इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन

-


     राजेशचन्द्र राजभण्डारी     
     फागुन २ गते २०८२ मा प्रकाशित


काठमाडौं ।फागुन २

इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन २०२५/२६ १४ फेब्रुअरी २०२६ मा थापाथलीस्थित आरम्भा, ब्लु बर्ड कम्प्लेक्समा सम्पन्न भएको छ।

कार्यक्रमको सुरूवात झण्डा मार्चबाट गरिएको जसमा जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि, विभिन्न पदाधिकारी, बोर्ड सदस्य तथा क्लब अध्यक्षहरू झण्डासहित सहभागी हुनुभएको कार्यक्रममा इनर ह्वीलको गीत पृष्ठभूमिमा बजाइएकाे थियो ।सम्मेलनमा पञ्चकन्याद्वारा स्वागत जिनित राई (IWC ललितपुर) द्वारा गणेश वन्दनासहित स्वागत नृत्य र IWC बुद्धनगरकी इन्दिरा प्रधानाङ्ग विद्या बज्राचार्यले नेवारी नृत्य प्रस्तुत गर्नुभएको थियोे ।

चेयरम्यान कमला श्रेष्ठले बैठक प्रारम्भको घोषणा गर्नुका साथै आफ्नो कार्यकालमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा राष्ट्रिय गान तथा इनर ह्वील प्रार्थना गरिनेछ। साथै IWC बुद्धनगरकी सदस्य स्वर्गीय सुष्मा महर्जनको सम्झनामा मौन श्रद्धाञ्जली अर्पण गरिएकाे थियो भने सम्मेलनमा विश्व शान्तिको कामनासहित मौन प्रार्थना पनि गरिएकाे थियो ।

प्रमुख अतिथिद्वारा पानस प्रज्वलन तथा मार्गरेट ओलिभर गोल्डिङको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।

यसैगरी, PIIW बोर्ड अफ डाइरेक्टर्स सदस्य कमल प्रवा खरेलले आगामी २३ र २४ मे २०२६ मा श्रीलंकामा आयोजना हुने दक्षिण एसिया र्‍याली तथा इन्टरनेशनल इनर ह्वील (IIW) सम्बन्धी मतदानका विषयमा स्पष्ट पार्नुभएकाे थियो ।

इनर व्हील क्लब डिस्टिक ३५० अन्तर्गत देशभर ४३ वटा क्लब क्रियाशील रहेको क्लबहरूले बालिका शिक्षा पर्यावरण क्यान्सर राेकथाम लैङ्गकि हिंसा बिरूद्व जनचेतनामूलक कार्यक्रम गर्दै आएको इनर व्हील क्लब डिस्टिक ३५० का चेयरम्यान कमला श्रेष्ठले बताउनुभयो ।

नेपालमा नेपालमा सेवा गर्ने उदेश्यका साथ ६० बर्ष अघि स्थापना भएको क्लब निरन्तररूपमा सेवामा समर्पित रहेको
इनर व्हीलका पीएनआर बिजय लक्ष्मी श्रेष्ठले बताए ।

कार्यक्रममा सबै पीडीसीहरूको कार्यकाल र विषयवस्तु जिल्ला अध्यक्ष डा. श्रृस्टी श्रेष्ठ प्रजापतिले गराउनु भएको थियो ।

जिल्ला न्यूजलेटर सार्वजनिक: डीसी, एनआर, डीएनआर, सम्पादक विमला अर्याल अधिकारीले लाेकार्पण गर्नुभएको थियो ।

आगामी बर्ष इनर ह्वील डिस्ट्रिक्ट ३५० नेपाल २०२६/२७ का लागि चेयरम्यान डा. श्रीस्टी श्रेष्ठ प्रजापति र उनको बोर्ड सदस्यहरूलाई निर्वाचन अध्यक्ष डीएनआर ज्ञानु श्रेष्ठले ,फूलद्वारा स्वागत गर्नुभएको थियो ।

सम्मेलनको संयोजन जिल्ला अध्यक्ष कमला श्रेष्ठले गर्नुभएको थियोे भने कार्यक्रम सञ्चालन जिल्ला सचिव बिनिता भट्टराईले गर्नुभएको थियो ।