समाचार

भोटेकोशी बाढीपीडितलाई वन पैदावार उद्योग व्यवसायी महासंघद्वारा ५२ लाखभन्दा बढी सहयोग

काठमाडौं, असोज १७ — नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले रसुवा, नुवाकोटलगायत जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ५२ लाख ४८ हजार ४४५ रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ। महासंघले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा उद्योग व्यवसायलाई सहयोग गर्ने उद्देश्यले विभिन्न शीर्षकमा उक्त रकम उपलब्ध गराएको जनाएको छ।महासंघका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अर्थमन्त्रीमार्फत ४३ लाख ४४ हजार ४४५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ। त्यसैगरी, नुवाकोटका बाढीपीडित उद्योगी व्यवसायी तथा प्रभावित परिवारलाई समेत आर्थिक सहयोग… पुरा पढौ

नेपाल कल्याण समाज जापानका वरिष्ठ उपाध्यक्ष भण्डारीको ‘देशै पियारो’ सार्वजनिक

जापान, असोज १७ — बाध्यतावश गाउँघर र मातृभूमि छाडेर परदेशिएका नेपालीहरूको पीडा, संघर्ष र जन्मभूमिप्रतिको प्रेम समेटिएको गीत ‘देशै पियारो’ सार्वजनिक गरिएको छ। सर्जक काशीराम भण्डारीको प्रस्तुतिमा रहेको उक्त गीतले परिवारको सुख, भविष्य र जीवनयापनका लागि विदेशमा पसिना बगाइरहेका नेपालीहरूको भावना उजागर गरेको छ। गीत शनिबार भण्डारीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतकार तथा कलाकार भण्डारी नेपाल कल्याण समाज जापानका वरिष्ठ उपाध्यक्षसमेत हुन्। जापानमा रहेर सामाजिक क्षेत्रमा सक्रिय भण्डारीले आफ्नो सिर्जनामार्फत परदेशी नेपालीको भावना, गाउँघरको सम्झना र मातृभूमिप्रतिको आत्मीयतालाई अभिव्यक्त… पुरा पढौ

कालिगण्डकी आवासीय विद्यालयमा तनाव व्यवस्थापन र सकारात्मक सोचसम्बन्धी प्रशिक्षण

बागलुङ, असोज १७ । कालिगण्डकी आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई तनाव व्यवस्थापन तथा सकारात्मक सोचसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ‘खुसी मन’ बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्यले तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले विद्यार्थीमा तनाव उत्पन्न हुने कारण, त्यसका प्रभाव तथा तनावलाई सकारात्मक रूपमा व्यवस्थापन गर्ने उपायबारे जानकारी गराउनुभयो। नियमित दिनचर्या, पर्याप्त आराम, सकारात्मक सोच, आफ्ना भावना व्यक्त गर्ने बानी तथा समस्या समाधानमा केन्द्रित अभ्यासले तनाव व्यवस्थापनमा सहयोग पुग्ने उहाँको भनाइ थियो। विद्यार्थीहरूले आफ्ना समस्या र… पुरा पढौ

बागलुङ बजारको खानेपानी मर्मतमा नेपाली सेना सहित सुरक्षा निकाय सक्रिय

बागलुङ, असोज १७अविरल वर्षापछि क्षति पुगेको बागलुङ बजारको खानेपानी पाइपलाइन मर्मत तथा पुनः जडान कार्यमा नेपाली सेना सहितका सुरक्षा निकाय सक्रिय भएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षाका कारण बागलुङ नगरपालिका–९ स्थित रिठेखोलाबाट ल्याइएको खानेपानीको पाइप काठेखोलामा क्षतिग्रस्त भएको थियो। जोखिमपूर्ण क्षेत्रमा रहेको उक्त पाइप नेपाली सेनाको कालिजंग गण, घोडाबाँधे ब्यारेकको टोलीले दुई दिन लगाएर मर्मत तथा जडान गरेको हो। कालिजंग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीका अनुसार उक्त पाइपमार्फत हाल प्रतिक्षण चार लिटर पानी आपूर्ति भइरहेको… पुरा पढौ

सेवाकार्यको निरन्तरतामा खाद्यान्न वितरण तथा निःशुल्क दृष्टि परीक्षण

काठमाडौं, असोज १७ । लायन्स क्लब अफ काठमाडौं ग्रीन टाउनले आफ्नो नियमित सेवामूलक कार्यक्रमअन्तर्गत शनिबार तारकेश्वर–३, ठुलोगाउँस्थित मातृनेपाल बालगृह मा आश्रित ४० भन्दा बढी बालबालिकाका लागि खाद्यान्न वितरण तथा निःशुल्क दृष्टि परीक्षण कार्यक्रम सञ्चालन गरेको छ। लायन्स क्लबले प्राथमिकता दिने हंगर रिलिफ (भोकमरी न्यूनीकरण) र भिजन (दृष्टि संरक्षण) कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रममा बालबालिकाको आँखाको परीक्षण गरी आवश्यक चस्मा तथा औषधिसमेत वितरण गरिएको क्लबले जनाएको छ। परीक्षणपछि तत्काल उपलब्ध हुन नसकेका चस्मा तथा अन्य सामग्री चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा उपलब्ध गराइने प्रतिबद्धता… पुरा पढौ

