
बागलुङ जिल्लाकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट ५ दलीय गठबन्धन बाट राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष
चित्रबहादुर केसी ,नेकपा एमालेका केन्द्रीय सदस्य डाक्टर सुर्य पाठक ,राप्रपा बाट लक्ष्मीप्रसाद सापकोटा ,राष्ट्रिय स्वतन्त्र पार्टी बाट खिमानन्द कडेल नेपाली कांग्रेस बिपी बाट शिबलाल सापकोटा ,यस्तै स्वतन्त्र बाट चन्द्र बहादुर क्षेत्री र नेपाली कांग्रेसका नेता कृष्ण शंकर श्रेष्ठले टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएको निर्वाचन अधिकृतकाे कार्यालयमा उमेदवारी दर्ता गरेका छन् ।
निर्वाचन आयोगले २५ जना भन्दा बढी ब्यक्ति उमेदवारी दर्ता गर्न जान नपाउने भनेर परिपत्र गरेपनि बागलुङ सदरमुकाममा भने गठबन्धन दलले ठूलो दलबल सहित पार्टीको झण्डा सहित नेता तथा कार्यकर्ताहरू निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उमेदवारी दर्ता गरेका थिए ।निर्वाचन दर्ता गर्ने ठाउँमा भने प्रहरीले सिमित ब्यक्ति लाइ प्रवेश दिएको थियो ।
नेपाली कांग्रेसले टिकट वितरण ढिलो गरेको कारण उमेदवार बागलुङ आउदा ४ बजेको थियो ।
यस्तै बागलुङ जिल्ला क्षेत्र नम्बर १ मा उमेदवारी दर्ता गर्न पुगेका नेपाली कांग्रेस बिपीका उमेदवार काशीराम आचार्यले
स्थानीय तहको निर्वाचनमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै ४ लाख ५० हजार जरिवाना तिरेपछि मात्रै नाम दर्ता गर्न पाउने भनेपछि उनको बदलामा शिवलाल सापकोटाले उमेरवारि दर्ता गरेका छन् ।








यस्तै बागलुङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क बाट राप्रपाका दिल्ली प्रसाद आचार्य ,ख गाेविन्द सापकोटाले उमेदवारी दर्ता गरेका छन् ।यस्तै एमाले बाट प्रदेश क बाट एमाले जिल्ला अध्यक्ष हिरा केसी र ख बाट नवराज पाैडेल नेपाली कांग्रेस बाट
दिपेन्द्र थापाले क बाट दिल्लीराम सुवेदीले ख बाट उमेदवारी दिएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
यस्तै बागलुङ जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधि सभाको निर्वाचनमा ५ दलीय गठबन्धन बाट माआेवादी नेता एवम् शिक्षा मन्त्री देवेन्द्र पाैडेल ,नेकपा एमाले बाट मन्जु चालिसे राष्ट्रिय स्वतन्त्र पार्टी बाट तिला खत्रीले उमेदवारी दर्ता गरेका छन् ।
यस्तै प्रदेश क बाट नेपाली कांग्रेसका जीत शेरचन र ख बाट दाेर्ण कुवरले उमेदवारी दर्ता गरेका छन् ।
प्रदेश क मा एमालेका प्रकाश घर्ती र ख बाट लक्ष्मण पुनले उमेदवारी दिएका छन् ।









