राजनीतिका ३ पुस्ता एकेैसाथ चुनावी मैदानमा

-


     राजेशचन्द्र राजभण्डारी    
     असाेज २५ गते २०७९ मा प्रकाशित


राजनीतिमा नयाँ पुस्ताले ठाउँ पाउनुपर्ने पुरानो पुस्ताले राजनीतिबाट विश्राम लिनुपर्ने माग उठिरहेको बेला बागलुङ जिल्लामा भने मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा
राजनीतिकाे ३ पुस्ता संयुक्तरूपमा एकसाथ ५ दलीय गठबन्धन बाट निर्वाचनमा अगाडि बढेका छन् ।

पाँच दलीय गठबन्धनका उम्मेदवारहरु चित्र बहादुर केसी, दिपेन्द्र थापा र डिल्लीराम सुवेदीले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरेर आफ्नो चुुनावी अभियान शुरूवात गरेको छ ।

बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट राजनीतिका सबैभन्दा पुरानो पुस्ता राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी प्रदेश क बाट नेपाली कांग्रेसका नेता दिपेन्द्र बहादुर थापा र प्रदेश ख बाट नेपाली कांग्रेसका युवा नेता ४० बर्षिय डिल्लीराम सुवेदी पाँच दलीय गठबन्धन बाट एउटै माेर्चाबाट निर्वाचनमा खडा भएका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले मंसिर ४ गते हुने निर्वाचन प्रतिगमनले जित्ने कि प्रतिगमनले जित्ने लडाइँ भएको हुदा यसमा सबै गम्भीर हुनुपर्ने त्यसको लागि जनतालाई सचेत बनाउनु पर्ने बताए ।

अहिले चुनाव खर्चिलो भत्किलाे हुदै गइरहेको कारणले पनि चुनाव लड्न गार्‍हो अवस्था सृजना भएको नेता केसीले बताए ।
राजाले पटकपटक संबिधान मिचेकाे कारण आफुहरूले संबिधान सभा मार्फत संविधान मिच्न नपाउने संबिधान बनाउदा समेत ओलीले दुई पटक संविधान मिच्न काम गरेपछि
प्रतिगमन बिरूद्व ५ दलीय गठबन्धन बनाउनु परेको केसीले पत्रकार भेटघाटमा बताए ।

सबै राजनीति पार्टीको आआफ्नो एजेन्डा र मुद्दा भएपनि ५ दलीय गठबन्धन भित्र त्यो कुरा उठाउन नपाइने अहिलेकाे साझा मुद्दामा केन्द्रीकृत भएर जानुपर्ने नेता केसीले बताए ।

चुनावमा पैसा खर्च गरेर गएको खण्डमा निष्ठाकाे राजनीति गर्न कठिन हुने हुदा आफू त्यो पक्षमा नभएको नेपाली कांग्रेस प्रदेश क का उमेदवार दिपेन्द्र थापाले बताए ।निर्वाचनमा अरू संग सहयोग मागेको खण्डमा भाेलि उसले भने अनुसार काम गर्न बाध्य हुनुपर्ने हुदा आफू त्यो पक्षमा नरहेको थापाले बताए ।

यसपटकको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट राजनीतिकाे ३ पुष्टा एकसाथ उमेदवार बन्न पाएकाे हजुरबुबा पुस्ता ,बुबा पुस्ता र युवा पुस्ता यो पनि सुखद पक्ष भएको बागलुङ प्रदेश ख का नेपाली कांग्रेसका उमेदवार डिल्लीराम सुवेदीले बताए । अहिले राजनीतिमा भएको ३ पुष्टाले अनुभव साटासाट गरेर अगाडि बढ्न सकेको खण्डमा मात्रै राजनीति सफल बनाउन सकिने सुवेदीले बताए ।

राजनीति रूपमा बागलुङ जिल्लामा नेपाली कांग्रेस ,राष्ट्रिय जनमाेर्चा र माआ‌ेवादी केन्द्र बिच ठूलो राजनीति मतभेद भएपनि तत्कालीन प्रधानमन्त्री केपी आ‌ेलीले दुई दुई पटक संसद विघटन गरेपछि प्रतिगामी कदम बिरूद्व बनेको ५ दलीय गठबन्धन पश्चात् यी राजनीति शक्ति बिच स्थानीय तहको निर्वाचनमा सहकार्य भएपछि राजनीति फरक ढंगले अगाडि बढेको देखिन्छ ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता यज्ञबल्लभ शर्मा ,जनता समाजवादीका जिल्ला अध्यक्ष संगम केसीले यसपटकको निर्वाचन प्रतिगमन र अग्रगमन बिचकाे लडाइँ भएको धारणा राखेका थिए । कार्यक्रम संचालन राष्ट्रिय जनमाेर्चाका राजेन्द्र ढुंगानाले गरेका थिए ।