समाचार

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, २०७८ जेठ २७ —अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। खुमलटारस्थित पार्टी अध्यक्षको निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समर्पित रहेको बताउँदै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान विगतका गल्ती र कमजोरीहरू सच्याउँदै पुनः जनतासँग जोडिने अभियान सञ्चालन भइरहेको… पुरा पढौ

कोटिहोममा यज्ञको पूर्णाहुति सम्पन्न, मानव सेवा फाउन्डेसनलाई २ रोपनी जग्गा दान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति सम्पन्न भएको छ। धार्मिक गुरु कालिदास वावा (काली बाबा)ले विशेष पूजासहित यज्ञको पूर्णाहुति गरेका हुन्। अमेरिकाबाट भारतको दिल्ली हुँदै काठमाडौं हुँदै पोखरा आइपुगेका काली बाबाले यज्ञमा उपस्थित भई पूर्णाहुति दिएका हुन्। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार लामो दूरीको यात्रा तय गरेर यज्ञ सम्पन्न गर्न काली बाबाले देखाएको श्रद्धा प्रशंसनीय छ। “पूर्णाहुति कसबाट गराउने भन्ने प्रश्नमा समय अभाव थियो,” महाराजले भने, “यति लामो… पुरा पढौ

‘महाराजधिराज’मा अभिनेत्री उषा रजकको प्रवेश, मुख्य कलाकार टोली पूरा

काठमाडौं । निर्देशक परिच्छेद सेनको नयाँ फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्धित भएकी छन्। उनको अनुबन्धसँगै फिल्मको प्रमुख कलाकारहरूको टिम अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ। यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित कलाकारहरू फिल्ममा अनुबन्ध भइसकेका थिए। महिला कलाकारको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्। निर्माण पक्षका अनुसार ‘महाराजधिराज’ले नयाँ र पुराना पुस्ताका कलाकारहरूको संयोजनमार्फत फरक स्वादको कथा दर्शकमाझ ल्याउने उद्देश्य लिएको छ। यसअघि नै जय… पुरा पढौ

एनआरएनए पोर्चुगलको महाधिवेशन जुन ८ मा: अध्यक्ष पदमा बागलुङका सुजन केसीको उम्मेदवारी

लिस्बन, पोर्चुगल – गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको दशौं महाधिवेशन यही आउँदो जुन ८ तारिखमा सम्पन्न हुने भएको छ। सो महाधिवेशनमा अध्यक्ष पदका लागि बागलुङका युवा समाजसेवी सुजन केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्। एनआरएनए पोर्चुगलमा विगतदेखि नै सक्रिय रहँदै आएका केसीले संस्थाको संरचना, उद्देश्य तथा समस्याहरूको समाधान प्रक्रियासम्म राम्रो अनुभव र समझ राख्ने व्यक्ति मानिन्छन्। उनी कुनै व्यवसायी वा ठूला पुँजीपतिको प्रतिनिधि नभई श्रमिक वर्गबाट अघि आएका साधारण नेपाली नागरिक हुन्। अध्यक्ष पदमा उम्मेदवारी घोषणा… पुरा पढौ

लायन राजन लम्साल ‘आईडी इन्डोर्सी’ पदमा विजयी, अब २०२६ को हङकङ सम्मेलनमा अन्तर्राष्ट्रिय उम्मेदवार

काठमाडाैं, जेठ २६ – लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालले शनिबार सम्पन्न ऐतिहासिक कन्भेन्सनबाट लायन राजन लम्साललाई ‘आईडी इन्डोर्सी’ पदका लागि विजयी घोषित गरेको छ। काठमाडौंमा सम्पन्न मतदानमा लम्सालले कुल १,३८७ मत प्राप्त गर्दै प्रतिस्पर्धी लायन खगेन्द्र सिटौलालाई ८५६ मतको स्पष्ट अन्तरले पछि पारेका हुन्। सिटौलाले ५३१ मत ल्याएका थिए। यस जितसँगै लम्साल अब सन् २०२६ मा हङकङमा हुने लायन्स क्लब इन्टरनेशनलको विश्व सम्मेलनमा नेपालबाट ‘इन्टरनेशनल डाइरेक्टर’ पदका लागि आधिकारिक उम्मेदवार बन्नेछन्। तीन दशक लामो सामाजिक यात्रा स्याङ्जाको ग्रामीण… पुरा पढौ

