समाचार

आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नगर्न अभिमुखीकरण कार्यक्रम

बागलुङ पुस २६प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र औषधि पसलमा कार्यरत व्यक्तिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१ का प्रावधान, कसुरको सूचना र अनुसन्धानसम्बन्धी व्यवस्थाबारे जानकारी गराउनुभयो। उहाँले ऐनको पालना गर्दै आमा र शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा मन्तव्य व्यक्त… पुरा पढौ

श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बागलुङ।पुस २५ बागलुङको जैमिनी नगरपालिका–५, बिनामारेमा अवस्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षा समिति सदस्य श्री भवानी आचार्य, कार्यपालिका सदस्य गीता कुमारी विक, जनप्रतिनिधिहरू विष्णु शर्मा र लक्ष्मीदेवी चापागाईं, पूर्व वडा अध्यक्ष गोपालप्रसाद पौडेल, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू तिलादेवी शर्मा, दीपक बराल, रोका रामुजी विक, वडा… पुरा पढौ

सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गराइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, २५ पुस — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य रूपमा लागू गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ। सूचना प्रविधि विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले सरकारी सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र पारदर्शी बनाउन कागजरहित प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँले हालको कार्यकालमै सबै मन्त्रालयमा जिआइओएमएस लागू गर्न आग्रह गर्दै यसले सुशासन र सेवा प्रभावकारिता बढाउने उल्लेख गर्नुभयो। अहिले अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयमा जिआइओएमएस लागू भइसकेको छ। सरकारी कामकाजलाई एउटै सूचना… पुरा पढौ

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

पुष २५, काठमाडौं गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उक्त समूह औपचारिक रूपमा पार्टीमा समाहित भएको हो। काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले नवप्रवेशी नेताहरूलाई खादामाला लगाएर स्वागत गर्नुभयो।पार्टीमा समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेशसभा उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (घोराही नगरपालिकाका पूर्व मेयर), आर.डी. यादव, पिताम्बर आचार्यलगायत रहनुभएको छ। स्वतन्त्र वाम समूहमार्फत दाङलगायत… पुरा पढौ

‘बागलुङ मिडिया मेला’ चैतमा आयोजना हुँदैबागलुङ, २४ पुस

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ आयोजना हुने भएको छ । शाखाले आफ्नो रजत वर्षको अवसर पारेर पहिलोपटक जिल्लामा मिडिया मेलाको आयोजना गर्न लागेको हो । दुई दिनसम्म सञ्चालन हुने मेलामा पत्रकारिताका बदलिँदा आयाम, अवसर र चुनौतीबारे सत्रगत छलफल (प्यानल डिस्कसन), ‘की–नोट स्पिच’, बागलुङ जन्मथलो भएका पत्रकारहरूको पुनर्मिलन कार्यक्रम, तस्बिर प्रदर्शनी, सञ्चार सामग्री तथा उपकरणको प्रदर्शनी, स्थानीय विकास र पर्यटनसम्बन्धी बहस, ‘लाइभ पेन्टिङ’लगायत कार्यक्रम समावेश गरिने शाखाका सचिव नारायण रिजालले जानकारी… पुरा पढौ

प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बुधबार राति बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो। जनपद प्रहरी समूहअन्तर्गत एसएसपी बढुवाका लागि पहिलो नम्बरमा रामप्रकाश शाह सिफारिस भएका छन्। बढुवा सिफारिस हुने अन्य एसपीहरूमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा रहेका छन्।सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणका आधारमा प्राविधिकतर्फ रहेका दुई पद… पुरा पढौ

भाइरल मिठु चेपाङ र रमेश विक्रम रत्नको “तोरी फुलेको” सार्वजनिक

बाल्यकाल रमाइलो मात्र होइन, जीवनभर सम्झन लायक पनि हुन्छ। विशेषगरी गाउँघरमा हुर्किएको जीवनले प्रकृतिसँग अझ नजिक रहने अवसर प्रदान गर्छ। यिनै बाल्यकालीन सम्झनाका तरेली र त्यतिबेला लागेका पिरतीलाई गीतमार्फत प्रस्तुत गरिएको छ। भर्खरै सार्वजनिक गरिएको भाइरल गायिका मिठु चेपाङ र गायक रमेश विक्रम रत्नको “तोरी फुलेको” गीतले बाल्यकालको मीठो झल्को दिलाएको छ। बाल्यकालको छुट्टै आनन्द र त्यही समयमा लागेको प्रेमलाई सम्झँदै दीपक शाहीले गीतका शब्द कोरेका हुन् भने संगीत गायक रमेश विक्रम रत्नकै रहेको छ। गीतको म्युजिक भिडियोमा भाइरल गायिका… पुरा पढौ

‘मिरमिरे’को ट्रेलर सार्वजनिक : त्रिकोणात्मक प्रेम र बाबुछोरीको भावनात्मक कथा

काठमाडौं । चलचित्र ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले बाबु र छोरीबीचको गहिरो भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ । श्रीमतीविहीन घर, आमाविहीन सन्तान र जीवनसाथी गुमाउँदाको पीडाले पुरुषको जीवन कति रित्तो हुन्छ भन्ने भाव ट्रेलरमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ । त्रिकोणात्मक प्रेम कथालाई समेटेको ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्दै आएको बाबु र छोरीबीचको आत्मीय सम्बन्ध देखाइएको छ । आमाले छोरीलाई छोडेर गएपछि छोरीले… पुरा पढौ

चन्द्रागिरिका भक्तलाल श्रेष्ठ सहित काठमाडौं–१० मा एमालेबाट ११ जना सिफारिस

काठमाडौं, पुस २२ फागुन २१ गते हुन गइरहेको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले काठमाडौं क्षेत्र नम्बर १० बाट ११ जना उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाको निर्वाचनको लागि १६ जनाले टिकटको दाबी गरेपछि पार्टीको क्षेत्रीय कमिटीको विस्तारित भेलाले पाँच जनाको नाम फिर्ता भएसँगै ११ जनाको नाम जिल्ला कमिटीको राय–सुझावसहित प्रदेश कमिटीमा पठाएको हो।पठाएको नामहरूकाे अन्तिम निर्णय भने केन्द्रीय कमिटीले गर्नेछ। चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाका क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रमा चन्द्रागिरिबाट दुई जना… पुरा पढौ

नेपाली कम्युनिस्ट पार्टीको बैठक शुरू

काठमाडौं ,नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको छ। बैठकमा राष्ट्रियसभा निर्वाचन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ। बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सबै घटकका नेताहरूको सहभागिता रहेको छ। पुरा पढौ