कालीका भगवती मन्दिर बागलुङमा असार महिनाकाे हिसाबकिताब सार्वजनिक

-


     हिडन खबर    
     श्रावण १२ गते २०८२ मा प्रकाशित


बागलुङ,श्रावण ११

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले असार महिनामा
मन्दिरको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ ।

मन्दिर ब्यवस्थापन समितिकाे बैठकले कालीका भगवती मन्दिरकाे असार महिनाकाे आम्दानी १८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च कट्टा गरि ६६ हजार ६ सय ३२ रूपैयाँ आम्दानी
गरेको हिसाबकिताब सार्वजनिक गरेको छ ।

असार  महिनामा मन्दिरले २८ लाख ५२ हजार ६७ रूपैयाँ
आम्दानी गरेकोमा भक्तजनले चढाएको भेटि बाट १० लाख ७८ हजार १ सय ३० चामलबाट १५  हजार ३  सय
बोकाको टाउको बिक्री ४४ हजार ५० कुखुराबाट  ५ हजार ५ सय  ५० आम्दानी भएको हो ।सटर भाडा बाट २ लाख १० हजार २ सय विवाह बाट ५ हजार आर्थिक सहयोग मार्फत ६४  हजार ४ सय ३७ रुपैयाँ परेवा विक्रि बाट ४ लाख १४ हजार ५   सय ५० पण्डित बाट ११ हजार ४  सय  ब्रतबन्ध बाट १२  सय सिक्का सटही बाट २ हजार ३ सय आम्दानी भएको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समितिमा असार  महिनामा १७ लाख ८५ हजार ४  सय ३५  रूपैयाँ खर्च भएको हिसाबकिताब सार्वजनिक गरेको छ ।

असार महिनामा गुठीका कर्मचारी लाई  तलब ३ लाख ९० हजार बिधुत खर्च ३३ हजार ३ सय ८० अतिथि सत्कार  ८१ हजार  आर्थिक सहयोग १ लाख ४० हजार  पूर्वाधार विकास तथा निर्माण ८ लाख ८६ हजार उपहार ७ हजार ५ सय पाेशाक ९९ हजार ६ सय खाध्यान्न तथा आवास ७० हजार यातायात भ्रमण १५ हजार इन्धन २८ हजार ६  सय ५५ बिज्ञापन १  हजार ५ सय टेलिफोन इन्टरनेट ७ हजार ५ सय खर्च भएको कालीका भगवती गुठी ब्यवस्थापन समितिका काेषाध्यक्ष रामबहादुर खड्काले बताए ।

असार  महिनामा १८ लाख ५२ हजार ६७ रूपैया आम्दानी गरेको गुठीले असार  महिनामा खर्च तर्फ १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च गरि ६६ हजार ६  सय ३२  रूपैयाँ आम्दानी भएको काेषाध्यक्ष खड्काले बताए ।

कालीका भगवती गुठीले हरेक महिनाको हिसाबकिताब
सार्वजनिक गर्दै आएको छ ।