बोतल र जारकाे पानीको मुल्य निर्धारण: एक बोतलको १६ र जारको ४७ रुपैयाँ भन्दा बढिमा बेच्न नपाइने

- विभागकाअनुसार उपत्यका बाहिर १ लिटर बोतलको पानीको २० रुपैयाँ र २० लिटर जारको पानीको ६० रुपैयाँभन्दा लिन पाइने छैन् ।

-


     हिडन खबर    
     असाेज २५ गते २०७९ मा प्रकाशित


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जारको पानीको अधिकतम बिक्री मूल्यभन्दा धेरैमा बेच्न नपाइने सुचना प्रकाशित गरेको छ । विभागले संसदीय समितिले गरेको अध्ययन, विभागको अध्ययन र सरोकारहरुसँगको छलफलमार्फत बोटलको पानी र जारको पानीको अधिकतम मूल्य निर्धारण गर्दै सो भन्दा धेरैमा बेच्न नपाइने बताएको हो ।

विभागले काठमाडौं उपत्यका भित्रका लागि १ लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको मूल्य ४७ भन्दा बढि लिन नपाइने बताएको छ ।

विभागका महानिर्देशक महेश भट्टराईले भने, ‘समितिले केही वर्षअघि अध्ययन गरेको रहेछ । विभागले पनि यो विषयमा अध्ययन गरेर सरोकारवालाहरुसँग छलफल गरेर यो सुचना निकालेको हो ।’

भट्टराईले समितिले केही वर्षअघि नै यो अध्ययन गरेको र मूल्य सुचिलाई सर्वसाधारणसम्म पुर्याउनका लागि विभागले यसमा कडाई गर्न कदम चालेको बताए । उनले भने, ‘निर्णय कार्यान्वयन भएको थिए। हिजो मेरो जानकारीमा यो कुरा आएपछि हामीले आम जनतालाई यो सुचना पु¥याउन र अनुगमन कडाई गर्न आज सुचना निकालेका हौं ।’

विभागकाअनुसार उपत्यका बाहिर १ लिटर बोतलको पानीको २० रुपैयाा र २० लिटर जारको पानीको ६० रुपैयाँभन्दा लिन पाइने छैन् ।

भट्टराईले भने, ‘नेपालमा प्रशोधित भएका बोतलको पानीमा यो मूल्य हुनेछ । यो भन्दा बढि लिएमा कारबाही गर्नेगरि सुचना प्रकाशित गरेका छौं ।’