बागलुङ गलकाेटमा करेन्ट लागेर किशोरको मृत्यु

-


     हिड्न खबरदाता     
     फागुन ३ गते २०८२ मा प्रकाशित


बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ गैदी पुलस्थित गैदी खोलामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मिति २०८२ फागुन ३ गते दिउँसो करिब १४ः४५ बजे गैदी खोलाबाट विद्युत् मोटरमार्फत बागेश्वरी मल्टी प्रपोज कम्पनीको ध १ त ७७ नम्बरको ट्याङ्करमा पानी भरिरहेका बेला सोही कम्पनीमा कार्यरत धादिङ जिल्ला, गल्छी गाउँपालिका–२ क्युरेनीटार निवासी १७ वर्षीय राम राई करेन्ट लागेर घाइते भएका थिए।

गम्भीर घाइते राईलाई तत्काल उपचारका लागि गलकोट नगरपालिका–६ नौबिसेटोलस्थित उजिर कार्की स्वास्थ्य क्लिनिकमा लगिएको थियो। उपचारका क्रममा दिउँसो करिब १५ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। सवारीसाधन घटनास्थलमै रहेको र चालक प्रहरी सम्पर्कमा रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।