पुरानो इतिहास बोकेको फल्चा निर्माण सम्पन्न

-


     राजेशचन्द्र राजभण्डारी     
     कार्तिक २१ गते २०८० मा प्रकाशित


काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि महानगरपालिका भित्र पहिलोपटक पुरानो इतिहास बोकेको फल्चाको निर्माण सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर एरियामा पुरानो कलात्मक शैलीमा नेपाली माैलिकता झल्किने गरि फल्चा निर्माण गरिएपछि यश क्षेत्रकाे वातावरण सुन्दर देखिएको वडा अध्यक्ष सराेज ढकालले बताए ।शान्तिनगर क्षेत्रमा काठमाडौं कै नमुनाकाे रूपमा यस्तो खालको फल्चा अरू पनि निर्माण गर्ने योजना रहेकोवडा अध्यक्ष ढकालले बताए ।

पुरानो कलात्मक शैलीमा निर्माण भएको फल्चा यतिबेला सबैको आकर्षणकाे केन्द्र बनेको छ ।जेष्ठ नागरिकलाई बिहान घाम ताप्न आराम गर्न देखि सवारीसाधनकाे प्रतीक्षा गर्ने यात्रुलाई समेत सहज भएको छ ।