बागलुङमा गठबन्धन बाट चित्रबहादुर केसी र देवेन्द्र पाैडेल

-


     हिडन खबर    
     असाेज २२ गते २०७९ मा प्रकाशित


मंसिर ४ गते हुन गइरहेको संघीय निर्वाचनमा गण्डकी प्रदेशको बागलुङ जिल्ला क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नम्बर २ बाट माआ‌ेवादी केन्द्रका नेता देवेन्द्र पाैडेल ५ दलीय गठबन्धन बाट उमेदवार बन्ने निश्चित भएको छ ।

देश संघीयतामा प्रवेश गर्नु भन्दा अघि देखि नै संघीयता खारेजीको राजनीति मुद्दा अगाडि सार्दै आएको राष्ट्रिय जनमाेर्चा यसपटक ५ दलीय गठबन्धन बाट बागलुङको क्षेत्र नम्बर १ बाट राष्ट्रिय अध्यक्ष चर्चित बामपंथी नेता केसी आफै अगाडि बढेका छन् ।

दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा यसपटक नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,एकीकृत समाजवादी ,राजमाे ,
लगायत ५ दलीय गठबन्धन बिच तालमेल भएको छ भने एमाले राप्रपा लगायतका दलबीच तालमेल गरि क्षेत्र नम्बर १ बाट एमालेका केन्द्रीय सदस्य डाक्टर सुर्य पाठक ,राष्ट्रिय स्वतन्त्र पार्टी बाट युवा नेता खिमानन्द कडेल उमेदवार बन्ने लगभग पक्का भएको छ ।लामो समयसम्म नेकपा एमालेमा रहेर काम गरेका पेशागत रूपमा ईन्जिनियर समेत रहेका कडेलले पार्टी भित्र परिवर्तनकाे मुद्दा उठाउदै आएपनि त्यसको सुनुवाइ नभएपछि बिद्रोह गरि स्वतन्त्र पार्टी बाट आफू अगाडि बढ्न बाध्य भएको कडेलले बताए ।

यस्तै बागलुङको क्षेत्र नम्बर २ बाट एमाले बाट मन्जु चालिसे उमेदवार बनेका छन् ।स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि गलकाेट नगरपालिकाकाे नगर प्रमुखमा स्वतन्त्र रूपमा उमेदवार बनेका चालिसे केही महिनाअघि काठमाडौ गएर एमालेमा प्रवेश गरेका थिए ।

नेकपा एमालेले बागलुङ जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।बाग्लुङ १
प्रतिनिधि सभा सुर्य पाठक प्रदेश सभा१ (क) नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी १ (ख) नवराज पौडेल र बागलुङ २ प्रतिनिधि सभा मन्जु चालिसे प्रदेश सभा २ (क) प्रकाश घर्ती २ (ख) लक्ष्मण पुन मगर लाई टिकट दिएको एमालेले जनाएको छ ।अहिले यो समाचार तयार पार्दा सम्म नेपाली कांग्रेस बाट प्रदेशमा उठ्ने ४ जना उमेदवारकाे नाम टुंगो लगाएको छैन ।