समाचार

गायिका सुनितामी परियारको “माया हिरिक्कै” सार्वजनिक

नायक पल शाह र गायिका सुनितामी परियारको नयाँ लोकदोहोरी गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ।गायक वसन्त थापाको संगीत तथा सर्जक नवराज पन्तको शब्दमा तयार भएको यस गीतमा गायिका सुनितामी परियार र गायक थापाले स्वर दिएका छन्। गीतमा माया–प्रेमको भावनात्मक कथा प्रस्तुत गरिएको छ। भिडियोमा दुबै कलाकारको आकर्षक अभिनय देख्न सकिन्छ। गम्भीर बिष्टको निर्देशन, पवन सुर्लिङको छायांकन तथा प्रविन भट्टको सम्पादनमा बनेको यो म्युजिक भिडियो सुनितामी परियार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। सार्वजनिक भएको केही समयमै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया… पुरा पढौ

देशको संविधान कि कागजको खोस्टो ?

बर्दिबास। चैत २७ सामान खरिद गर्न, कामकाज निम्त्याउन, घुम्न वा साथीभाइ भेट्न हामी अक्सर बजार जाने गर्छौँ। यी युवाले पनि हरेक दिन आफ्नो वासस्थान छाडेर बजार आउजाउ गर्छन्, तर उनको बजार जाने उद्देश्य भने विल्कुलै फरक छ। उनी हरेक दिन अरुले फालेको खानेकुरा संकलन गर्न बजार जाने रहेछन्। फालेको, सडेको वा गलेको खानेकुरा जम्मा गरेर सडकको किनारमा बसेर भोको पेट शान्त पार्नु र जंगलमा गएर खुला आकाशमुनी रात बिताउनु उनको दैनिकी बनेको छ। यो कुनै काल्पनिक वा बनावटी कथा होइन।… पुरा पढौ

बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

बागलुङ, चैत्र २५ नेपाली सेनाको २३ नम्बर वाहिनी अड्डा, बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ। सेनाको वार्षिक योजना अनुसार भूतपूर्व सैनिक तथा एकल महिलाहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको हो। बागलुङ उपसम्मेलन केन्द्र २३ नम्बर वाहिनी अड्डामा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा बसोबास गर्ने करिब १ हजार ३ सय भूतपूर्व सैनिक तथा एकल महिलाहरू सहभागी भएका थिए। भूतपूर्व सैनिक तथा उनका परिवारलाई लक्षित गर्दै नेपाली सेनाले प्रदान गर्दै आएका कल्याणकारी योजनाबारे जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। गण्डकी… पुरा पढौ

विधि १३औँ वर्षमा प्रवेश, अन्तर्राष्ट्रिय बजार विस्तारको लक्ष्य

काठमाडौं – विधि प्राइभेट लिमिटेडले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरेको छ। सन् २०१४ मा स्थापना भएको कम्पनीले विभिन्न क्षेत्रका कर्पोरेट ग्राहकलाई उत्पादन–आधारित तथा अनुकूलित सफ्टवेयर समाधान प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार यसको एचआर तथा पेरोल सफ्टवेयर २०० भन्दा बढी कम्पनीले प्रयोग गरिरहेका छन्। त्यस्तै, निर्माण तथा जलविद्युत् क्षेत्रमा ईआरपी प्रणाली १०० भन्दा बढी कम्पनीमा कार्यान्वयन भइसकेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष सापकोटाले १२ वर्षे यात्रा उपलब्धिमूलक रहेको उल्लेख गर्दै अब कम्पनी एआई–आधारित प्रविधितर्फ अग्रसर हुने… पुरा पढौ

