
नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका सवै उम्मेदवारलाई जिताउन चुनावी कमाण्डर तोकेको छ ।
नेपालमा पजेरो संस्कृति भित्र्याउने देखि प्रतिगमनकाे नायक भनेको शेरबहादुर देउवा भएको नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष हिरा बहादुर केसीले आराेप लगाए । लाेकतन्त्रलाई दरबारमा लगेर बुझाउने ,शेरबहादुर लाई प्रधानमन्त्री बनाउने ,आरजु देउवालाई महारानी बनाउनेहरू नै प्रतिगामीका भरिया भएको अध्यक्ष केसीले बताए
राजनीति अस्थिरताकाे बाधक भनेको अहिलेकाे गठबन्धन भएको अहिले प्रतिगमन कसले गर्या त्यसको छिनोफानो गर्न आफुहरू जनताको माझ जान लागेको केसीले बताए ।
अदालतले जन्माएको ब्यक्ति प्रमादेश बाट जन्माएको सरकार अदालतले जन्माएको प्रतिगामी हुन्छ कि संसदले जन्माएको केसीले बताए ।नागरिकता बिधेयक मार्फत नेपाल राष्ट्र लाई राजनीतिमा सिक्किम करण आर्थिक रूपमा श्रीलंका करण गर्ने काम भइरहेको केसीले आराेप लगाएका थिए ।
एमालेले पार्टीले बुधबार बागलुङ सदरमुकाममा पत्रकार भेटघाट गरि जिल्लाका प्रतिनिधी सभा र प्रदेश सभाका ६ सिटमा नै पार्टीका उम्मेदवारलाई जिताउन निर्वाचन कमाण्डर तोकेको नेकपा एमालेका अध्यक्ष हिरावहादुर केसीले वताए ।
नेकपा एमाले जिल्ला कमिटी सचिवालयकाे चाैथाे पुर्ण बैठकले निर्वाचन सम्बन्धि प्रचारप्रसारकाे लागि मिडिया एक्सन रूम स्थापना गरि मिडियासंग सम्बन्धित ब्यक्तिहरू रहेको बिशेश टिम संचालन गर्ने निर्णय गरेको अध्यक्ष केसीले निर्णय सार्वजनिक गरेको बताए ।
एमालेले प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ मा डा. सूर्य पाठक, प्रदेश सभा ‘क’ मा हिरा वहादुर केसी र ‘ख’ मा नवराज पौडेल तथा क्षेत्र नं. २ मा मञ्जु चालिसे, प्रदेशसभामा ‘क’ मा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिलाई सहयोग गर्ने र ‘ख’ लक्ष्मण पुनलाई उम्मेदवार बनाएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका थिए ।
पार्टीका पोलिटब्यूरो सदस्य लीला वहादुर थापा मगर प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. १ को कमाण्डर भएका छन । सोही क्षेत्र प्रदेश सभा ‘क’ को कमाण्डरमा पार्टीका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा र ‘ख’ को कमाण्डरमा केन्द्रिय सदस्य सावित्रा रानालाई चयन गरेको छ ।



प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ को कमाण्डरमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द नेपाली र सोही क्षेत्रको प्रदेश सभा ‘क’ को कमाण्डरमा पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य वावुराम नेपाली र ‘ख’ को कमाण्डर देवकुमार नेपालीलाई तोकेको छ ।
बैठकले पार्टीभित्रको सुदृढ एकता, विपक्षभित्रको अन्तरकलह र एमालेप्रतिको जनताको आकर्षणका कारण जिल्लाका सवै सिट एमाले जित्ने निश्कर्ष निकालेको छ । त्यसका लागि ६ वटै क्षेत्रमा सहकमाण्डर पनि तोकेको छ ।
एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम संचालन प्रचार विभागका प्रमुख चन्द्र प्रकाश शर्मा गणेशले गरेका थिए ।









