अर्थमन्त्री जनार्दन शर्मा र राजमाे अध्यक्ष चित्रबहादुर केसी बिच भेटघाट

-


     हिडन खबर    
     असाेज २४ गते २०७९ मा प्रकाशित


बागलुङ ।अर्थमन्त्री जनार्दन शर्मा र पुर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बिच बागलुङ सदरमुकाममा भेटघाट गर्नुभएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा रूकुममा उमेदवारी दर्ता गरेर काठमाडौ फर्कने क्रममा साेमबार बागलुङ सदरमुकाममा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई निर्वाचनमा बिजयी शुभकामना माआ‌ेवादी नेता एवम् अर्थमन्त्री शर्माले दिनुभएको थियो ।

राजमाे अध्यक्ष केसी ४ दलीय गठबन्धन बाट बागलुङ जिल्लाकाे प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उमेदवार बन्नु भएको छ ।

रूकुम हुदै बागलुङ आउनुभएका मन्त्री शर्मालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दयानिधी ज्ञावली माआ‌ेवादी केन्द्रीय सदस्य कृष्ण केसी लगायतले स्वागत गर्नुभएको थियो । अर्थमन्त्री शर्मा आजै बागलुङ पाेखरा हुदै काठमाडौ जानुभएको छ ।