बागलुङ-२ मा संयुक्त वाम उम्मेदवार ज्ञामनाथ गैरेको जनभेटघाट तथा घरदैलो कार्यक्रम वडिगाडमा सुरु

-


     हिडन खबर    
     फागुन १ गते २०८२ मा प्रकाशित


बागलुङ-२ मा नेकपा र राजमोका संयुक्त वाम उम्मेदवार ज्ञामनाथ गैरे (अनिल)को जनभेटघाट तथा घरदैलो कार्यक्रम वडिगाडमा सुरु भएको छ।

शुक्रबार निगलपानी, गंगरे र दर्लिङबाट कार्यक्रम प्रारम्भ गरिएको हो। यसअघि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सबै वडामा जनभेटघाट उत्साहपूर्ण रूपमा सम्पन्न भइसकेको छ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य राजीव घिमिरे, राजमो जिल्ला सचिव भिमलाल पोखरेल, नेकपाकी कुशुम बुढा लगायतको टोली सहभागी रहेको छ।