समाचार

माेडल सञ्चिता शाहीका बुवा भन्छन कराेडाै तिर्न सक्ने प्रेम शाही ज्युदै छ  

कसैकाे उक्साहमा लागेर आफ्नाे छाेरीले एक पैसा खाएकाे भए एक कराेड पनि फिर्ता गर्न तयार रहेकाे माेडल सञ्चिता शाहीका बुबाले भनेका छन । यति बेला सामाजिक संजालहरूमा गायक बिर्ख बिश्वकर्माको बिरामी र ठगी धन्दाकाे निक‌ै चर्चा भई रहेकाे छ । बिभिन्न मिडियामा आएको  खबर अनुसारगायक बिश्वकर्माले आफुलाई क्यान्सार प्रमाणित भएकाे र नियमित आ‌ैषधि सेवन र चेक जाच गरिएका रिपाेट कागजातहरू हरायकाे भन्ने अभिव्यक्ति प्रति सजिलै बिश्वास गर्न भने सकिँदैन ।  उनले घरमा श्रीमती र १ छाेरा हुदा हुँदै सम्वन्धमा दरार… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहनुभएको छ ।  संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवाले सो सभामा सहभागी हुन आएका विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग साइडलाइन भेटवार्ता गर्नुभएको छ । ती भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपालले संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषदको सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा… पुरा पढौ

बागलुङमा ४ जना फरार प्रतिवादी पक्राउ

बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जना फरार प्रतिवादी पक्राउ गरेर फैसला कार्वान्यनकाे लागि  सम्मानित अदालतमा पेश गरेको छ । पशुपन्छि सम्बन्धि कसुरमा दुई महिना ७ दिन कैद सजाय ताेकिएका गलकाेट नगरपालिका वडा नम्बर १ का प्रेम भन्ने प्रिम सार्की र ,सुरेश नेपाली बहुविवाह केसमा गलकाेट नगरपालिका ३ महिना १७ दिन कैद र १० हजार जरिवाना ताेकिएका भक्त बहादुर खत्री चाेरी केसमा ४ महिना ८ दिन कैद र १० हजार जरिवाना ताेकीएका गलकाेट नगरपालिका वडा नम्बर १० का प्रविण पुन… पुरा पढौ

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

मोरङ, १३ फागुन । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ। सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोग भने भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताउनुभयो। सहिद परिवारका सदस्यहरुले आफ्ना… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’का लागि कुनै सम्झौता नभएको

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको चलचित्रमा यो पहिलो लगानी हो । यसअघि उनले कला, साहित्य र सिनेमामा लगानी गरेका थिएनन् । ‘लाज शरणम्’को टिम र मेहनत देखेर मैले यो क्षेत्रमा लगानी गरेको हुँ । अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हट्दिनँ, चलचित्रमा लगानी गरिरहने हो,” नवीन भन्छन् ।… पुरा पढौ

कालीगण्डकी नदिमा करेन्ट लगाइ माछा मार्ने समूह पक्राउ

बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध रूपमा कालीगण्डकी नदिमा करेन्ट लगाएर माछा मार्ने समूह लाइ पक्राउ गरेको छ । प्रहरी बागलुङ नगरपालिका ४  ढाेडेनी स्थित कालीगण्डकी नदि किनारमा बिधुतिय धार करेन्ट लगाए माछा मारिरहेकाे अवस्थामा  ४ जना ब्यक्तिहरूलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका (प्रहरी नायव उपरीक्षक )सुचना अधिकारी विजय यादवले बताए । पर्वत जिल्ला जलजला गाउँ पालिका वडा नम्बर ८ का गाेकुल गाैतम ,किस्मत पुन ,दिलबहादुर मगर ,र आर्यन शर्मालाई पक्राउ गरिएको सुचना अधिकारी यादवले बताए । निज ब्यक्तिहरू… पुरा पढौ

मालीका आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बागलुङ फागुन १३ प्रदेश देखि घर देश सम्म भन्ने नाराका साथ नेपाल रेडक्रस साेसाइटी मालिका उप शाखाको आयोजना मालिका सेवा समाज जापानकाे संयाेजनमा बागलुङ मालिका आधारभूत बिद्यालयका बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरियो । बिपन्न तथा गरिव बालबालिकाले अध्ययन गर्ने बागलुङ नगरपालिकाकाे मालीका आधारभूत बिद्यालयमा अध्ययनरत बालबालिकालाई मालिका सेवा समाज जापानका अध्यक्ष देवीप्रसाद सापकोटा राजुले आफ्नो छाेराकाे व्रतवन्धमा लाग्ने अनावश्यक खर्च कटौती गरेरएक बर्षकाे लागि लेख्न आवश्यक पर्ने कपी कलम सहयोग गरेका हुन् । प्रदेश देखि घर देश सम्म भन्ने… पुरा पढौ

राष्ट्रसंघीय मानवअधिकार परिषदमा परराष्ट्रमन्त्रीको सम्बोधनःनेपाल मानवअधिकारको रक्षा र प्रवर्धनमा सधैँ प्रतिबद्ध छ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रही आएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै मन्त्री डा देउवाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपाल विश्वकै एक अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदै आएको बताउनुभएको हो । मन्त्री डा देउवाले भन्नुभयो “नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरूलाई मौलिक अधिकारका रुपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता,… पुरा पढौ

बागलुङमा पिकअप जीप दुर्घटना हुदा दुई जनाको मृत्यु ५  जना घाइते

बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलाको खहरे फुर्सेधारामा पिकअप जीप सोमबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु ३ च ५५६९ नम्बरको जीप दुर्घटना  हुँदा निसीखोला गाउँपालिका–७ का ७५ बर्षीय खड्क बहादुर कुँवर, र ढोरपाटन नगरपालिका–५ नाथुरेका ३५ बर्षीय जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा परि  बडिगाड गाउँपालिका–९का ६३ बर्षीय तेज कुमारी बुढाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको… पुरा पढौ

जनतासँग माओवादी अभियान जनसंवाद अभियान हो: प्रचण्ड

झापा, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि बढाएको हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान जनताको कुरा सुन्ने जनसंवाद अभियान भएको बताउनुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरणअभियानअन्तर्गत झापाको झापा गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले यो अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रुपमा भन्दा सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको बताउनुभयो… पुरा पढौ