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीको आयोजनामा दोस्रो एड्भाइजरी समिति बैठक सम्पन्न

हिड्न खबर डटकमपोखरा, असोज १७ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी–३२५) नेपाल अन्तर्गत क्षेत्रीय तथा क्लस्टर नेतृत्वलाई थप सक्रिय, प्रभावकारी र समन्वयात्मक बनाउने उद्देश्यले दोस्रो एड्भाइजरी समिति बैठक सम्पन्न भएको छ। लायन सोनाम गुरुङको रिजन तथा लायन भीमप्रसाद सुवेदीको क्लस्टर अन्तर्गत आयोजित बैठकको संयोजन जोन चेयरपर्सन लायन पम्फा गिरी (पूजा) ले गरेकी थिइन्। लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीको आतिथ्यमा पोखराको चिप्लेढुंगास्थित डी भिलेज रेष्टुरेन्ट एन्ड पार्टी होममा शुक्रबार बैठक सम्पन्न भएको हो। बैठकमा लायन्स क्लब अफ पोखरा सप्तगण्डकी, पोखरा… पुरा पढौ

दसैँमा दलित बालबालिकाको मुहारमा खुसी

धनुषा । गैरआवासीय नेपाली संघ (एनआरएनए) की सहकोषाध्यक्ष रिता परियारले सञ्चालन गर्दै आएको ‘३११ अभियान’ अन्तर्गत धनुषाको सबैला नगरपालिका–१२ बरकुरवा टोलका करिब ६० जना अति विपन्न दलित बालबालिकालाई दसैँको अवसरमा कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ। दसैँको खुसीबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको अभियानले स्थानीय बालबालिकाको मुहारमा खुसी छाएको छ।अभियानकी अभियन्ता परियारले पछिल्ला केही सातादेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण आफ्ना गतिविधिबारे सार्वजनिक रूपमा जानकारी दिन नसकेको उल्लेख गर्दै अहिले अभियानअन्तर्गत सम्पन्न भएका कार्यक्रमहरू क्रमशः… पुरा पढौ

बाढीपहिरो पीडितका लागि वन पैदावार उद्योग व्यवसायी महासंघद्वारा ४३ लाख बढी सहयोग

काठमाडौं, असोज १५ — नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले रसुवालगायत विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। महासंघले ४३ लाख ४४ हजार ४ सय ४५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको महासंघकी सहसचिव रोजिता बस्तीले जानकारी दिइन्। उनका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरिएको हो। बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वासका साथ रकम प्रदान… पुरा पढौ

लोकगायक तारापति सुवेदीको नयाँ दसैँ गीत सार्वजनिक

बागलुङ ।असाेज १५ नेपाली लोकसंगीत क्षेत्रका चर्चित लोकगायक तारापति सुवेदीको नयाँ दसैँ गीत सार्वजनिक भएको छ। नेपालीहरूको महान् पर्व बडादसैँलाई लक्षित गर्दै उनले नयाँ गीत बजारमा ल्याएका हुन्। दसैँ नजिकिँदै गर्दा सार्वजनिक गरिएको गीतमा पारिवारिक भेटघाट, आपसी सद्भाव, गाउँघरको रमाइलो वातावरण, परदेशिएका आफन्तको सम्झना तथा नेपाली मौलिक संस्कृतिका विविध पक्ष समेटिएका छन्। लोकगायक सुवेदीले विगतदेखि नै नेपाली मौलिक लोकसंस्कृति र चाडपर्वका भावनालाई गीत–संगीतमार्फत प्रस्तुत गर्दै आएका छन्। यसपटक पनि दसैँको अवसरलाई केन्द्रमा राखेर तयार गरिएको गीतले नेपाली श्रोता तथा दर्शकमाझ… पुरा पढौ

कुश्मिसेरामा २८ किशोरीलाई HPV खोप प्रदान

बागलुङ, असोज १४ — पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा लक्षित किशोरीहरूलाई एचपीभी (HPV) खोप प्रदान गरिएको छ। कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको समन्वय तथा स्वास्थ्यकर्मीहरूको सहभागितामा वडा क्षेत्रभित्र रहेका तीन माध्यमिक विद्यालयका किशोरीहरूलाई खोप प्रदान गरिएको हो। स्वास्थ्य केन्द्रका अनुसार असोज १२, १३ र १४ गते सञ्चालन गरिएको खोप अभियानमार्फत तीनवटै विद्यालयका २८ जना किशोरीले एचपीभी खोप प्राप्त गरेका छन्। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक मानिने ह्युमन प्यापिलोमा भाइरस (HPV) संक्रमणबाट बचाउन यो खोप प्रभावकारी मानिन्छ।… पुरा पढौ