समाचार

बागलुङ उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत: अध्यक्षमा कँडेल

२ हप्ता अगाडि देखि ठुलो रस्साकस्सी बिच निर्वाचनमा होमिएको बागलुङ उद्योग वाणिज्य संघको नेतृत्व चयन अन्ततः सर्वसम्मत भएको छ । बागलुङ उद्योग वाणिज्य संघको १८ औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि असार ४ गते शनिबार मतदान हुने निश्चित भएपनि मतदान सुरुहुनु केही घण्टा अगाडि नरेश कँडेलको नेतृत्व सर्वसम्मत भएको हो । १९ निर्वाचित पदाधिकारी रहने संघमा २ महिला सदस्य र १४ खुल्ला सदस्य सर्वसम्मत चयन भएका थिय भने २ उद्योग सदस्य र १ अध्यक्षमा ५ जनाको उम्मेदवारी परेपछि चुनावमा जाने… पुरा पढौ

मालिका पूर्व विद्यार्थी मञ्चद्वारा ६ सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण

मालीका पुर्व बिद्यार्थी मञ्च बागलुङले विपन्न बिद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई स्वागत समेत गरिएको हो । बागलुङ नगरपालिका-५ मालिका माध्यमिक बिद्यालयमा आयोजना गरिएको कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले बिधालयका प्रधानाध्यापक बालकृष्ण शर्मालाई एकमुष्ठ शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । बिद्यालयमा अध्ययनरत विपन्न तथा गरिब बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरणले बालबालिकामा उत्साह थप्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले धारणा राक्नुभएको थियो । सोही कार्यक्रममा नम्बर… पुरा पढौ

आजको तस्बिर: एक वर्ष टिक्दैन बागलुङ बजारको सडक

माथिको तस्बिर बागलुङ बजारको मुख्य चोक क्याम्पस चोक अगाडिको हो । गत भदौमा बागलुङ नगरपालिकाको चोक सुधार कार्यक्रम अन्तर्गत धौलागिरि बहुमुखी क्याम्पस गेट अगाडी सडक स्तरोन्नी गरिएको थियो । आर. एस निर्माण सेवाले १५ लाख रुपैयाँमा निर्माण गरेको सडक सहितको नालीमाथि राखिएको च्याम्बर एक वर्ष नहुँदै भाच्चिएको हो । दैनिक सयौं सवारीसाधन ओहोरदोहोर गर्ने बजारको मुख्य चोक बिचको च्याम्बर भाचिँदा दैनिकी उपभोग्य तथा अत्यावश्यक सामाग्री ढुवानीका सवारी आवागमनमा असहजता भएको छ भने दुर्घटनाको जोखिम समेत बढेको स्थानीय अगुवा जीवननाथ शर्मा… पुरा पढौ

बसको ठक्करबाट पर्वतको अर्मादीमा १ जना घाइते

पर्वत कुश्मा नगरपालिका २ अर्मादीमा बसको ठक्करबाट १ जना घाइते भएका छन् । पोखराबाट बागलुङ आउदै गरेको ग १ ख ९६१३ नम्वरको बसले ठक्कर दिँदा बागलुङबाट कुश्मातर्फ गैरहेको ध २ प ६०९ स्कुटर चालक बागलुङ नगरपालिका ६ का भवानीशंकर सापकोटा घाइते भएका हुन् । घाईतेको पर्वत अस्पतालमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्वतका निमित्त प्रमुख राजेन्द्र पौडेलले बताउनु भयो । घाइतेको अवस्था सामान्य रहेको पर्वत अस्पतालले जनाएको छ । पुरा पढौ

शिक्षकका छाेराछाेरी सामुदायिक बिद्यालयमा पढाउन जनप्रतिनिधिकाे सुझाव

बागलुङ ।कुडुले माध्यमिक बिद्यालयले बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि लाई बिद्यालय कार्यक्रम गरि स्वागत तथा सम्मान गर्या । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठले सामुदायिक बिद्यालय लाई राम्रो र गुणस्तरीय बनाउनेतर्फ बिद्यालय ,ब्यवस्थापन समितिकाे भुमिका महत्त्वपूर्ण हुने हुदा यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए । बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अनुशासित ब्यवहारिक बनाउने शिक्षा जरुरी भएको धारणा श्रेष्ठले राखेका थिए । बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले शिक्षा क्षेत्र लाई राजनीति बाट मुक्त गर्न सकेको खण्डमा मात्रै शिक्षाको गुणस्तर राम्रो बनाउन… पुरा पढौ

