समाचार

पृथ्वी राजमार्ग सञ्चालनका लागि कृष्णभीरमा वैकल्पिक ट्र्याक निर्माण सुरु

काठमाडौं, भदौ १९ पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याउन धादिङको कृष्णभीर क्षेत्रमा वैकल्पिक ट्र्याक निर्माण कार्य सुरु गरिएको छ। मलेखु–मुग्लिन सडक आयोजनाका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार कृष्णभीरको दुवैतर्फबाट दुई/दुई वटा एक्स्काभेटर परिचालन गरी ट्र्याक खोल्ने काम अघि बढाइएको छ। पहिरो प्रभावित स्थानभन्दा माथिल्लो भित्तो काटेर नयाँ ट्र्याक निर्माण गर्न थालिएको उनले जानकारी दिए। उनका अनुसार सवारी आवागमन सहज हुने गरी करिब सात मिटर चौडाइको सडक निर्माण गर्ने लक्ष्यसहित काम भइरहेको छ। ट्र्याक निर्माणका लागि बिहीबारदेखि… पुरा पढौ

बाढीपीडितका लागि बागलुङ कालिका भगवती गुठीको ११ लाख सहयोग

काठमाडौं, भदौ १९ रसुवा र आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ। समितिले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो। गुठीका अध्यक्ष रामबहादुर खड्का र सचिव निशान खड्काले संयुक्त रूपमा उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा बागलुङका प्रतिनिधिसभा सदस्य सुशील खड्काको समेत उपस्थिति रहेको थियो।… पुरा पढौ

रसुवा बाढीपीडितका लागि मिसादबु जिल्ला समितिद्वारा २१ हजार भन्दा बढी सहयोग

बागलुङ, भदौ १९ । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले हाम्रो नेवा मिसादबु जिल्ला समिति बागलुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार २८५ रुपैयाँ सहयोग गरेको छ। समितिले विभिन्न सहयोगी मन भएका व्यक्तिहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ। सहयोग गर्नेहरूमा अर्चना पालिखे, रमा श्रेष्ठ, तारामाया श्रेष्ठ, सपना श्रेष्ठ, पुष्पा श्रेष्ठ, उर्मिला श्रेष्ठ, रम्बा श्रेष्ठ, सुस्मिता श्रेष्ठ, रिना शाक्य, अनुपा श्रेष्ठ र शिल्पा… पुरा पढौ

एलिना रायमाझीको निर्देशनमा ‘बाटो नहेरे आमा’ सार्वजनिक

काठमाडौं, भदौ १९ । नेपाली लोक तथा सांगीतिक क्षेत्रमा सक्रिय कलाकार एलिना रायमाझीको प्रस्तुति तथा निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘बाटो नहेरे आमा’ सार्वजनिक भएको छ। आमाप्रतिको माया, प्रतीक्षा र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा गायिका लक्ष्मी परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत आयान न्यौपानेले सिर्जना गरेका हुन् भने संगीत संयोजन कृष्ण केसीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्। रेकर्डिस्टका रूपमा सुमन राना तथा खुमान रानाले काम गरेका छन्। म्युजिक… पुरा पढौ

लायन्स क्लबद्वारा रसुवा बाढीपीडितलाई राहत वितरण

काठमाडौं, भदौ १८ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूले रसुवा लगायतका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको राहत कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथ, लायन्स क्लब अफ जावलाखेल फ्रेन्ड्स र लायन्स क्लब अफ निरिका को संयुक्त पहलमा प्रभावित परिवारलाई अत्यावश्यक सामग्री उपलब्ध गराइएको हो। राहत सामग्रीमा ११५ सेट भाँडाकुँडा (कुकर, कराही, थाल, गिलास र कचौरा), बालबालिकाका लागि १०० सेट लुगा (टिसर्ट, थर्मकोट, टोपी, मोजा र… पुरा पढौ

सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि महायज्ञ जारी, दुई दिनमै ८५ लाख संकलन

पोखरा, भदौ १९ पोखरा महानगरपालिका–५, प्रस्याङस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिरको पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी रहेको छ। महायज्ञको दोस्रो दिन बिहीबारसम्म करिब ८५ लाख रुपैयाँ सहयोग रकम संकलन भएको आयोजकले जनाएको छ। प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीका अनुसार सन्तानेश्वर महादेव मन्दिर संरक्षक परिवारका दाता सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाले संयुक्त रूपमा ३५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। त्यस्तै, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष… पुरा पढौ

लायन्स क्लब अफ निसिखोला र समाजसेवी कुँवरद्वारा बाढीपीडितलाई सहयोग

बागलुङ, भदौ १९ देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ निसिखोलाले आर्थिक सहयोग प्रदान गरेको छ। क्लबले संस्थागत रूपमा रु. ३३ हजार ३३३ सहयोग गरेको जनाएको छ। त्यसैगरी, लायन्स क्लब अफ निसिखोलाका तृतीय उपाध्यक्ष तथा हिरदेवी कन्स्ट्रक्सनका सञ्चालक युवा समाजसेवी डीबी कुँवरले व्यक्तिगत रूपमा रु. १ लाख ५५ हजार ५५५ सहयोग गरेका छन्। बाढीपीडितको दुःखमा साथ दिने मानवीय भावनाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको क्लबले जनाएको छ। प्राकृतिक विपत्तिका बेला… पुरा पढौ

विकास आयोजनाका समस्या समाधान गर्न जिसस कास्कीको समन्वय बैठक

पोखरा, १८ भदौ । जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लामा सञ्चालनमा रहेका विकास आयोजनाका समस्या तथा अवरोध समाधानका लागि बिहीबार विकास समन्वय बैठक सम्पन्न गरेको छ। बैठकमा बोल्दै जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न नहुँदा सर्वसाधारण सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भइरहेको बताउनुभयो। उहाँले विकास आयोजनाहरूलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो। प्रमुख पौडेलले पोखरा तथा कास्की क्षेत्रमा सञ्चालनमा रहेका विद्युत, सडक र विमानस्थलसँग सम्बन्धित विकास आयोजनाका क्रममा देखिएका विवाद तथा समस्याहरूलाई… पुरा पढौ

निसीखोला व्यापार व्यवसायी संघद्वारा बाढीपीडितका लागि रु. ३५ हजार ५५५ सहयोग

बागलुङ, १८ भदौ । निसीखोला व्यापार व्यवसायी संघले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। संघले बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो संस्थागत निर्णयअनुसार उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। संघका अध्यक्ष चेतराम पौडेल, उपाध्यक्ष खिम विक्रम गिरी, महासचिव शिव कार्की तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको थियो। संघले विपद्को कठिन घडीमा सबै क्षेत्रबाट मानवीय सहयोग आवश्यक… पुरा पढौ

९ घण्टाको कठिन यात्रा गर्दै बाढीपीडितसम्म पुग्यो लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल

काठमाडौं, १८ भदौ भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे लगायतका क्षेत्रमा राहत सामग्री वितरण गर्न लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको टोली प्रभावित बस्तीमा पुगेको छ। बाढीका कारण समस्यामा परेका परिवारहरूको पीडामा साथ दिन डिस्ट्रिक्टको टोली राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको हो। क्षतिग्रस्त सडक, पहिरो र जोखिमपूर्ण बाटो पार गर्दै टोलीले करिब ९ घण्टाको कठिन यात्रा गरेर बाढीपीडित समुदायसम्म राहत पुर्‍याएको जनाएको छ। डिस्ट्रिक्टका अनुसार राहत वितरण केवल सामग्री हस्तान्तरणमा सीमित नभई विपद्को घडीमा पीडित नागरिकसँग… पुरा पढौ