समाचार

२० करोड लगानीमा लाल्टिन रिसोर्ट सञ्चालन !

बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसले भएका उद्योग धन्दा तथा हाेटल रिसोर्ट बन्द हुँदै गइरहेको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले पर्वतमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ। एकजना व्यावसायीले करोडौं लगानी गरेर मध्यपहाडी लोकमार्ग अन्तर्गत पाेखरा बागलुङ सडकको पर्वत जिल्लामा सुविधा सम्पन्न रिसोर्ट शुरू गरेका छन् । गण्डकी प्रदेशको पर्यटकिय नगरी पर्वतमा धौलागिरीकै आकर्षक एवं सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याईएको हो । वैदेशिक रोजगारीका लागि झण्डै तीन दशक जापान बसेर फर्किएका बागलुङ नगरपालिका-३ निवासी प्रवेशकुमार राजभण्डारीले २० करोड लगानीमा… पुरा पढौ

बागलुङमा २७ औं जनयुद्ध दिवस मनाइयो !

नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङले २७ औं जनयुद्ध दिवस मनाएको छ । आइतबार चियापान र शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे अनिलले समन्ती व्यवस्था अन्त्यको लागि जनयुद्ध सुरु गरेको बताए । सवै वर्गको अधिकार स्थापित गर्न जनयुद्धको भएकोले जतयुद्धबाट प्रप्त उपलव्धीको संस्थागत गर्न आवश्यक… पुरा पढौ

एमसिसि गिट्टी कुट्ने देखि महलमा बस्ने सबैलाई राष्ट्रघाति

नेपाली कांग्रेसका केन्द्रीय उप सभापति धनराज गुरूङले अमेरिकी सहयोग परियोजना (एमसिसि) यतिबेला राष्ट्रघाति भएको भनेर प्रचारप्रसार भइरहेको छ गिट्टी कुट्ने देखि काठमाडौकाे महलमा बस्ने सबैले यसलाई राष्ट्रघाटी भन्ने बहस भइरहेको बताए । अङ्ग्रेजी पढ्ने जान्ने काे कुरा छाडिदिउ यतिबेला एमसिसि राष्ट्रघाँटी हाे भन्ने बहस भएको हुदा याे राष्ट्रघाति हाे कि हैन भन्ने बारे अध्ययन गर्न जरुरी भएको नेता गुरूङले बताए । नेपाली कांग्रेस बागलुङकाे क्षेत्र नम्बर १ काे क्षेत्रीय कार्यालयकाे बागलुङ सदरमुकाममा एक कार्यक्रम बिच उद्घाटन कार्यक्रममा एमसिसि बारे प्रधानमन्त्री… पुरा पढौ

एमसीसीको बिरोधमा नेकपा एकीकृत समाजवादी द्वारा र्याली !

अमेरिकी सहयोग परियोजना (एमसिसि) को बिरोधमा बागलुङमा र्याली गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको नेतृत्वमा बागलुङ सदरमुकाममा बाइक र्याली गरिएको हो । अमेरिकी सहयोग लोभमा नेपालको राष्ट्रियता नै खतरामा पार्ने गरि देखाइएको सहयोग नेपाल र नेपालीका लागि कुनैपनि हालतमा स्विकार्य नहुने कोणसभामा बोल्ने वक्ताहरूले धारणा राखेका थिय ।  नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बाट सुरु गरिएको मोटरसाइकल र्याली बजारका मुख्य सडक हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टिका जिल्ला अध्यक्ष लाल… पुरा पढौ

गण्डकी गोपाल गौशाला परिसर सरसफाइ !

