
जाजरकोट र रुकुम भुकम्प पिडितहरुलाई सहयोग गर्ने उदेश्य साथ विभिन्न संस्थाहरूबाट नगद सहयोगको घोषणा गरिएको छ । भाटभाटेनीका संचालक मिनबहादुर गुरुङद्वारा रू १ करोड ११ लाख ११ हजार सहयोग घोषणा गरिएको छ ।.यस्तै नेकपा एमाले रू १ करोड , नेपाली कांग्रेसको रू ५० लाख , बुद्ध एयरले रू १ करोड मित्र राष्ट्र चीनद्वारा रू १० करोड , रास्वपाले रू ५० लाख सहयोगको घोषणा गरेका छन् ।यस्तै गरि अर्ना बियरले रु २५ लाख एनसीएलले रू ५० लाख नेविसंघले रू ७ लाख ११ हजार, NRNA ( Badri KC) ले १० लाख, NRN Japan रू १५ लाख,NRNA (Om sharma) रू २१ लाख सहयोग गर्ने घाेषणा गरेको सामाजिक सन्जाल बाट
सार्वजनिक भएको छ ।
शुक्रबार राति गएको भुकम्पमा ठूलो धनजनको क्षति पुगेको भुकम्प बाट मृत्यु भएका परिवार घाइतेको उपचार पुनस्र्थापनाकाे लागि करोडौं रूपैयाँ आवश्यक पर्ने देखिन्छ ।अहिले सरकारी निकाय राजनीति पार्टी विभिन्न संघसंस्थाले नगद सहयोग गर्ने घाेषणा गरेका छन् ।











