मोटरसाइकलसमेत चल्न थालेपछि यसको प्रयोग, व्यवस्थापन र सुरक्षाबारे चासो बढेको हो। झोलुङ्गे पुलको मुख्य उद्देश्य पैदल यात्रुलाई सुरक्षित रूपमा वारपार गराउनु हो। साथै, यस्ता पुलले पर्यटकीय आकर्षणसमेत बढाउने गरेका छन्। तर, पैदल यात्रु र मोटरसाइकल एकै समयमा आवतजावत गर्दा हिँडडुल गर्न असहज हुनुका साथै दुर्घटनाको जोखिम बढ्न सक्ने चिन्ता छ। विशेषगरी… पुरा पढौ

जैमिनीमा मङ्सिरमा युवा सम्मेलन हुने

बागलुङ । जैमिनी नगरपालिकाका युवाहरूले आगामी मङ्सिरमा जैमिनी युवा सम्मेलन आयोजना गर्ने निर्णय गरेका छन्। जैमिनीका केही युवाहरूबीच भएको भेटघाट तथा छलफलबाट सम्मेलन आयोजना गर्ने निर्णय गरिएको हो। जैमिनी क्षेत्रका सबै युवालाई समेटेर आपसी एकता, सहकार्य र भाइचाराको भावना विकास गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको बताइएको छ। सम्मेलनमार्फत युवाहरूको क्षमता, सिर्जनशीलता र नेतृत्व विकास गर्नुका साथै स्थानीय विकास तथा सामाजिक कार्यमा उनीहरूको सक्रिय सहभागिता बढाउने लक्ष्य राखिएको छ। साथै, जैमिनीको समग्र विकासमा युवाहरूको भूमिका प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिने… पुरा पढौ

स्थानीय र गाउँपालिकाको १८ लाख सहयोगमा देउराली मन्दिर पुनर्निर्माण

पर्वत, कात्तिक ३ । पर्वतको जलजला गाउँपालिका–७, बास्बोटमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको देउराली मन्दिर पुनर्निर्माण गरिएको छ। स्थानीयवासी, प्रवासमा रहेका बास्बोटवासी र जलजला गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो। मन्दिर पुनर्निर्माणका लागि स्थानीय तथा प्रवासमा रहेका बास्बोटवासीबाट ९ लाख रुपैयाँ र जलजला गाउँपालिकाबाट ९ लाख रुपैयाँ गरी कुल १८ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। लस्ती–बास्बोट–घाखेत सडक निर्माणका क्रममा जोखिममा परेको ऐतिहासिक मन्दिरको संरक्षण गर्ने उद्देश्यले पुनर्निर्माण अभियान सञ्चालन गरिएको हो। सडकका कारण मन्दिर जोखिममा… पुरा पढौ

जापानमा बलेवा सेवा समाजको सांस्कृतिक जमघट, सीता परियारको प्रस्तुतिले जित्यो मन

टोकियो। बलेवा सेवा समाज जापानको आयोजनामा बडादशैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४६ को अवसरमा शुभकामना आदानप्रदान, सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। जापानको टोकियोस्थित कामातामा रहेको चिनो भान्छा घरमा आयोजित कार्यक्रममा बागलुङको गल्कोटमा जन्मिएकी तथा बलेवाकी बुहारी चर्चित लोकदोहोरी गायिका सीता परियारलाई सम्मान गरिएको थियो। परियारको सांगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागीलाई मनोरञ्जन प्रदान गर्नुका साथै माहोललाई थप उत्साहित बनाएको थियो। कार्यक्रममा सोनाली परियार र दिया पाठककी नानीले नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै, समाजका अध्यक्ष सुरेन्द्र पौडेल (प्रेम) र… पुरा पढौ

बागलुङ कारागारमा दशैँको खुसी बाँड्दै उद्योग वाणिज्य संघ, कैदीबन्दीलाई खसी उपहार

बागलुङ, कात्तिक १। बागलुङ उद्योग वाणिज्य संघले विजयादशमीको अवसरमा जिल्ला कारागार बागलुङमा रहेका कैदीबन्दीलाई खसी र चिउरा उपहार दिएको छ। संघले आइतबार कारागारमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कैदीबन्दीका लागि एक थान खसी र चिउरा हस्तान्तरण गरेको हो। कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले चाडपर्वले सबैमा खुसी, सद्भाव र भाइचाराको भावना बढाउने बताउनुभयो। परिवारबाट टाढा रहेका कैदीबन्दीलाई पनि चाडपर्वको अनुभूति गराउन संघले गरेको सहयोग प्रशंसनीय रहेको उहाँको भनाइ थियो। संघका अध्यक्ष राजनकुमार शाक्यले कारागारमा रहेका कैदीबन्दीलाई दशैँका अवसरमा खुसी… पुरा पढौ

जन्मदिनको फजुल खर्च कटाएर मानवसेवा आश्रममा भोजन सेवा

बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोजकुमार श्रेष्ठ र पूर्वअध्यक्ष तालबहादुर कुँवरले आफ्नो जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर मानवसेवा आश्रम बागलुङमा भोजन सेवा गरेका छन्। दुवै लायन्स लिडरले आइतबार (कात्तिक १गते) बागलुङ नगरपालिका–१ निरयघाटस्थित मानवसेवा आश्रममा पुगेर ४५ जना आश्रितहरूलाई एक छाक भोजन गराएका हुन्। जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यले भोजन सेवा गरिएको हो। व्यक्तिगत खुसीलाई असहाय, बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको सेवासँग जोड्दै उनीहरूले मानवता र सेवाभावको सन्देश दिएका छन्।लायन्स क्लब अफ धौलागिरि बागलुङले… पुरा पढौ