बागलुङ नगरपालिका ५ मालिकामा रहेको गण्डकी गोपाल गौशाला परिसरमा झाडि सफाई कार्यक्रम सम्पन्न भएकोछ । भान्सा सेवा समाज तथा मालिका पुर्व विद्यार्थी मञ्चको सक्रियतामा गौशाला परिसरको झाडि सफाई गरिएको हो । स्वामी कमलनयनाचार्य, बा.न.पा. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, मालिका पुर्व विद्यार्थी मञ्चका पदाधिकारी तथा सदस्य, मालिका एवं भान्साका गरि ५० जना स्थानियको सक्रियतामा सफाई गरिएको हो । चरण क्षेत्रमा रहेका झाडि सरसफाईले गाईलाई घाँस तथा चरणमा सहजता हुने स्वामी कमलनयनाचार्यले बताए । आगामी फागुन ७ गते प्रजातन्त्र… पुरा पढौ

जेष्ठ नागरिकलाई सिरक र टर्चलाइट वितरण !

ताराखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को स्वीकृत निति तथा कार्यक्रम अनुसार वडा नम्बर ४ ताराका ८५ वर्ष माथिका १२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित फाईवर सिरक तथा टर्चलाईट वितरण गरिएको हो । कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले ज्येष्ठ नागरिकहरु हाम्रा सम्मानित ब्याक्तीहरु भएको र सामाजिक बिकासमा पुर्याएको योगदानको प्रसंशा गरेका छन् । अहिलेको खानपान, आनिवानि र रहनसहन अव्यवस्थित रहेकोले यसलाई व्यवस्थित गरेमा लामो समयसम्म वाच्न सकिने मन्तव्य राखेका छन् । कार्यक्रम… पुरा पढौ

लियो जिल्ला परिषद बिभाजन, औपचारिक घोषणा भोलि!

लियो जिल्ला परिषद ३२५ वि १ नेपाल ५ जिल्लामा बिभाजन भएको छ । नेपालमा संघीयताको अभ्यास भएसँगै बिश्वमा सर्वाधिक ठुलो सञ्जाल भएको सामाजिक क्लब लायन्स इन्टरनेसनल नेपाल डिस्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गतको युथ प्रोजेक्टको रुपमा रहेको लियो क्लबको छाता संगठन लियो डिस्ट्रिक ३२५ बि १ नेपाल आगामी बर्षबाट ५ वटा डिस्ट्रिकमा बिभाजन हुने भएको हो । लायन्स र लियोका उमेदवारहरु १८ देखि ३० बर्ष उमेर समुहका युवाहरुको नेतृत्व बिकाशमा महत्त्वपूर्ण मानिएको लियो क्लब नेपालमा लियो डिस्ट्रिक ३२५ I, J,… पुरा पढौ

एसईई वैशाख ९ गतेदेखि !

माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डले जनाएको छ । निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो । बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको… पुरा पढौ

ताराखोला गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न !

मन्दिप निउरेताराखोला बागलुङ ताराखोला गाउँपालिकामा गाउँसभाको दशौँ अधिवेशन मंगलबार सम्पन्न भएको छ ।सभामा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन रोकाद्वारा एजेण्डाहरु छलफलको लागि सभामा प्रस्तुत गरिएको थियो । सभाले ताराखोला गाउँपालिकामा गाउँसभा अन्तर्गत रहने विषयगत समितिमा (लेखा समिति, विद्यान समिति, सुशासन समिति) को कार्य सञ्चालन कार्यविधि २०७८ सर्वसम्मत रुपमा स्वकृत गरेको छ । त्यस्तै स्थानिय सेवा ऐन २०७८ माथि छलफल गरी संघिय सेवा निजामति सेवा ऐन र प्रदेश निजामति सेवा ऐन नवन्दा सम्मको लागि ताराखोला गाउँपालिकाको स्थानिय सेवा ऐन २०७८ स्वकृत… पुरा पढौ

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा: शिक्षामन्त्री पौडेल

मन्दिप निउरेताराखोला माघ २४ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तरक्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो ।“यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भन्नुभयो, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो । शिक्षकको वृत्ति विकासमा शिक्षा… पुरा पढौ