काठमाडौं । निर्माता जनक घर्ती मगरले नयाँ चलचित्र ‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा गरेका छन्। चलचित्रको शीर्षक सार्वजनिक गर्दै उनले आफ्नो नयाँ परियोजनाबारे जानकारी दिएका हुन्। चलचित्र ‘मितज्यू’ प्रदर्शनमा आएको छोटो समयमै उनले अर्को चलचित्र निर्माणको घोषणा गरेका हुन्। जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने यस चलचित्रको निर्देशन सुदीप भजुले गर्नेछन्। सार्वजनिक गरिएको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको दृश्य देखाइएको छ। पोस्टरमा बादल, वर्षा तथा पृष्ठभूमिमा पहाडी दृश्य समेटिएको छ, जसले मानवीय जीवनका दुःख, सुख र संघर्षलाई संकेत गरेको…
पुरा पढौ