बागलुङ बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती

बागलुङ चैत २५ उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले सदरमुकाम बजार क्षेत्रमा हाइमाष्ट बत्ती जडान गरिएको छ । बागलुङ बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती बल्न सुरु गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । बागलुङ नगरपालिका वडा नं १,२, ३ र ४ का मुख्य चोकका १० वटा स्थानमा हाइमाष्ट बत्ती बागलुङ नगरपालिका वडा नं.१ को मालढुंगाको प्रवेशद्धार र कालिका भगवती मन्दीर, वडा नं. २ को ट्राफिक चोक नजिकै ऐतिहासिक पार्क, धौलागिरी अस्पताल, धौलागिरी क्याम्पसगेट र लोकतान्त्रीक चोकमा जडा… पुरा पढौ

बागलुङका कडेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ । चैत २२ अधिवक्ता डा. नारायण दत्त कडेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा नियुक्त गरेका हुन्। राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बागलुङका कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष समेत रहेका कडेल लाई सरकारले आफ्नो कानुनी सल्लाहकारमा नियुक्ति गरेका छन् । महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो।  यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदा … पुरा पढौ

प्रथम युवा फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं चैत २१ बागलुङ समाज कल्याण केन्द्रले समयमा समयमारचनात्मक गतिविधि गर्ने सिलसिलामा युवाहरूको चाहना र भावना अनुसार फुटसल खेलकाे आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ समाज कल्याण केन्द्र बागलुङ युवा समुहद्वारा आयोजीत प्रथम फुटसल प्रतियाेगीता २०८२ शनिबार मनाङ मर्स्याङदि फुटसल ग्राउन्ड सामाखुशीमा सम्पन्न भएको छ । फुटसल प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कालीका माई टिम कप्तान सुमित प्रधान दृतिय हुने कालीगण्डकी टिम लाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगितामा ढाेरपाटन टिमले… पुरा पढौ

महिला सशक्तीकरणको उदाहरण: ललितपुरमा हस्तकला र घरेलु सामग्री प्रदर्शनी

ललितपुर, चैत २१ ललितपुरमा महिलाद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कार्यक्रम सम्पन्न भएको छ। स्यस्य समाज यल, केन्द्र तथा इलाका नं. २ मिसा पुचःको संयुक्त आयोजनामा शनिबार ललितपुरको भीमसेनस्थान, मंगलबजारमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। प्रदर्शनीमा स्थानीय महिलाहरूले उत्पादन गरेका हस्तकला, घरेलु सामग्री, कपडा, सजावटी वस्तु लगायतका सामग्रीहरू प्रदर्शन तथा बिक्रीमा राखिएका थिए। स्यस्य समाज यलका अध्यक्ष बद्री लक्ष्मी श्रेष्ठले महिलाहरूले उत्पादन गरेका सामग्रीलाई बजारसम्म पुर्‍याउने, उनीहरूको सीपलाई प्रोत्साहन गर्ने तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।… पुरा पढौ

नयाँ वर्षदेखि काठमाडौँमा रात्रिकालिन बस

नयाँ वर्षदेखि काठमाडौंमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । महानगरले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रातको समयमा पनि सार्वजनिक बस चलाउन लागेको हो ।  महानगरका अनुसार यस्ता बस राति ८ बजेदेखि ११ बजेसम्म दुईटा रुटमा चल्नेछ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानिलकण्ठसम्म एउटा रुट हुनेछ । यस्तै, थानकोटदेखि सतुंगल, कंलकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय… पुरा पढौ

सञ्चारकर्मी तथा गायक कृष्ण सुवेदी युके प्रस्थान

बेलायतमा सक्रिय ‘पर्वत समाज यूके’ले नेपाली नयाँ वर्षको अवसर पारेर पर्वत जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सांगीतिक साँझ तथा च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ। सन २००२ मा स्थापना भएको उक्त समाजले आगामी अप्रिल ४ तारिख शनिबार अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सहभागी हुन गायक तथा सञ्चारकर्मी कृष्ण सुवेदी पहिलो पटक युके प्रस्थान गरेका छन्। सांगीतिक कार्यक्रमका लागि युके पुगेका गायक सुवेदीसँगै लोकदोहोरी गायिका सोनी कुँवर र गायिका निरा थापा मगरले पनि… पुरा पढौ