समाचार

कास्कीमा असार १ गतेदेखि तीन महिना नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक

पोखरा, जेठ ७कास्की जिल्लामा आगामी असार १ गतेदेखि तीन महिना नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक लगाइएको छ। ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ९ अनुसार गठन भएको जिल्ला नदी तथा खानीजन्य पदार्थ अनुगमन समितिको बुधबार सम्पन्न बैठकले असार, साउन र भदौ महिनामा उत्खनन गर्न नपाइने व्यवस्था अनुसार निर्णय गरेको हो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह तथा नेपाल सरकारका… पुरा पढौ

गण्डकी लोकतारा–२०८३ को ग्राण्ड फिनाले जेठ ९ गते पोखरामा

पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा “दोस्रो गण्डकी लोकतारा–२०८३” को बहुप्रतिक्षित ग्राण्ड फिनाले आगामी जेठ ९ गते शनिबार पोखरामा हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको सभाहल, गैह्रापाटनमा बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। गण्डकी प्रदेशभरबाट छनोट भएका प्रतिभाशाली कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिने भएकाले कार्यक्रम विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। लोकदोहोरी कला र संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित आयोजना गरिएको… पुरा पढौ

नगर प्रहरीद्वारा महिलामाथि दुर्व्यवहार, सम्बन्धित प्रहरीमाथि कारबाही हुने

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सडक पेटी तथा फुटपाथ व्यवस्थापनका क्रममा एक महिलामाथि नगर प्रहरीले गरेको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जेठ ५ गते साँझ वीरेन्द्रनगर नगरपालिका–६ स्थित सिटी बसपार्क क्षेत्रमा डाला राखेर काफल बिक्री गर्दै आएकी महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो। नगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने जनाएको छ। साथै, पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत… पुरा पढौ

‘महाराजधिराज’को छायांकन सुरु

काठमाडौं । चलचित्र महाराजधिराज को छायांकन सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको चलचित्रको छायांकन औपचारिक रूपमा अघि बढाइएको हो । चलचित्रको छायांकन सुनसरीबाट सुरु गरिएको निर्माण टिमले जनाएको छ । सुनसरीस्थित श्रीलंका टापुबाट सुरु भएको छायांकन त्यहाँ एक सातासम्म चल्नेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा रमणीय स्थानहरूमा छायांकन गरिनेछ । चलचित्रको छायांकन तालिका ७० दिनको रहेको बताइएको छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन नवराज थापाले गरिरहेका छन् । निर्देशक सेनका… पुरा पढौ

भाईरल गीत “ए बैनी जमुना” को भिडियो सार्वजनिक, सामाजिक सञ्जालमा व्यापक चर्चा

बागलुङ ।लोक तथा रत्यौली शैलीमा तयार गरिएको नयाँ गीत “ए बैनी जमुना” को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। गायिका देवी आचार्य र जमुना सनामको स्वरमा प्रस्तुत गरिएको यस गीतले गाउँघरको मौलिक संस्कृति, रमाइलोपन र ठेट रत्यौली भाकालाई समेटेको दर्शकहरूले बताएका छन्।  गीतका शब्द, लय तथा प्रस्तुतिले नेपाली लोकसंस्कृतिको झल्को दिने विशेष आकर्षण थपेको छ। भिडियोमा कलाकारहरूको अभिनय, पहिरन र प्रस्तुति पनि दर्शकमाझ रुचाइएको देखिन्छ।  विशेषगरी टिकटक, फेसबुक र युट्युबमा गीतका छोटा क्लिपहरू व्यापक… पुरा पढौ

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई कर छुट कायम गर्न राष्ट्रिय भेला भाेलि काठमाडौंमा हुने

