चाडपर्व लक्षित बजार अनुगमन निष्कर्ष: व्यापारीको मनोमानी बढ्दो

- बागलुङ नगरपालिकाले यो समस्याको समाधानका लागि जनचेतना र अनुगमनलाई नियमित गर्ने उपभोक्ता हित संरक्षण समितिका संयोजक समेत रहेका बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

-


     राम प्रसाद घिमिरे     
     असाेज १४ गते २०७९ मा प्रकाशित


चाडपर्व नजिकिए सँगै बागलुङ नगरपालिकाले बागलुङ बजार अनुगमनलाई प्रभावकारी बनाउन थालिएको छ ।

नेपालीहरुका मुख्य चाडहरुको पुर्वसन्थ्यामा कालोबजारी बढ्ने भन्दै बजार अनुगमनलाई तिब्रता दिएको नगरपालिकाले जनाएको छ ।

बागलुङ जिल्लाको सदरमुकाम समेत रहेको बागलुङ बजारमा गरिएको ३ दिनको अनुगमनले व्यावसायीहरुको जिम्मेवारीपन नदेखिएको हो ।
बजारका किराना तथा खुद्रा पसलहरु मध्य अधिकांशले मूल्य सुचि नराख्ने, राखेकाले पनि मूल्य कायम नगर्ने र आफुखुसि महंगो मुल्यमा विक्रि गर्ने गरेको पाइएको बागलुङ नगरपालिका स्तरीय उपभोक्ता हित संरक्षण समितिका संयोजक समेत रहेका बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

” हामिले चाडपर्वमा कोहिपनि ढगिन नपरोस् भनेर अनुगमनलाई तिब्रता दिएका हौँ, बजारमा हेर्दा ८० प्रतीशत भन्दा बढि मासुपसलहरु मापदण्ड बिपरित रहेको पाइयो । यसमा व्यापारी बढि जिम्मेवार हुनु जरुरी देखिन्छ, खड्काले भने ” समाज सुधारमा कुनै एक पक्षले मात्र गर्न सकिदैन यसका लागि सबैको जिम्मेवार रहन्छ”

जिल्ला पशुसेवा कार्यालय बागलुङको तथ्यांकअनुसार बागलुङ बजारमा कुल १०० वटा मासुपसल रहेकोमा १ दर्जन पसलले मात्र पूरा मापदण्डमा रहेको र बाँकी पसलहरु सुधार गर्नुपर्ने पाइएकाले यसको नियमका लागि व्यावसाहीलाई सचेतना सहित सुधारका लागि नगरपालिकाले पहल गर्ने उपप्रमुख खड्काले बताउनुभयो ।

बजारको यो अवस्थाको सुधारका लागि उपभोक्ताहरुका लागि जनचेतनामुलक कार्यक्रम र व्यावसायीका लागि कानुन सम्मत अनुशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको उच्चस्तरीय अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताउनुभयो ।

बागलुङ नगरपालिकाद्वारा चाडपर्व लक्षित सुफत मुल्य पसल सञ्चालन !

बागलुङ नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै सुफत मुल्य पसल सञ्चालन गरेको छ ।
नगरपालिका क्षेत्रभित्रका बजार देखि टाढा पर्ने वडाहरुमा नुन र चिनि वितरण गर्न सुफत मुल्पसल सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

विषेश गरि बागलुङ नगरपालिकाको बजार क्षेत्र भन्दा टाढा रहेका वडाहरु वडा नम्बर-८ सिगाना, ११ को रायडाँडा, १२ को अमालाचौर, १३ को पैयुँपाटा तथा १४ को नारायणस्थानमा सुफत मुल्य पसल सञ्चालन गरिएको उपप्रमुख खड्काको भनाइ रहेको छ ।

मानव स्वास्थ्यमा निकै संवेदनशील मानिने मासुजन्य वस्तुहरुको विक्रिगर्ने अधिकांश पसलहरुमा सामान्य सरसफाइ देखि पदूषण नियन्त्रणमा चासो नदिएको पाइएकाले यसलाई कडाइसाथ नियमन गरिने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख शौरभ श्रेष्ठले बताउनुभयो ।

उपभोक्ताको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै जिम्मेवार व्यावसाही र सचेत उपभोक्ता हुनुपर्ने भएकालेे यसकालागी स्थानीय स्थरबाट जनचेतनामूलक कार्यक्रम सहित बजार अनुगमनलाई थप व्यवस्थित तथा नियमित गरिने बागलुङ नगरपालिकाका अनुगमन टोलिका संयोजक युक्त प्रसाद सुवेदीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला उच्चस्तरीय अनुगमन समितिका संयोजक गणेश पौडेलको नेतृत्वमा शुक्रबार पनि बजार अनुगमन गरिएको थियो ।

टोलिले बागलुङ बजारमो प्रधान ब्रदर्श,विजया लक्ष्मी सपिङ सेन्टर, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, गोल्डेन गेट सुपरमार्केट, यमुना स्टोर, विभिन्न फलफूल पसल, मिष्ठान्न भण्डार, लगाएत बागलुङ बजारका ठुला तथा साना गरि ६० वटा भन्दा बढि पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा बजारका अधिकांश पसलहरूमा मूल्यसूची नराख्ने तथा राखेकाले पनि प्रष्टसँग देखिने गरी टाँस गर्दा आम उपभोक्ताहरू ठगिने अवस्था देखिएको छ ।

सो अवसरमा पसल, गोदामको सरसफाइमा ध्यान दिने एवं पसलमा मूल्यसूची सबै उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा टाँस्न निर्देशन दिइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । टोलीले पसलहरूमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे–नगरेको, सामानको उत्पादन मितिको जाँच गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका सौरभ श्रेष्ठले बताउनु भयो । विगतमा भन्दा केही सुधार आएका श्रेष्ठले जनाकरी दिनु भयो । बजारमा उपभोक्ताहरूलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरूलाई कानुनअनुसार कारबाही गर्ने बागलुङ नगरपालिकाका बजार अनुगमन अधिकृत युक्त प्रसाद सुवेदीले बताउनुभयो ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाषिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष, पत्रकार लगाएतको टोलीले बजार अनुगमन गरेको थियो ।

चाडपर्वमा हुन सक्ने अनियमितता, कालोबजारी, बढी मूल्य असुली, मालसामानमा हुने गुणस्तरहीनता लगायतका विषयमा केन्द्रित रहेर बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काको टिमले बागलुङ बजारमा होलसेल खाद्यान्न पसल र मार्टहरुको अनुगमन गरेको छ ।

बजार आम उपभोक्ता र बिक्रेताबीच प्रत्यक्ष सम्बन्ध स्थापना हुने सार्वजनिक मञ्च समेत रहेकोले बजारमा केवल बिक्रेताको नाफा मात्र महत्वको विषय बन्दैन। उपभोक्ताको अधिकारसमेत बजारको चासोभित्र पर्छ। बजारलाई नाफाकेन्द्रित मात्र बन्न नदिन, उपभोक्ताको अधिकार सुनिश्चित गर्न र व्यापारका सर्वमान्य सिद्धान्तअन्तर्गत क्रय–विक्रयको नियमन गर्न बजार अनुगमन गर्ने गरिएको छ ।