लाज शरणम्’ टिमद्वारा विद्यालयलाई सहयोग, १०१ औं दिनको अवसरमा सामाजिक उत्तरदायित्व

काठमाडौं।जेठ २५ नेपाली चलचित्र ‘लाज शरणम्’ ले प्रदर्शनको १०१औं दिन मनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई सहयोग प्रदान गरेको छ। चलचित्र टिमले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा अवस्थित श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, झोला (ब्याग) र पानीको बोतल वितरण गरेको हो। यस सहयोग कार्यक्रम मदर किड्स फाउन्डेसन नेपाल को आयोजनामा सम्पन्न भएको हो, जसमा चलचित्रका निर्माता नवीन श्रेष्ठ स्वयं उपस्थित भई सामग्री हस्तान्तरण गरेका थिए। “चलचित्र लाज शरणम् ले १०१ औं दिन सफलतापूर्वक पूरा गरेको अवसरमा हामीले… पुरा पढौ

द ब्ल्यू लाइट’को रहस्यमय पोस्टर सार्वजनिक: बेनिशा हमाल डार्क अवतारमा

काठमाडौं । प्रतीक्षित चलचित्र ‘द ब्ल्यू लाइट’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा प्रमुख कलाकार बेनिशा हमाललाई बारमा तनावपूर्ण मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा बेनिशा निलो प्रकाशको संयोजनमा देखिएकी छिन्। हातमा चुरोट च्यापेर बसेकी उनको अनुहारमा देखिएको तनाव, अगाडि रहेको रक्सीको कप र उनको ‘गेटअप’ले उनी बारगर्लको भूमिकामा रहेको सङ्केत गर्छ। यो पोस्टरले कसैबाट धोका पाएपछिको तनाव झल्काएको हो कि भन्ने अनुमान गरिएको छ, यद्यपि निर्माण पक्षले यसबारे थप खुलाएको छैन। बेनिशाको भूमिका र चलचित्रको… पुरा पढौ

कोटिहोममा ऐतिहासिक भीड: एकै दिन ५ लाख भक्तजन, २१ करोड दीप प्रज्वलन

पोखरा, जेठ २५ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार देशभरबाट झन्डै ५ लाख भक्तजन सहभागी भएका छन्। आयोजकका अनुसार यो धार्मिक कार्यक्रम हालसम्मकै सबैभन्दा ठूलो भीड भएको ऐतिहासिक क्षण बनेको छ। निर्जला एकादशी तथा २१ करोड दीप प्रज्वलनको अवसरले गर्दा पनि भक्तजनको उपस्थिति विशेष रह्यो। बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे दीप प्रज्वलन गरिएको थियो। मानव सेवा फाउन्डेसनका अनुसार यति ठूलो दीप प्रज्वलन कार्यक्रम सम्भवत: पहिलोपटक भएको हो। भीडले पोखराको यातायात व्यवस्थामा… पुरा पढौ

लोकतान्त्रिक निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा विमलेश आचार्य चयन

बागलुङ, जेठ २४ —नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ बागलुङको प्रथम अधिवेशनबाट विमलेश आचार्य सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन भएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा क्रियाशील यस संघको शनिबार बागलुङमा सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। निर्वाचन समितिका संयोजक सुरेश श्रेष्ठ तथा सदस्यहरू युवराज राजभण्डारी र रामराज गुरुङले सर्वसम्मत कार्यसमिति घोषणा गरेका हुन्। निर्वाचित कार्यसमितिमा उपाध्यक्ष ध्रुव खड्का र खुमबहादुर अदै, महासचिव नारायण पौडेल, उपमहासचिव मनोज खड्का र दीपक पौडेल तथा कोषाध्यक्षमा खिमबहादुर पुन रहेका छन्।त्यस्तै,… पुरा पढौ

सिवाईसीको आयोजनामा विपद् व्यवस्थापन सिप विकास तालिम सम्पन्न

२४ जेठ २०८२, बागलुङसिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङको आयोजनामा र चारतारे युवा क्लब सिवाईसी नेपालको सहकार्यमा बागलुङ बजारमा एकदिने विपद् व्यवस्थापन सिप विकास तालिम सम्पन्न भएको छ। तालिमको उद्देश्य विपद् आउनु अघिको पूर्वतयारी, विपद् दौरानको प्रतिकार्य, र विपद् पछिको पुनःस्थापनाको प्रक्रियामा सहभागीहरूलाई सक्रिय, सजग र दक्ष बनाउनु थियो। तालिममा सिवाईसी साकोसको केन्द्रीय तथा सेवाकेन्द्रस्तरमा गठित विपद् व्यवस्थापन उपसमिति र कार्यदलका १३२ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि एवं बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले… पुरा पढौ