बागलुङ, असोज ३० । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले स्वास्थ्य सूचना प्रणालीसम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) तथा eHMIS/DHIS2 सम्बन्धी तालिममा बागलुङका १० वटै स्थानीय तहका २२ जना कर्मचारीसहित प्रदेश जनस्वास्थ्य कार्यालयका कर्मचारी सहभागी थिए। नयाँ नियुक्ति भएका, यसअघि तालिम लिन छुटेका तथा स्वास्थ्य सूचना प्रणालीको डिजिटलाइजेसनमा संलग्न कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ। कार्यक्रममा कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक प्रविण शर्माले स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्कको अभिलेखीकरण, विश्लेषण र प्रतिवेदनका लागि…
पुरा पढौ