बागलुङका उमेदवार लाई निर्वाचन चिन्ह प्रदान

-


     राजेशचन्द्र राजभण्डारी    
     असाेज २७ गते २०७९ मा प्रकाशित


क्षेत्र न. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द्र बहाुदर क्षेत्रीलाई मुढा, क्षेत्र न. १ (१) प्रदेश सभा सदस्यका उम्मेदवार दिपेन्द्र हमाललाई उडिरहेको चील चुनाव चिन्ह प्रदान गरिएको छ । राजनीतिक दलको तर्फबाट उम्मेदवार बनेकाहरुलाई आ–आफ्नै दलको चुनाव चिन्ह दिने व्यवस्था भए बमोजिम गरिएको छ ।राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले गिलास ,एमालेका सुर्य पाठकले सुर्य राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले हलाे चिन्ह पाएका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द्र बहादुर क्षेत्रीलाई मुढा, नेपाली काँग्रेस (बी.पी)बाट उम्मेदवार बनेका शिवलाल सापकोटालाई करुवा, क्षेत्र न. १प्रदेश सभा सदस्यका उम्मेदवार दिपेन्द्र हमाललाई उडिरहेको चील,चिन्ह पाएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

नेकपा एमालेको समर्थन पाएका बागलुङ निर्वाचन क्षेत्र न.२ (१)प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश घर्तिले लालटिन चुनाव चिन्ह पाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनेका घर्तिले लालटिन चुनाव चिन्ह पाएका हुन् ।

त्यस निर्वाचन क्षेत्रमा नेकपा एमालेले घर्तिलाई समर्थन गरेको थियो । अर्का उम्मेदवार भीमलाल पोख्रेलले पनि बुधबार उम्मेदवारी फिर्ता लिएपछि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेस बागलुङका पार्टी सभापति जीत शेरचन र घर्ति बीच मात्रै प्रतिस्पर्धा हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न. २ बाट उम्मेदवारी दिएका तुलसीराम अर्यालले सूर्यमूखि फूल चुनाव चिन्ह पाएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलको बागि उम्मेदवार समेत रहेका अर्यालले चुनाव चिन्ह सूर्यमूखि फूल पाएका हुन् ।

स्वतन्त्र उम्मेदवार डिल बहादुर कार्कीलाई पुतली, प्रदेश सभा सदस्यका उम्मेदवार दुर्गादेवी घर्ति मगरलाई जेब्रा, नर बहादुर गुरुङलाई बिजुलीको चिम चिन्ह प्रदान गरिएको छ ।