बागलुङ — महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले बागलुङमा सञ्चालन गरिएको चारदिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। बागलुङ उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिममा सहभागी महिलाहरूलाई साबुन उत्पादनका सात प्रकारसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो। साबुन बनाउने प्रक्रिया, आवश्यक कच्चा पदार्थ, उत्पादन विधि, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक आधारभूत जानकारीसमेत दिइएको आयोजकले जनाएको छ। घरायसी तथा व्यक्तिगत सरसफाइमा नियमित प्रयोग हुने साबुनको बजार…
पुरा पढौ