समाचार

बाढीपीडितको सहयोगमा रोटरी क्लब सक्रिय, प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण

काठमाडौं, भदौ १७ देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि विभिन्न संघ–संस्थाले सहयोग अभियानलाई तीव्र बनाइरहेका बेला रोटरी क्लबहरू पनि मानवीय सेवामा सक्रिय बनेका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको रोटरी क्लब अफ महाराजगञ्जले बाढीपीडितको सहयोगार्थ संकलन गरेको १ लाख ७५ हजार रुपैयाँ डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न राेटरी क्लब अफ महाराजगन्जका चार्टर प्रिसिडेन्ट डाक्टर जयबहादुर टन्डनले हस्तान्तरण गरेका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष निर्मल… पुरा पढौ

अश्लील तस्बिर सार्वजनिक गर्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

बागलुङ, भदौ १६ । सामाजिक सञ्जालमार्फत एक महिलाको अश्लील तस्बिर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा बागलुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पर्वतको जलजला गाउँपालिका–७ निवासी ४० वर्षीय वीरबहादुर सुनारलाई विद्युतीय अपराध सम्बन्धी कसुरमा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो। प्रहरीका अनुसार सुनारले पीडित महिलाको अश्लील तस्बिर जबरजस्ती खिची उक्त तस्बिर पीडितका आफन्तहरूलाई समेत फेसबुक तथा म्यासेन्जरलगायत सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गरेको आरोप लागेको छ। पीडितको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको… पुरा पढौ

सानो हात, ठूलो मन : बाढीपीडितका लागि बालबालिकाको प्रेरणादायी सहयोग

कास्की, भदौ १६ । देशका विभिन्न जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याइरहेका बेला पोखराका साना बालबालिकाले मानवीय संवेदनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। पोखरा महानगरपालिका–२७, तालचोकस्थित लिटल गार्डेन स्कुलमा अध्ययनरत नानीबाबुहरूले बाढीपीडित परिवारहरूको सहयोगार्थ २४ हजार ७ सय ४० रुपैयाँ संकलन गरी राहत कोषमा सहयोग गरेका हुन्। कलिला हातबाट जुटाइएको यो रकम आकारमा सानो देखिए पनि यसको मानवीय महत्व निकै ठूलो छ। विपद्को पीडामा रहेका परिवारहरूका लागि यसले सहयोग मात्र नभई आशा, आत्मबल… पुरा पढौ

आदर्श युवा क्लबको मानवीय पहल : रसुवा बाढीपीडितका लागि ४ लाख रुपैयाँ राहत

लेखनाथ, १६ भदौ । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले ४ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। क्लबले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्ये ४ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मंगलबार आयोजित सहयोग घोषणा कार्यक्रममा क्लबका अध्यक्ष पदम गुरुङले वडा सदस्य निर्मला पौडेलको रोहबरमा उक्त रकम हस्तान्तरण गर्ने घोषणा गरेका थिए। क्लबले विगतमा तीज पर्वका… पुरा पढौ

घरदैलोमा उत्तममान बुद्धाचार्य : ‘सक्षम र पारदर्शी नेतृत्वमार्फत व्यवसायीका समस्या समाधान गर्छु’

कास्की भदौ १६ पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्य यतिबेला उद्योगी व्यवसायी भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् । व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सुन्ने र आफ्ना योजना तथा प्रतिबद्धता प्रस्तुत गर्ने उद्देश्यसहित बुद्धाचार्यले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । भेटघाटका क्रममा उनले संघलाई सक्षम, पारदर्शी र समन्वयकारी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । बुद्धाचार्यले व्यवसायीका पीडा र समस्यालाई सुन्ने, बुझ्ने र समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने नेतृत्व… पुरा पढौ

बाढीपीडितका लागि रक्तदान अभियान सञ्चालन

काठमाडौं, भदौ १६ – हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण विभिन्न अस्पतालमा रगतको अभाव हुन थालेपछि लायन्स क्लब अफ काठमाडौं कोर सिटी र काठमाडौं कोर सिटी क्लबले आपत्कालीन रक्तदान कार्यक्रम सञ्चालन गरेका छन्। काठमाडौंको केलटोलमा सोमबार आयोजित “इमर्जेन्सी ब्लड डोनेसन क्याम्प” मा लायन्सकर्मी, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। बाढी तथा पहिरोका घाइते र उपचाररत बिरामीहरूलाई आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल प्रहरी, मसानगल्ली व्यापार संघ तथा स्थानीय… पुरा पढौ

लायन्स क्लब अफ निसीखोला बागलुङको प्रथम वार्षिकोत्सवमा वृक्षरोपण कार्यक्रम

बागलुङ, भदौ १५ लायन्स क्लब अफ निसीखोला बागलुङले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेर मनाएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे क्लबले जनाएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत रहेको क्लबले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षरोपण अभियान सञ्चालन गरिएको हो। क्लबले स्थानीय समुदाय, समाजसेवी, युवा तथा सरोकारवालाहरूको सहभागितामा विभिन्न प्रजातिका बिरुवा रोपेकाे जनाएको छ। क्लबका पदाधिकारीहरूले वृक्षरोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न, जलवायु परिवर्तनका… पुरा पढौ

कृष्णभीरमा बाढीको कटानपछि काठमाडौं–मुग्लिन सडक पूर्ण अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं, भदौ १४ । त्रिशूली नदीमा आएको बाढीले धादिङको कृष्णभीर क्षेत्रमा सडक कटान गरेपछि देशको प्रमुख राजमार्ग काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढेपछि कृष्णभीर नजिक सडकको तल्लो भाग कटान भएको हो। कटानका कारण सडकको केही भाग भासिएपछि यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार बाढीले सडकको आधार भाग कटान गरेपछि सडक असुरक्षित बनेको र थप क्षति हुन सक्ने जोखिमका कारण यातायात बन्द गरिएको हो।… पुरा पढौ

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै ‘फेस अफ आईटीसी आइकन’ कार्यक्रम स्थगित

काठमाडौं, भदौ १४ — देशका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि ‘फेस अफ आईटीसी आइकन’ कार्यक्रम स्थगित गरिएको छ। आईटीसी आइकनकी प्रोपाइटर शोभा अर्यालले एक विज्ञप्ति जारी गर्दै विपद्को यस दुःखद घडीमा बाढी तथा पहिरो प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी दिएकी हुन्। अर्यालका अनुसार तीजको अवसर पारेर आयोजना गर्ने तयारी गरिएको उक्त कार्यक्रम अब तीजपछि उपयुक्त मितिमा सञ्चालन गरिनेछ। कार्यक्रमको नयाँ मिति र समयबारे आवश्यक परामर्शपछि सार्वजनिक गरिने… पुरा पढौ

आफ्नै क्षति बिर्सेर भोटेकोशी बाढीपीडितको सहायतामा रन्जना ट्रेड सेन्टरका व्यवसायी

काठमाडौं, भदौ १४ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याइरहेका बेला काठमाडौंको रन्जना ट्रेड सेन्टरका व्यवसायीहरूले आफ्नै पीडा बिर्सेर बाढीपीडितको सहयोगमा उदाहरणीय मानवीयता देखाएका छन्। व्यवसायीहरूले आफूहरू पनि आर्थिक रूपमा प्रभावित रहेको उल्लेख गर्दै विपद्को यस घडीमा धनभन्दा जनताको जीवन रक्षा र राहतलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार लाखौं रुपैयाँ बराबरको सामान तथा व्यापारिक क्षति व्यहोरे पनि विपद्मा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक दायित्व भएको महसुस गर्दै सहयोग अभियानमा जुटेका… पुरा पढौ