काठमाडौं ।जेठ ५ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई दिइँदै आएको कर छुटको व्यवस्था हटाइएपछि त्यसको पुनः व्यवस्था गर्न दबाबमूलक कार्यक्रमलाई तीव्र बनाएको छ । महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि आयकर ऐन २०५८ (संशोधन २०७७ सहित) को दफा १०(ढ) अनुसार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई निरन्तर कर छुटको व्यवस्था रहेको थियो । तर आर्थिक ऐन २०८१ को दफा ३६(२) मार्फत उक्त व्यवस्था हटाइएपछि खानेपानीजस्तो आधारभूत सेवामा कर लगाउने निर्णयप्रति महासंघले गम्भीर… पुरा पढौ

Gen-Z आन्दोलनमा कारागारबाट फरार प्रतिवादी पक्राउ

बागलुङ, जेठ १२ — जिल्ला प्रहरी कार्यालय बागलुङले कारागार कार्यालय कास्कीबाट फरार भएका एक प्रतिवादीलाई पुनः पक्राउ गरेको जनाएको छ। सम्मानित बागलुङ जिल्ला अदालतको आदेशअनुसार चोरी मुद्दामा ३ वर्ष १ महिना कैद र रु. ३० हजार जरिवाना सजाय भई कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका बागलुङ नगरपालिका–७ का ३४ वर्षीय मितु किसान भनिने सुरेश बोहोरालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार २०८२ भदौ २४ गते भएको Gen-Z आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार भएपछि उनले बागलुङ नगरपालिका–२ शिवधाराचोकस्थित… पुरा पढौ

दर्शन फाउन्डेसनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

पोखरा । दर्शन फाउन्डेसन, पोखराको आयोजनामा एकदिने निःशुल्क आँखा परीक्षण शिविर पर्वत जिल्लाको जलजला गाउँपालिका–३, मल्लाज, माझफाँटस्थित मल्लाज स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । शिविरमा ४११ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २१ जनामा मोतिबिन्दुको समस्या देखिएको र उनीहरूलाई शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल, पोखरा सिफारिस गरिएको आयोजकले जनाएको छ । शिविरमा निःशुल्क चस्मा, औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, दलित तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको… पुरा पढौ

मुस्ताङ जिल्लामा जलवायु परिवर्तनको असर

विषय प्रवेशमुस्ताङ जिल्ला नेपालको हिमाली भू–भागमा अवस्थित एक विशिष्ट ट्रान्स–हिमालय क्षेत्र हो, जहाँ प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताको अद्वितीय संगम पाइन्छ। परम्परागत रूपमा कृषि, पशुपालन, पर्यटन तथा प्राकृतिक स्रोतमा आधारित यहाँको जीवनशैली पछिल्ला दशकहरूमा जलवायु परिवर्तनका कारण तीव्र दबाबमा परेको छ। तापक्रम वृद्धी, हिमपातमा कमी, अनियमित हिमपात, हिमनदी संकुचन, पानीका मुहान सुक्दै जानु, अनियमित वर्षा, सुख्खापन, भू–क्षय तथा कृषि उत्पादनमा गिरावटजस्ता समस्या मुस्ताङका प्रमुख चुनौती बनेका छन्। विभिन्न अध्ययनहरूले बढ्दो तापक्रम, वर्षाको अनिश्चितता, हिमनदीको क्षेत्रफलमा कमी, सिंचाइमा आधारित कृषि प्रणालीमा… पुरा पढौ

“Friday for Future” अन्तर्गत दुईदिने सहजीकरण कार्यशाला सुरु

बागलुङ, जेठ १ “Friday for Future” कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ मा आधारित दुईदिने सहजीकरण कार्यशाला बागलुङमा सुरु भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा जेठ १ र २ गते जिल्ला समन्वय समिति बागलुङको सभाहलमा कार्यशाला सञ्चालन गरिएको हो। कार्यशालामा विभिन्न स्थानीय तह, विद्यालय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यक्रममा “Friday for Future” कार्यक्रमलाई विद्यालय तथा समुदायस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा सहजीकरण गरिएको थियो। सहभागीहरूले बालबालिकामा सिर्जनशीलता, नेतृत्व विकास, वातावरण संरक्षण… पुरा पढौ