उद्योग बाणिज्य संघका अध्यक्षका उमेदवार घर दैलाे अभियानमा

बागलुङ।सम्पुर्ण ब्यापारी ब्यबसायीहरूकाे साझा संस्था बागलुङ उद्योग बाणिज्य संघको असार ४ गते हुने १८ आ‌ैं अधिवेशनबाट अध्यक्षका उमेदवार निर्माण कुमार श्रेष्ठ बासु र नरेश कडेल घर दैलाे अभियानमा हिडेका छन् । बागलुङ उद्योग बाणिज्य संघको नेतृत्व यसपटक सर्वसम्मत बनाउने भनेर ब्यवसायीहरू बिच विभिन्न चरणमा छलफल भएपनि अध्यक्षका उमेदवार बिच सहमति नभएपछि २ जना उमेदवार यतिबेला मतदाताको घर घरमा पुगेर आफुलाइ मत माग्दै हिडिरहेका छन् । यस्तै संघको उद्योग सदस्यमा निलेश राजभण्डारी ,ऋषिराम गाैतम र बबिन शाक्य चुनावी मैदानमा उत्रिएका छन्… पुरा पढौ

एसपीपी दस्तावेज’ नै नक्कली निस्कियाे

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसद्मा यसै विषयलाई लिएर हंगामा मचेको थियो । त्यति मात्रै होइन, एसपीपी सम्झौताको दस्तावेज भेटिएको भन्दै केही संचारमाध्यमले समाचारसँगै दस्तावेजको कपी नै सार्वजनिक गरेका थिए । यस विषयमा गठबन्धनका शीर्ष नेताहरूले पनि दबाब दिन थालेपछि (बुधबार) बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक डाँकी प्रधानमन्त्री देउवाले… पुरा पढौ

जेष्ठ नागरिक दिवसमा दुई जना असल बुहारी सम्मानित

समाजमा भएका जेष्ठ नागरिकहरू अपहेलित र दुर्ब्यहारकाे शिकार भइरहेको समयमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक जिल्ला संघले आफ्नो सासु ससुरा लाई राम्रो ब्यवहार गर्ने बागलुङका दुईजना बुहारी लाई सम्मान गरेको छ । जेष्ठ नागरिकलाई दुव्र्यवहार विरुद्ध दिवस जेष्ठ नागरिक लाई सम्मान सभ्य नागरिककाे पहिचान भन्ने नारा साथ आयाेजीत कार्यक्रममा घर परिवारमा बसेर आफ्नो सासू ससुरालाई राम्रो संग हेरचाह गर्ने दुई जना असल बुहारीलाई सम्मान गरियो । जेष्ठ नागरिक जिल्ला संघकाे आयोजना र सामाजिक विकास कार्यालय बागलुङको सहयोगमा भएको कार्यक्रममा बागलुङ नगरपालिकाका नगर… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघमा खुल्ला सदस्य सवै निर्विरोध

बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि १४ खुल्ला सदस्य निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनय दर्ता गराएका १५ मध्य १ जनाले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका हुन् । १४ सदस्यको लागि १५ जनाको उम्मेदवारी परेकोमा खुल्ला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले आफ्नो उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृत भुमिश्वर गौतमले बताए । सदस्यको लागि उम्मेदवारी दिएका अर्जुन चोखाल, बिष्णु पन्त, श्रीजय श्रेष्ठ, नविन कुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्र प्रसाद शर्मा, बिष्णु प्रसाद अधिकारी, ईन्द्रमणी पौडेल, दीपक… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ र कँडेलबिच प्रतिस्पर्धा हुने

उद्योगी–व्यवसायीको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्माण कुमार श्रेष्ठ बासु र नरेश कँडेलबिच प्रतिस्पर्धामा हुने भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका चारमध्ये राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षका उम्मेदवार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ र उद्योग वाणिज्य संघ बागलुङका निर्वमान महासचिव कँडेलबिच प्रतिस्पर्धा हुने भएको हो । यसपटक बागलुङ उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व बनाउने भनेर व्यवसायीहरूले विभिन्न चरणमा छलफल गरे पनि अध्यक्षका उम्मेदवारहरुबिच सहमति जुटन नसक्दा मतदान प्रक्रियाबाट नेतृत्व… पुरा पढौ