समाचार

विश्व मधुमेह दिवसमा लायन्स डिस्ट्रिक्ट ३२५ केद्वारा निःशुल्क मधुमेह परीक्षण

काठमाडौं । विश्व मधुमेह दिवसको अवसरमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा निःशुल्क मधुमेह परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ मनास्लु गणेश हिमाल (LCK Manaslu Ganesh Himal) तथा लियो क्लब अफ मनास्लु गणेश हिमालको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागीहरूको निःशुल्क मधुमेह परीक्षण गर्नुका साथै मधुमेह रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता र स्वस्थ जीवनशैली अपनाउनुपर्ने विषयमा सचेतना अभिवृद्धि गरिएको थियो। कार्यक्रममा इन्टरनेसनल डाइरेक्टर (PID) बालकृष्ण बरालकोटी, डिस्ट्रिक्ट गभर्नर (DG) रमेश अधिकारी,… पुरा पढौ

निसीखोलाका बाढीपीडितलाई पाँच लाख नगदसहित राहत सामग्री वितरण

बागलुङ । गत असोज ११ गते बागलुङको निसीखोला गाउँपालिकामा आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई पाँच लाख रुपैयाँ नगदसहित राहत सामग्री वितरण गरिएको छ। बाढीपहिरोबाट मानवीय तथा ठूलो भौतिक क्षति भएपछि पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले लायन्स क्लब अफ निसीखोलाको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानबाट संकलित पाँच लाख रुपैयाँ ३९ घरपरिवारलाई वितरण गरिएको लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए।राहत वितरणका क्रममा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १२ हजार ५००… पुरा पढौ

विश्व मधुमेह दिवसमा बागलुङमा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना

बागलुङ, कात्तिक २८। विश्व मधुमेह दिवसको अवसरमा बागलुङमा निःशुल्क मधुमेह परीक्षण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। लायन्स क्लब अफ बागलुङ शालिग्राम र लियो क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा नोभेम्बर १४ अर्थात् कात्तिक २८ गते कार्यक्रम सञ्चालन गरिएको हाे । बागलुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिका मन्दिरको प्रवेशद्वारमा आयोजित कार्यक्रममा १०० जना सर्वसाधारणको निःशुल्क मधुमेह परीक्षण गरिएको थियो। मधुमेह रोगको जोखिम, पहिचान, रोकथाम तथा समयमै स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकताबारे आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको… पुरा पढौ

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट अर्थात् २०८३ कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने जनाएको हो। मन्त्रालयका अनुसार यसअघि २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको थियो। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय… पुरा पढौ

ताराखोलामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजना तथा ताराखोला गाउँपालिकाको समन्वयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ताराखोला गाउँपालिका–५ स्थित ताराखोला स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, बाढीपहिरो प्रभावित व्यक्ति, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय समाजसेवी गरी ४१ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष मनबहादुर रोकाले गरेका थिए भने सञ्चालन ताराखोला स्वास्थ्य चौकीकी अहेव निर्मला घर्ती मगरले गरेकी थिइन्। कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले मानसिक… पुरा पढौ

प्रगतिशील आमासमूहको देउसी–भैलोबाट १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरामा प्रगतिशील आमासमूहद्वारा आयोजित दुईदिने देउसी–भैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन भएको समूहले जनाएको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले तिहारको अवसरमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय बुबाआमा, दाजुभाइ, दिदीबहिनीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। समूहका अनुसार दुई दिनसम्म सञ्चालन भएको देउसी–भैलो कार्यक्रमबाट कुल १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन भएको छ।… पुरा पढौ

तिहारको अवसरमा पोखराको बिरौटामा ‘राधा रिना कलेक्सन’ सञ्चालनमा

पोखरा । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर पोखरा महानगरपालिका–१७, बिरौटा चोकमा ‘राधा रिना कलेक्सन’ सञ्चालनमा आएको छ। महिला दिदीबहिनीको रुचि, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै नयाँ तथा आधुनिक फेसन वेयर उपलब्ध गराउने उद्देश्यले कलेक्सन सञ्चालनमा ल्याइएको हो। नयाँ सोच र उत्साहका साथ सुरु गरिएको कलेक्सनको आज एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ।उद्घाटन कार्यक्रममा सञ्चालक, आफन्त, शुभचिन्तक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। बदलिँदो फेसन र आधुनिक पहिरनप्रति महिलाहरूको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै विभिन्न डिजाइनका आकर्षक तथा नयाँ फेसनका पहिरन उपलब्ध… पुरा पढौ

खेलकुद विकास र संस्कृति संरक्षणका लागि जैमिनी भलिबल संघले देउसी–भैलो खेल्ने

बागलुङ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले जैमिनी भलिबल संघले तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। ‘खेलकुदको विकास, संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रममार्फत मौलिक संस्कृति संरक्षणसँगै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको संघले जनाएको छ। नेपाली समाजको मौलिक सांस्कृतिक परम्पराका रूपमा रहेको देउसी–भैलोले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पछिल्लो समय आधुनिक जीवनशैलीका कारण मौलिक कला र… पुरा पढौ

नवसाक्षर आमा समूहको देउसी–भैलोबाट ५१ हजार संकलन

बागलुङ । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले नवसाक्षर आमा समूहले सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट हालसम्म ५१ हजार रुपैयाँ संकलन भएको छ। कार्तिक १९ गतेदेखि सुरु भएको कार्यक्रममा स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको छ। देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै सामाजिक एकता, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको समूहले जनाएको छ। समूहकी अध्यक्ष एलिजा थापाका अनुसार देउसी–भैलोबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गर्ने योजना रहेको छ। आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेको अवस्थामा… पुरा पढौ

तीन जनाको स्वरमा तिहार विशेष मौलिक देउसी–भैलो गीत सार्वजनिक

बागलुङ । शिक्षण पेसासँगै लोकसंगीतमा सक्रिय लोकगायक डिल्ली पौडेलको शब्द तथा लय सिर्जनामा तयार भएको तिहार विशेष मौलिक देउसी–भैलो गीत सार्वजनिक भएको छ। २०८३ सालको दीपावलीको शुभकामना सन्देशसहित तयार गरिएको गीतमा तारानाथ आचार्य, डिल्ली पौडेल र ललिता घर्ती मगरको स्वर रहेको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको गीतले तिहारको सांस्कृतिक महत्व, आपसी सद्भाव, प्रेम र भाइचाराको सन्देश प्रवाह गरेको छ। आधुनिक संगीतको प्रभाव बढ्दै गएको अवस्थामा मौलिक लोकसंस्कृतिलाई जीवन्त राख्न गीतले योगदान… पुरा पढौ